
खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाद्वारा आयोजना गरिएको दोस्रो मर्स्याङ्दी महोत्सवका अवसरमा मर्स्याङ्दी कप– २०८१ को पनि आयोजना गरिएको छ । तेस्रो दिन मंसिर १ गते विभिन्न खेलहरू सम्पन्न भए । प्रस्तुत छ तिनको नतिजा :

आज विहानी विभिन्न दौडका प्रतियोगिताका बाँकी खेल खेलाउने काम गरिएको थियो । जसमा ४०० मिटर रिले प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धामा हिमचुली आमावि विजयी भएको छ । सो विद्यालयका ओशन थापा, अमन कटिला, विपिन तामाङ, सुरज तामाङले पहिलो स्थान हासिल गरेका हुन् । यसैगरी, त्रिभुवन माविले दोस्रो स्थान हासिल गर्यो । सो विद्यालयका बुद्धिबहादुर विक, कुमार गुरुङ, अभिषेक विक, दिपेश विकले उक्त दौडमा भाग लिएका थिए । यसैगरी तेस्रो स्थान हासिल गर्नेमा अमर माविका रोही तामाङ, अर्जुन तामाङ, बिक्षा तामाङ, अनमोल परियार रहेका छन् ।
यसैगरी, सोही दौड प्रतियोगिताको छात्रातर्फ महेन्द्र मावि पहिलो भएको छ । सो माविका शर्मिला थापा, कबिना गुरुङ, सपना परियार, अनुष्का तामाङले सो दौडमा भाग लिएका थिए । उसैगरी, हिमचुली आमावि दोस्रो भएको छ । सो विद्यालयका दीपिका थापा, निश्मा तामाङ, सीमा खत्री, स्मृति भण्डारीले सो दौडमा प्रतिस्र्धा गरेका थिए । तेस्रो हुनेमा अमर मावि रहेको छ । सो माविका रोशनी भण्डारी, सृष्टि मिजार, रविना थापा, सिमरन गुरुङले भाग लिएका थिए ।
१६०० मिटर रिले दौडको छात्रतर्फको प्रतिस्पर्धामा अमर मावि पहिलो भएको छ । सो माविका विकास तामाङ, हेमन्त बराल, मानप्रसाद गुरुङ, सौगात गुरुङले भाग लिएका थिए । यसैगरी, हिमचुली आमाविका उमेश गुरुङ, ओशन थापा, किरण गुरुङ, निरज गुरुङको टोली दोस्रो भएको छ भने तेस्रो हुनेमा त्रिभुवन माविका धनबहादुर विक, विष्णु गुरुङ, दिपेश विक, अभिषेक विक छन् ।
सोही खेलको छात्रातर्फको खेलमा अमर मावि नै पहिलो भएको छ । सो माविका कुसुम गुरुङ, रोशनी भण्डारी, सृष्टि मिजार, साक्षी तामाङले भाग लिएका थिए । यसैगरी, महेन्द्र माविका शर्मिला थापा, कबिना गुरुङ, राजु विक, अनिश्मा दराई दोस्रो भएको छन् । तेस्रो स्थान हासिल गर्नेमा ग्राम कल्याण माविका सञ्जिता विक, चन्द्रकाशी गुरुङ, कृशिमा विक, ताक्ता काशी गुरुङ रहेका छन् ।
यसैगरी, १५०० मिटर दौडको छात्र तर्फ हिमचुली आमाविका उमेश गुरुङ पहिलो भएका छन् भने अमर माविका हेमन्त बराल दोस्रो र महेन्द्र माविका सोहन गुरुङ तेस्रो भएका छन् ।
हाई जम्प प्रतियोगिताको छात्रतर्फका प्रतियोगितामा महेन्द्र माविका राज तामाङ पहिलो भए । दोस्रो हुनेमा त्रिभुवन माविका आशबहादुर बिके छन् भने तेस्रो हुनेमा प्रेम मिलन माविका मिलन मिजार रहेका छन् ।
आधारभूतस्तरमा गरिएको टेबल टेनिस प्रतियोगिताको छात्रतर्फ हिमचुली आमाविका सुगम भण्डारी पहिलो, अमर माविका बिनया सुवेदी दोस्रो र गंगा मिलन माविका कविजुङ गुरुङ तेस्रो भएका छन् ।
साही खेलको छात्रातर्फको प्रतियोगितामा हिमचुली आमाविका जुलियाना तामाङ पहिलो, महेन्द्र माविका कृति गुरुङ दोस्रो र अमर माविका प्रिया तामाङले तेस्रो स्थान हासिल गरेकी छिन् ।
१०० मिटर दौडको छात्रतर्फ गराइएको प्रतिस्पर्धामा त्रिभुवन माविका बुद्ध बिके पहिलो, हिमचुली अमाविका ओशन थापा दोस्रो र प्रेम मिलन माविका मिलन मिजार तेस्रो भएका छन् । सोही प्रतियोगितको छात्रातर्फको दौडमा हिमचुली आमाविका दीपिका थापा पहिलो, महेन्द्र माविका अनुष्का तामाङ दोस्रो र अमर मासिवका सृष्टि मिजार तेस्रो भएकी खेलकुद सञ्चालक हिमचुली आमाविका शिक्षक विजय थापाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार २०० मिटर दौडको छात्रतर्फको प्रतियोगितामा त्रिभुवन माविका बुद्ध बिके पहिलो भाएका छन् भने हिमचुली आमाविका अमन कतिला दोस्रो र गंगा मिलन माविका मुखेश गुरुङ तेस्रो भएका छन् । सोही प्रतियोगिताको छात्रा महेन्द्र माविका सपना परियार, हिमचुली आमाविका निश्मा तामाङ र गणेश माविका अस्मिता बिके क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
शिक्षक थापाले भन्नुभयो, ‘आजै भएको ४०० मिटर दौड प्रतियोगिताको छात्रतर्फ हिमचुली आमाविका उमेश गुरुङ पहिलो भएका छन् । दोस्रो हुनेमा त्रिभुवन माविका बेदन गुरुङ छन् भने तेस्रो हुनेमा अमर माविका हेमन्त बराल रहेका छन् । सोही प्रतियोगिताको छात्रातर्फ त्रिभुवन माविका सञ्जिता बिके पहिलो, महेन्द्र माविका कविना गुरुङ दोस्रो हिमचुली
आमाविका स्मृति भण्डारी तेस्रो भएकी छन् ।’
यसैगरी, फुटबलको छात्रतर्फ प्रतियोगिताको अन्तिम नतिजा आउन बाँकी छ । भोलि हुने फाइनल प्रतियोगितामा महेन्द्र माविका विरुद्ध गंगा मिलन माविका भिड्ने भएका छन् भने तेस्रो स्थानका लागि ग्राम कल्याण मावि र त्रिभुवन माविका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै, छात्रा भलिबल प्रतियोगिताको फाइनलमा हिमचुली आमावि गंगामिलन मावि भिड्दै छन् भने तेस्रो स्थानका लागि प्रेम मिलन माविका र अमर मावि बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रकाशित मिति २०८१ मंसिर १, शनिबार २१:११ गते