रास्वपा सभापति रविलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्द मानवअधिकार आयोगमा उजुरी

रास्वपा सभापति रविलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्द मानवअधिकार आयोगमा उजुरी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २ गते आईतबार ०७:४१

पौडेलले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिन आयोगसमक्ष माग गर्नु भएको छ ।

पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण समेत गराउनु भएको हो ।

पोखरा– कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी परेको छ । रास्वपा नेतासमेत रहेका उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा मंसिर २ गते उजुरी दिनु भएको हो ।
गत कार्तिक ३ गते काठमाडौंमा पक्राउ पर्नु भएको रवि ३ गतेदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । यो बीचमा उहाँलाई भैरहवासमेत पुर्याएर पुनः पोखरा ल्याइएको छ । पौडेलले आफ्नो उजुरीमा लेख्नु भएको छ, ‘प्रहरीले हिरासतमा रहेकालाई भेट्न बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्मको समय छुट्टाएको छ । सो समयमा म सभापति लामिछानेलाई भेट्न गएको थिएँ, तर, प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकोले के कति कारणले अवरोध गरिएको हो भन्नेबारे प्रश्न गर्दा जवाफ पनि नपाएको हुनाले त्यसबारे आयोगको ध्यानाकर्षण गराउँदछु ।’
उहाँले कास्की प्रहरी प्रमुख सहित केही प्रहरी अधिकारीलाई सचेत गराइदिन माग गर्नु भएको छ । जसमा प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीको नाम उल्लेख छ ।
पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण समेत गराउनु भएको छ । पौडेलले पत्रमा थप भन्नु भएको छ, ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था भए पनि सभापति लामिछानेको हकमा राज्यले नै गलत मनसायले अनुसन्धान गरिरहेको र अभियोजन पनि सोहीअनुसार निर्देशित हुने देखिएकाले यस तर्फसमेत आयोगको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति २०८१ मंसिर २, आईतवार १९:४१ गते
हजुरको प्रतिक्रिया