ठेकेदारको लापरवाहीका कारण सडक कालोपत्रे हुने काम अलपत्र

ठेकेदारको लापरवाहीका कारण सडक कालोपत्रे हुने काम अलपत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २ गते आईतबार ०८:१८

दोस्रोपटक थप भएको म्याद मंसिर १० गते सकिदैछ, तर काम भने ५५ प्रतिशत पनि भएको छैन, यस्तो लापरवाहीबाट सिर्जित दुःखबाट स्थानीय बासीले सधैं कति सास्ती खेप्ने ? आक्रोशपूर्ण प्रश्न गरिरहेका छन् ।

कामको प्रकृती हेर्दा काम सम्पन्न गर्न अझै महिना दिन लाग्न सक्ने स्थिति रहेको ई. सुबेदी बताउनु हुन्छ ।

सुन्दरबजार(लमजुङ– सडक निर्माण ठेकेदारको लापरवाहीका कारण कालोपत्रे गर्दै गरेको सडकमा काम अघि बढ्न नसक्दा सडक अलपत्र छ भने त्यसका कारण सो क्षेत्रका स्थानीयले दुखः पाएका छन् । पछिल्लो यो ट्ना लमजुङको सुन्दरबजार नगरपालिका– ७ स्थित मातृभूमि क्याम्पस, सुन्दरबजार अस्पताल, रमाईलो मर्स्याङ्दी पर्यटन केन्द्रजाने सडक निर्माणमा ठेकेदारले लापरवाही गरेको मंसिर २ गते खुल्न आएको हो ।
उक्त सडकमा कालोपत्रे कामका लागि कृपेश्वर कन्स्ट्रक्सन प्रालिले गत साउन ११ गते ठेक्का सम्झौता गरेको हो । निर्माण व्यवसायीको लापरबाहिको कारणले नै सडक ढलान र कालोपत्रे काम अलपत्र पारेको र आफूहरूलाई पैदल आवतजावतमा समेत सास्ती भएको गुनासो स्थानीयवासीले गरेका छन् ।
सो सडक खण्डमा ढलान र कालोपत्रेका लागि गत साउन ११ गते सडक बोर्ड र सुन्दरबजार नगरपालिकाले ७०/३० को लागत साझेदारीमा काम गर्ने गरी सम्झौता भएको सुन्दरबजार नगरपालिकाका ईन्जिनियर बिदुर सुवेदीले बताउनु भयो । उहाँका अनुसार सडक कालोपत्रेको लागि सडक बोर्डबाट ७० लाख र नगरपालिकाबाट ३० लाख रुपैया बराबरमा गत कार्तिक १४ गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।
कार्तिक १४ गते काम सम्पन्न गर्ने सम्झौता भएर पनि निर्माण सम्पन्न गर्ने अवधिबाट आधा महिना नाघि सक्दा पनि ५० प्रतिशतसमेत काम नभएकाले ई सुवेदी बताउनु हुन्छ । उहाँका अनुसार निर्माण व्यबसायीलाई मंसिर १० गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको थियो । उहाँले भन्नुभयो, ‘थप गरिएको म्याद सकिन आठ दिन मात्र बाँकी हुँदा पनि निर्माणको काम भने करिब ५५ प्रतिशत मात्र सकिएको छ ।’
सो काममा ठेकेदारको लापबाही भएको प्रष्टै देखिन्छ ई. सुबेदीले उल्लेख गर्नुभयो । उहाँका अनुसार काम सम्पन्न गरेको ठाउँमा पनि करिब ५० मिटर ढलान छ तर नाला निर्माण गरिएको छैन । सबबेश राखिएको ठाउँमा पनि नाला निर्माण नगरी काम गरिएको छ ।
कामको प्रकृती हेर्दा काम सम्पन्न गर्न अझै महिना दिन लाग्न सक्ने स्थिति रहेको ई. सुबेदी बताउनु हुन्छ । यसबारेमा ठेकेदार कम्पनी कृपेश्वर कन्स्ट्रक्सन प्रालिमा सम्पर्क गर्दा सम्झौताका बाँकी अबधीसम्म काम सक्ने सो कम्पनीका निर्माण व्यवसायी मंगेश सापकोटाले बताउभयो । उहाँका अनुसार शुरुमा सडकको नयाँ ट्रयाक खोल्नु पर्ने हुँदा सो कार्यमा बिबाद भई केही समय ढिला भएको हो । उहाँले भन्नुभयो, ‘यतिबेला ट्याक खोल्ने काम सकिएको छ, अब त्यस्तो हुँदैन ।’
एउटाले गर्ने कामको लापरवाही तथा ढिलाईका कारण हामीले सधैं धुलो, धुँवा, हिलो, चिप्लो आदिको सास्ती कति भोग्ने ? स्थानीयबासीको गुनासोका साथ आक्रोशपूर्ण प्रश्न रहिआएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २, आईतवार २०:१८ गते
हजुरको प्रतिक्रिया