
खुदी(लमजुङ)– मर्स्याङदी गाउँपालिकाले आयोजना सञ्चालन भएको छैटौँ मर्स्याङदी कप– २०८१ को अन्तिम नतिजा प्राप्त भएको छ । घोषित नतिजा अनुसार मस्र्याङ्दी कप– २०८१ को पहिलो पुरस्कार हिमचुली आमाविले पाएको छ भने दोस्रो र तेस्रो क्रमशः महेन्द्र मावि र त्रिभुवन मावि भएको नतिजा मंसिर २ गते घोषणा गरिएको हो । प्रतियोगिता चारदिनसम्म चलेको थियो ।
पहिलो हुने हिमचुली आमाविले १०५ अंक हासिल गरी पहिलो भएको हो भने महेन्द्र माविले ९१ अंकका दोस्रो हुन सफल भयो । त्यस्तै तेस्रो हुने त्रिभुवन माविले ८३ अंक ल्याएको छ उक्त प्रतियोगिताको खेलकुद सञ्चालक शिक्षक हिमचुली आमाविका विजय थापाले बताउनु भएको छ । उहाँका अनुसार त्यसअघि छात्र फुटबल र छात्र÷छात्रा भलिबलको फाइनल खेल खेलाइएको थियो ।
फुटबलको फाइनल खेलमा महेन्द्र मावि पहिलो भयो । सो माविका सुजन गुरुङ, विकास गुरुङ, महेश अधिकारी, विशाल गुरुङ, युकेश गुरुङ, विवेक विक, राज तामाङ, रिजन गुरुङ, सुरज भुजेल, सन्दिप गुरुङले उक्त खेलमा भाग लिएका थिए । यसैगरी, गंगा मिलन मावि दोस्रो भयो । सो माविका कविजुङ गुरुङ, वैरब गुरुङ, फिरोज गुरुङ, आपस गुरुङ, सुविन गुरुङ, युवन गुरुङ, सुजल गुरुङ, मुकेश गुरुङ, सुमित गुरुङले उक्त प्रतिस्पर्धामा भाग लिएका थिए । यसैगरी, तेस्रो स्थान हासिल गर्नेमा गणेश माविका गणेश गुरुङ, आयुष विक, सुजन विक, सोनम विक, निल बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, गोपी प्रसाद गुरुङ, फक्त बहादुर गुरुङ, तकराज गुरुङले भाग लिएका थिए ।
फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी गंगा मिलन माविका कविजुङ गुरुङ भएका छन् । उत्कृष्ट गोलकिपरमा महेन्द्र माविका सन्दिप गुरुङले हासिल गरेका छन् भने सर्वाधिक गोलकर्तामा ग्राम कल्याण माविका फक्तबहादुर गुरुङ भएका छन् । उनले खेल अवधिमा ११ गोल गरी कीर्तिमान कायम गरेका थिए ।
यसैगरी, भलिबल प्रतियोगिताको छात्रातर्फ हिमचुली मावि पहिलो भयो । सो माविका आयुष्मा तामाङ, शुभेच्छा तामाङ, सुप्रिया सुनार, रेजिना गुरुङ, मनिता गुरुङ, दीपिका थापा, युवनी गुरुङ, क्रिस्टी तामाङ, जेनिशा गुरुङले भाग लिएका थिए । यसैगरी, दोस्रो हुनेमा गंगा मिलन मावि रह्यो । सो माविका रिया गुरुङ, विन्दु गुरुङ, अन्सु गुरुङ, कञ्चन गुरुङ, आयुषा गुरुङ, जिना थापा, दिप्ती गुरुङ, प्रगति गुरुङ, प्रशम गुरुङले उक्त प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै, तेस्रो स्थान अमर माविले हासिल गरेको छ । सो माविका कुसुम तामाङ, उषा तामाङ, सिमरन गुरुङ, मञ्जली गुरुङ, रविना थापा, साक्षी तामाङ, शन्ता(शन्त) कुमारी विक, बबिता तामाङ, आशिका तामाङले भाग लिएका थिए ।
त्यस्तै, भलिबलको छात्रतर्फको खेलमा हिमचुली अमावि पहिलो भयो । सो आमाविमा दिलीप गुरुङ, ओशन थापा, आयुष भण्डारी, आयुष थापा, अनुस गुरुङ, अजित पौडेल, उमेश गुरुङ, समीर गुरुङ, सुरज गुरुङले भाग लिएका थिए ।
गणेश माविले दोस्रो स्थान हासिल गर्यो । सो माविका हेमन्त भण्डारी, प्रिन्स परियार, निशान विक, अशोक थापा, सुवीर गुरुङ, अभिषेक थापा, अभिषेक परियार, सिजन परियारले भाग लिएका थिए ।
सो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने त्रिभुवन माविका आशबहादुर विक, बुद्धिबहादुर विक, अभिषेक विक, बेदन गुरुङ, धिरज गुरुङ, मिलन गुरुङ, सुवास गुरुङ, अञ्जन बिक, दिपेश बिकले भाग लिएका थिए ।
भलिबल खेलमा उत्कृष्ट खेलाडी छात्रतर्फ हिमचुली आमाविका सुरज गुरुङ भएका छन् भने उत्कृष्ट खेलाडीमा छात्रातर्फ हिमचुली आमाविका दीपिका थापा भइन् भने उत्कृष्ट अनुशासित विद्यालयको पुरस्कार हिमचुली आमाविले प्राप्त गर्न सकेको जानकारीमा आएको छ ।
‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ मर्स्याङ्दी गाउँपालिकाले सो प्रतियोगिता आयोजना गरेको हो ।
उपाधि विजेता हिमचुली आमाविले २५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने महेन्द्रदेव माविलाई २० हजार नगद तथा त्रिभुवन माविलाई १५ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थीलाई एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, सातका वडाअध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक तिलवहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङ बताउनुभयो । उहाँका अनुसार समापन कार्यक्रममा शिक्षा शाखाका राजेन्द्रप्रसाद भट्ट, अमर माविका प्रअ तिर्थ वस्नेत, व्यवस्थापन समिति अध्यक्ष अमृता पोख्रेल, हिमचुली मावि प्रअ अर्जुनबहादुर भण्डारी, व्यवस्थापन समिति अध्यक्ष नन्दराज तामाङ लगायतका विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राजश्व शाखा प्रमुख शैलेन्द्र घिमिरे र शिक्षा शाखाका लक्ष्मी घलेले गर्नुभएको थियो ।
सो प्रतियोगिता मर्स्याङ्दी गाउँपालिका– ३ खुदी स्थित अमर माविको प्राङ्गणमा कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा पालिका भित्रका ५६ विद्यालय रहेका मध्ये निजी र सामुदायिक गरी जम्मा २२ विद्यालयले मात्र मर्स्याङ्दी कपमा भाग लिएका थिए ।
प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार ०६:५४ गते