लमजुङ– प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिकामा सञ्चालन गरेको सार्वजनिक सुनुवाईमा सार्वजनिक यातायातको भाडादर कार्यान्वयन नभएबारेमा सेवाग्राहीको गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा जिल्ला प्रहारी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाईमा मंसिर ६ गते त्यस्तो गुनासो आएको हो ।
सुनुवाई कार्यक्रमका अधिकांश सहभागीले जिल्ला प्रशाशन कार्यालयले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन नभएको, बढी भाडा लिने गाडीका बारेमा उजुरी गर्दा यसअघि बढी भाडा फिर्ता गर्ने गरेकोमा पछिल्ला दिनमा त्यस्तो कार्य पनि हुने नगरेको गुनासो गरेका हुन । सहभागीले मध्यनेपाल क्षेत्रमा तीनपाङ्ग्रे सवारीले मनलाग्दी भाडा असुल्ने गरेको बताए ।
यसैगरी, अपराधिक क्रियाकलापमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने, राजनीतिक आडमा अनुसन्धान फितलो हुन नदिन समेत सहभागीले जोडदार माग गरेका थिए ।
इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा दरबन्दी अनुसारको प्रहरी जनशक्ति पूर्ति गर्नु पर्ने लगायतका माग गरेका थिए ।
नगरपालिकाको उक्त क्षेत्रमा दमकलको आवश्यकता रहेको, व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नभएको, मरणघाटको अवस्था पनि अस्तव्यस्त रहेको, बजार क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित नभएको, अव्यवस्थित रुपमा लत्रिएका बिजुलीका तारदले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भएकोहुँदा तत्काल व्यवस्थित गर्नुपर्ने लगायतका मागहरू स्थानीय बासीले राखेका थिए ।
यसैगरी, भारतीय सैनिकहरूको पेन्सन समस्या सहजिकरण गरिदिन प्रमुख जिल्ला अधिकारीको सहाभागीले ध्यानाकर्षण गरेका थिए । प्रहरीको आफनै भवनको अभाव छ भवन निर्माण प्रकृया अगाडि बडाउन अनुरोध गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि एवम् मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले अपराध न्यूनीकरणमा प्रहरीलाई सबै नागरीकको साथ र सहयोग हुनुपर्ने बताउनु भयो । उहाँले नगरपालिकाको प्रहरी र जनप्रतिनिधिहरू नागरिकको साथमा रहेको र हुनुपदर्छ भन्नेमा आफू प्रष्ट रहेको बताउनु भयो । उहाँले सुशासन कायम गराउने कार्यमा प्रहरीलाई सघाउन नगरपालिका हरसमय तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बुद्दबहादुर गुरुङले आफ्नो धारणा राख्नु हुँदै लामो समयको अथक प्रयासपछि जिल्लामा सार्बजनिक यातायातको भाडादर कायम गरिएको बताउनु भएको थियो । प्रजिअ गुरुङले भन्नुभयो, ‘यसलाई जिल्लाभर लागु गरिएको छ कार्यान्वयनमा कतै कतै समस्या छ अनुगमन गरेर त्यसलाई कारवाही गर्ने छौँ ।’ यस कार्यमा नागारिक स्वयम् सचेत हुन आवश्यक छ । बडी भाडा लिने सवारीलाई कारवाहीको दायरामा ल्यायका छौँ उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रजिअ गुरुङले खोलामा करेण्ट लगाएर माछा मार्ने कार्य गरे गराएको पाइएमा नियम अनुसार कारवाही हुने र त्यसतर्फ सचेत हुन अनुरोध गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले स्वागत तथा प्रहरी सहायक निरीक्षक आकाश तामाङले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ मंसिर ७, शुक्रबार ०७:१६ गते