त्रिमूर्ति निकेतनद्वारा तीन साहित्यकारलाई पुरस्कृत गर्ने घोषणा

त्रिमूर्ति निकेतनद्वारा तीन साहित्यकारलाई पुरस्कृत गर्ने घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १० गते सोमबार ०३:०३

घोषित ती तीनवटै पुरस्कारको राशि नगद जनही एक लाख रूपैयाँ र सम्मानपत्र रहेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्रष्टा त्रय रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र डा. बेञ्जु शर्मा पुरस्काकारका लागि छनौट हुनु भएको हो ।

काठमाडौं– त्रिमूर्ति निकेतनद्वारा तीन साहित्यकारलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ । स्रष्टा त्रय रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र डा. बेञ्जु शर्मा पुरस्काकारका लागि मंसिर १० गते छनौट हुनु भएको हो ।
रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँद्वारा प्रेषित विज्ञप्ति त्यस्तो जनाइएको हो । उहाँ पछिल्लो ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्रमा योगदान पु¥याउनु भएको हुँदा स्रष्टा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रसाइले भन्नुभयो, सो पुरस्कारको राशि नगद एक लाख रूपैयाँ, सम्मान पत्र रहेको छ ।
निकेतनद्वारा जारी विज्ञप्तिअनुसार प्रसिद्ध नाटककार÷साहित्यकार बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्दै नेपाली भाषासाहित्यको सेवामा समर्पित सर्जक प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र भाषासाहित्यको श्रीवृद्धिमा साधनारत डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने उल्लेख छ ।
घोषित ती पुरस्कारको राशि पनि नगद जनही एक लाख रूपैयाँ रहेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभएको छ ।
निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति २०८१ मंसिर १०, सोमबार १५:०३ गते
हजुरको प्रतिक्रिया