सम्मान ग्रहण पछि मन्त्री पौडेलले आफूले सामाजिक सेवाका क्षेत्रमा यही क्लबमार्फत पाइला चालेको र आजको हैसियत प्राप्त भएको बताउनु भयो ।
त्रिवेणी कप यस क्लवको वार्षिक कर्यक्रमहरू मध्ये सबैभन्दा महत्वपूर्ण भव्य कार्यक्रम हो सो फुटबल प्रतियोगिता, उक्त अवसरमा तमु ल्होसारका दिन त्रिवेणी साँझसमेत गरिने भएको छ ।
बेसीशहर– लमजुङमा खेलकुदको फुटबल विधामा सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप– २०८१ को तयारी थालिएको छ । सो प्रतियोगिताको पहिलो पुरस्कार १२ लाख रुपैयाँ रहेको आयोजक त्रिवेणी युवा क्लबले पत्रकार सम्मेलन गरी मंसिर १५ गते जानकारी दिएको छ । सो प्रतियोगिताको यो ३२ औं शृंखला हो ।
त्रिवेणी कप– २०८१ को पहिलो पुरस्कार १२ लाख रुपैयाँ रहेको पत्रकार सम्मेलनमा सो क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिताका ९ दिनसम्म चल्ने छ । उहाँले भन्नुभयो, ‘३१ औं त्रिवेणी कपलाई नियाल्दा ए र वि डिभिजनका स्वदेशी एवम् विदेशी खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गर्दा उचित पारिश्रमिक पाएको महशुस समेत गरेको पाइएको छ । यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई उचित पारिश्रमिक दिलाउनमा एक महत्वपूर्ण भूमिका खेलेको छ ।
सो अवसरमा उक्त क्बलका संस्थापक कोषाध्यक्ष एवम् पूर्वअध्यक्ष भेषबहादुर पौडेल गण्डकी प्रदेशका वन मन्त्री हुनुभएकोमा उहाँलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्ष सेरजङ गुरुङले पौडेललाई सम्मान गर्नु भएको हो । सम्मान ग्रहण पछि मन्त्री पौडेलले आफूले सामाजिक सेवाका क्षेत्रमा यही क्लबमार्फत पाइला चालेको र आजको हैसियत प्राप्त भएको बताउनु भयो ।
सो क्लबका सचिव प्रवीण वाग्लेले सञ्चालन गर्नु भएको उक्त पत्रकार सम्मेलनको फटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..