काठमाडौंको– १६ वडामा बज्यो घण्टी : वडा अध्यक्ष पदमा रास्वपाको सानदार जीत

काठमाडौंको– १६ वडामा बज्यो घण्टी : वडा अध्यक्ष पदमा रास्वपाको सानदार जीत

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १७ गते सोमबार ०६:५१

मंसिर १६ गते भएको उपनिर्वाचनको धेरै पदमा नेपाली काँग्रेस विजयी भएको छ । त्यसो निर्वाचन भएको २५ पदमा यसअघि पनि काँग्रेसले जितेको थियो । एमाले दोस्रो स्थानमा छ ।

झापाको कन्काई– ६ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ ।

काठमाडौं– काठमाडौं महानगरपालिका— १६ मा घण्टी बजेको छ । सो वडाको अध्यक्ष पदमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जीत हासिल गरेको मंसिर १६ गते राती घोषणा गरिएको हो ।
रास्वपाले पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको हो । काठमाडौं महानगरपालिका— १६ मा जित हात पारेर नयाँ कीर्तिमान कायम गरेको छ । रास्वपाको केन्द्रीय कार्यालय समेत सोही वडाको बनस्थलीमा रहेको छ ।
उक्त उपनिर्वाचनमा भएको मतदात भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९०२ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गर्नु भएको छ । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत प्राप्त गर्नु भएको घोषणा गरिएको छ ।
सो वडामा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याई वडाध्यक्ष पदमा जीत हासिल गर्नु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत प्राप्त गर्नु भएको थियो ।
काठमाडौं महानगरपालिका– १६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ । यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनु भएको छ । उहाँ रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक हुनुहुन्छ ।
कन्काई– ६ मा स्वतन्त्र उम्मेदवार विजयी :
झापाको कन्काई नगरपालिका– ६ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४९३ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ र नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गर्नु भएको छ ।
यसअघि सो वडामा एमालेका दीर्घबहादुर थापा ५०८ मत सहित विजयी हुनु भएको थियो ।
त्यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार हुनु् भएका ओलीले ४४० मत प्राप्त गर्नु भएको थियो ।
कालीकोटको तिलागुफा– ४ को वडाध्यक्षमा नेमकिपा विजयी :
यसैबीच, कालिकोटको तिलागुफा नगरपालिका– ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही विजयी हुनुभएको छ ।
अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित हुनु भएको हो । उहाँका निकटत्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याउनु भएको छ ।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९ मत ल्याउनु भएको छ ।
कालीकोटको तिलागुफा– ४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी :
कालीकोट– यहाँको तिलागुफा गाउँपालिका– ४ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनम नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी भएका छन् ।
वडाध्यक्षमा शाही १४३ मत प्राप्त गरी विजयी हुनु भएको हो भने निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले ११५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताउनु भएको छ । उहाँका अनुसार सो वडामा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत प्राप्त गर्नु भएको छ ।
सप्तरीको  डाक्नेश्वरी– ४ को वडाध्यक्षमा जसपा विजयी :
यसैबीच, सप्तरीको डाक्नेश्वरी– ४ मा जनता समाजवादी पार्टी (जसपा)ले जीत हासिल गरेको छ । जसपा उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मत ल्याउँदै विजयी हुनु भएको हो । सो पदका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाउनु भएको छ । जनमत पार्टीका उदय नारायण पन्डितले २३१ मत र नेकपा एमालेका सन्जय कुमार यादवले ६८ मत पाउनु भएको छ ।
मंसिर १६ गते भएको उपनिर्वाचनको धेरै पदमा नेपाली काँग्रेस विजयी भएको छ । त्यसो निर्वाचन भएको २५ पदमा यसअघि पनि काँग्रेसले जितेको थियो । एमाले दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २०८१ मंसिर १७, सोमबार ०६:५१ गते
हजुरको प्रतिक्रिया