कर्मदा सिर्जना मञ्च लमजुङमा कवि पोखरेलको ह्याट्रिक

कर्मदा सिर्जना मञ्च लमजुङमा कवि पोखरेलको ह्याट्रिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २७ गते बिहिबार ०९:३२

एकसाथ १५ कीर्तिको विमोचन गरेर नेपाली साहित्यमा नयाँ इतिहास रच्ने काम कवि पोखरेलले गर्नु भएको छ । ती १२ कीर्तिमध्ये तीनवटा लोक साहित्यका रहेका छन् । नेपाली साहित्यका निकै कम लेखिने लोकसाहित्यका बारेमा एकै पटक तीन कीर्तिको विमोचन गर्नु पनि उत्तिकै सराहनीय कार्य हो । उहाँका यी कर्मले नै उहाँलाई चिनाउने काम गरी आएको छ ।

कार्यक्रममा अध्यक्ष जगदीशश्वर पोखरेलले अक्षयकोषको लागि एक लाख एक हजारको चेक संस्थालाई हस्तान्तरण गर्नु भएको थियो ।

पाउँदी(लमजुङ)– यहाँ स्थित कर्मदा सिर्जना मञ्च नेपालको छैटौँ स्थापना दिवस तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
वरिष्ठकवि नारायणप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सो अधिवेशन मंसिर २२ गते सम्पन्न भएको अधिवेशनमा सो संस्थाका अध्यक्ष जगदीश पोखरेलले लगातार तीन कार्यकाल अध्यक्ष हुनु भएर ह्याट्रिक गर्नु भएको हो ।
नवनिर्वाचित मञ्चका अध्यक्ष जगदीश पोखरेल सो संस्थाको परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपाली साहित्यको खासगरी छन्द विधाका पाखरी पोखरेलले साहित्य क्षेत्रमा प्रवेश गरेको वर्षदिनमा तीन कीर्तिहरूको एक साथ २०६९ सालमो विमोचन गराउनु भएको थियो । आशु कवित्व क्षमताका धनी उहाँको बसोबास भने यतिबेला काठमाडौंमा रहेको छ । गत वर्ष मात्र एकसाथ १५ कीर्तिको विमोचन गरेर नेपाली साहित्यमा नयाँ इतिहास रच्ने काम कवि पोखरेलले गर्नु भएको छ । ती १२ कीर्तिमध्ये तीनवटा लोक साहित्यका रहेका छन् । नेपाली साहित्यका निकै कम लेखिने लोकसाहित्यका बारेमा एकै पटक तीन कीर्तिको विमोचन गर्नु पनि उत्तिकै सराहनीय कार्य हो । उहाँका यी कर्मले नै उहाँलाई चिनाउने काम गरी आएको छ ।
मञ्चको उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, रामप्रसाद गुरुङ, पुष्पादेवी मिश्र र भूमिनन्दन तिमलसेना, सचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष शुक्रबहादुर अधिकारी, सहसचिव प्रकाशचन्द्र पोखरेल चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा बलिन्द्र के सी, प्रतिमाया गुरुङ, शारदा विसुराल पाण्डे, कमल अधिकारी, बुद्धिबहादुर खड्का, राममाया साही र रामकृष्ण अधिकारी चयन हुनु भएको निर्वाचन अधिकृत डिल्लीमान श्रेष्ठले घोषणा गर्नु भएको थियो ।
४३ औँ स्वतन्त्र काव्यगोष्ठीका साथ आयोजित सो स्थापना दिवस तथा अधिवेशनमा प्रमुख आमन्त्रित अतिथि पोखरेलले उक्त कार्यक्रमको व्यानर वाचन गरी उद्घाटन गर्दै कपूरको वृक्ष रोपेर गर्नु भएको थियो । प्रमुख आमन्त्रित व्यक्तित्व पोखरेलले कर्मदा सिर्जना मञ्च नेपालले नेपाली भाषा सायित्यको श्रीवृद्धिका लागि निरन्तर रुपमा साहित्यिक गतिविधि सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले कर्मदाले गरेको योगदानको उच्च प्रशंसा गर्दै संस्थाको उन्नयनको लागि शुभकामना दिनु भएको थियो ।
कवि हरिकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले स्वागत मन्तव्यका साथ संस्थाको संक्षिप्त गतिविधि बारेमा जानकारी दिनुभएको थियो । संस्थाका अध्यक्ष जगदिश्वर पोख्रेलले सञ्चालक समितिको प्रतिवेदन र कोषाध्यक्ष भूमिनन्दन तिमिल्सेनाले कोषको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सचिव रामप्रसाद गुरुङले र सहसचिव युवराज खनालले संयुक्त रुपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आजीवन सदस्य तथा साहित्य प्रेमी व्यक्तिहरू, विभिन्न संस्थाका प्रतिनिधि गरी १२० जनाको सहभागिता रहेको मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष पोखरेलले संस्थामा अक्षयकोष स्थापनाका लागि एकलाख एक हजारको चेक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, कार्यसमितिका पदाधिकारी रामप्रसाद गुरुङ, लक्ष्मीप्रसाद मिश्र र भूमिनन्दन तिमलसेनालाई सम्मान गरिएको छ भने साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै जिल्ला सञ्चालन मिडियाहरू रेडियो मर्स्याङ्दी, रेडियो चौतारी र रेडियो भोटेवडारसँगै मस्र्याङ्दी आधारभूत विद्यालयलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नारायणप्रसाद पोखरेल, तीर्थराज अधिकारी, खुशीराम डौलिया, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, शारदा पाण्डे , वसन्त अधिकारी लगायतका श्रष्ठाहरूले रचना वाचन गर्नुभएको थियो । स्थापना दिवस तथा कविगोष्ठी सम्पन्न भएसँगै सोही अवसरमा भएको संस्थाको अधिवेशनबाट मञ्चको अध्यक्षमा पुनः जगदिश्वर पोखरेल निर्विरोध चयन हुनुभएको निर्वाचन संयोजकले घोषणा गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष जगदिश्वर पोखरेलले निर्वाचन मण्डलका पदाधिकारीहरूलाई कदर–पत्र सहित निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद दिनु भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर २७, बिहीबार ०९:३२ गते
हजुरको प्रतिक्रिया