पत्रकार महासंघको निर्वाचन : विद्रोहको सुइँको पाएपछि मनोनयनको समय सीमा सारियो

पत्रकार महासंघको निर्वाचन : विद्रोहको सुइँको पाएपछि मनोनयनको समय सीमा सारियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २७ गते बिहिबार ११:५४

स्वाभिामानका धनी अधिकारी कसैको आशीर्वादले भन्दा पनि आफ्नै योग्यता, क्षमता एवम् क्रियाशीलताले व्यक्तित्व निर्माण गर्नु भई यहाँसम्म आउनु भएको हो । त्यसैले पनि उहाँले अपमान सहेर नबस्ने घोषणा गर्नु भएको हो ।

केन्द्रीय गठबन्धनको निर्देशनका विरुद्धमा लमजुङमा पत्रकार महासंघका उपसभापति अनुज अधिकारीले विद्रोहको घोषणा गर्नु भएको हो ।

लमजुङ– नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीका विरुद्ध गठबन्धनका विरुद्ध विद्रोहको तयारी गरिएको सुइँको पाएपछि मनोनयको समय सीमा सरिएको छ । आज मंसिर २७ गते बिहान मात्र उम्मेवारी दर्ता गराउने समय विहान ८ बजेका लागि तय भएकोमा दिउँसो २ बजेसम्मका लागि सारिएको हो ।
केन्द्रीय गठबन्धनको निर्देशनका विरुद्धमा लमजुङमा पत्रकार महासंघका उपसभापति अनुज अधिकारीले विद्रोहको घोषणा गर्नु भएको हो ।
पत्रकार महासंघको केन्द्रले २६ गते नै उम्मेदवारी दर्ताका लागि निर्देशन गरेको थियो तर यस जिल्लामा सो निर्देशनलाई लत्याउँदै आजका लागि सारिएको समय पनि फेरि पछि धकेलिएको छ ।
आठौं जिल्ला अधिवेशनका क्रममा हुन लागेको सो निर्वाचनमा ठूला भनिने दुई राजनीतिक दल काँग्रेस र एमाले निटकका संस्थाहरू प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी भागवण्डा गरेर एकलौटी गरेर राई दाई गर्न खोजे पछि केन्द्रीय समितिका साथै प्रदेश समितिसहित अधिकांश जिल्लामा विद्रोह भएका समाचार आइरहेका छन् । त्यसको ज्वाला लमजुङमा पनि दन्किने स्थिति उत्पन्न भएको छ । अधिकारीले निर्वाचन समितिबाट मनोनयनका लागि फारम लिएर जानु भएको जानकारीमा आएको छ ।
उपाध्यक्ष अधिकारी गत अधिवेशको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन हुँदा पनि त्यस्तो चंगुल तोडेर महासंघमा एक पदमा मात्र त्यो पनि उपसभापति जस्तो पद जितेर प्रेस चौतारीको नाक राख्न सफल व्यक्तित्व हुनुहुन्छ । तर यस पटक भने उहाँको क्षमता एवम् पदीय मर्यादालाई संगठनले व्यवस्थापन गर्नुको सट्टामा अपमान गरेकोे अनुभूति गर्नु भएपछि विद्रोहको तयारी गर्नु भएको हो ।
स्वाभिामानका धनी अधिकारी कसैको आशीर्वादले भन्दा पनि आफ्नै योग्यता, क्षमता एवम् क्रियाशीलताले व्यक्तित्व निर्माण गर्नु भई यहाँसम्म आउनु भएको हो । त्यसैले पनि उहाँले अपमान सहेर नबस्ने घोषणा गर्नु भएको जानकारीमा आएको छ ।
भलै उहाँलाई घेराबन्दी गर्ने र उम्मेदवारी हाल्न नदिने प्रपञ्चका क्रमहरू जारी रहेका छन् । त्यसैले उम्मेदवारीको समय सीमा सारिएको बुझन् कठिन छैन । यो समाचार तयार गरी रहँदा विहान ११ः३५ बजेसम्म भने उहाँले घोषणा गरेको विद्रोहको अडानमा कायमै हुनुहुन्छ । आज विहान ८ बजे मनोनयनका लागि समय तोकिएको थियो भने १२ बजे उम्मेदवारको नामावलीको पहिलो सूचि प्रकाशन गर्ने भनिएको छ ।
तर त्यो समय सारेर दिउँसो २ बजेसम्म धकेलिएको छ ।
उक्त निर्वाचनका क्रममा हुने मतदान कार्य भोलि २८ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्मको तालिका सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २७, बिहीबार ११:५४ गते
हजुरको प्रतिक्रिया