पत्रकार महासंघ निर्वाचन : उपाध्यक्ष अनुजदेखि तर्सियो गठबन्धन

पत्रकार महासंघ निर्वाचन : उपाध्यक्ष अनुजदेखि तर्सियो गठबन्धन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २७ गते बिहिबार ०६:३६

उम्मेवादलाई केन्द्रले निर्धारण गरेको समयावधिलाई वेजास्ता गर्दै पटक पटक निर्वाचन तालिका फेरबदल गर्दै निर्वाचनमा उम्मेदवारहरूलाई प्रचारको समय नदिएको खण्डमा त्यस्तो निर्वाचन विरुद्ध मुद्दा हालेमा त्यो अदालतले बदर गर्न सक्ने कानुन व्यवसायीहरूले बताएका छन् ।

मंसिर २८ गते विहान ८ बजेबाट मतदान सु्रु गर्न केन्द्रले दिएको निर्देशन लत्याउँदै बिहान १० बजेसम्म नाम फिर्ता लिने समयावधि तोकिनु निर्वाचनको मूल्यमान्यता विपरितको कार्य हो यस्तो कार्यको विरुद्धमा मुद्दा लाग्छ कानुन व्यवसायीहरू भन्छन् ।

लमजुङ– नेपाल पत्रकार महासंघको घोषित निर्वाचनमा प्रेस युनियन र चौतारीको गठबन्धन उपाध्यक्ष अनुज अधिकारीदेखि तर्सिएको छ । सो गठबन्धनलाई चुनौति दिदै त्यसका विरुद्ध उपाध्यक्ष अनुज अधिकारीले उम्मेदवारी दिनु भएपछि मंंसिर २७ गते गठबन्धन तर्सिएको हो ।
निर्विरोधको तानाबाना बुनिरहेको गठबन्धका विरुद्ध उपध्यक्ष अधिकारीले बिद्रोह गरी अध्यक्ष पदमा उम्मेदवारी दिनु भएसँगै गठबन्धन तर्सिएको खुलासा भएको हो ।
उपाध्यक्ष अनुज अधिकारीदेखि गठबन्धन तर्सिएको दुई घट्नाले पुष्टि गरेको छ । पहिलो, निर्वाचन तालिका फेरेर भोलि २८ गते बिहान १०ः३० बजेसम्म नाम फिर्ता लिने समयावधि तोकिएको छ । जबकी यसअघि मतदान सुरु हुने समय भोलि २८ गते विहान ८ बजेका लागि निर्वाचन तालिकाको सूचना जारी गरिएको थियो । यसरी उम्मेदवारी फिर्ता गर्ने समय बढाउनुको एक मात्र कारण भनेको अधिकारीलाई अनेक तरहले नाम फिर्ता लिन बाध्य बनाउनका लागि हो भन्ने आम बुझाइ छ ।
अर्को जुनकुनै पनि मतदान गोप्य हुन्छ । तर यतिबेला गठबन्धनका महामहिमहरूले ‘गठबन्धनमा आवद्ध रहेका मतदाता पत्रकारहरूले देखाएर भोट हाल्नु पर्ने’ भन्दै डुक्रिदै सिधासाधा, लपन छपन नजान्ने सोझा मतदातालाई धम्काउने काम गरिरहेको समेत जानकारीमा आएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन मुलुक भर एकै समयमा हुने कार्यतालिका केन्द्रले नै जारी गरेको हो । मुलुकभरका लागि संघको केन्द्रले निर्वाचनको तालिका निर्धारण गरी पठाएको थियो । त्यसमा परिवर्तन गर्नु भनेको चलखेल गर्नकै लागि हो भन्ने हिजो २६ गते नै पुष्टि भएको हो । कारण अन्य अधिकांश जिल्लामा हिजै मनोनयन पत्र दर्ता भइसकेको छ । ती जिल्लाहरू उम्मेदवारहरू मत माग्न प्रचारमा घुम्न थालिसकेका छन् । तर लमजुङ जिल्लामा भने ‘कहीँ नभएको जात्रा हाडी गाउँमा’झैं भएको छ । त्यस्तै, मतदातालाई घेराबन्दीमा राख्ने, धम्काउनेजस्ता खेलसमेत हुन थालेका छन् । उम्मेदवारको अन्तिम नामावली नै प्रकाशन नभई कसरी प्रचारप्रसार हुन्छ ? आश्चर्यको विषय बनेको छ ।
निर्वाचन तालिका सारिएको सम्बन्धमा जानकारी लिन पत्रकार महासंघको निर्वाचन मण्डलका मुख्य अधिकृत सन्तोष पौडेलसँग सम्पर्क गर्दा ‘निर्वाचन तालिका परिवर्तन गरिएको हो’ भन्नुभयो । यसरी निर्वाचनको समय तालिका बदली बदली सूचना जारी गर्नुले निर्वाचन प्रभावित गर्न खोजिएको त होइन ? तालिका फेरबदल गर्नुको कारणका के होला ? भन्दै राखिएको जिज्ञासा भोलि पाँच बजेसम्म मतदान सक्नु पर्ने हुन्छ रे ! त्यसअघिका अन्य प्रक्रियालाई फेरबदल गर्न सक्ने भन्ने अनलाइनमा केन्द्रसँग भएको कुराका आधारमा तालिका फेरबदल गरको मुख्य अधिकृत पौडेलले बताउनु भयो । उहाँसँग ‘त्यसोभए त फेरि पनि तालिका परिवर्तन हुन्छ होला ! हैन ?’ भन्दै राखिएको जिज्ञासामा ‘हैन, ११÷११ः३० बजे त मतदान सुरु गर्नु पर्यो नि ! त्यसपछि त समय सर्दैन, पाँच बजे त सक्नै पर्छ रे !’ पौडेलले उल्लेख गर्नु भयो ।
त्यसरी निर्वाचन तालिकाको सूचना फेरबदल गर्नका लागि केन्द्रले निर्वाचन मण्डललाई लिखित निर्देशन भने नदिएको बुझिएको छ ।
मतदान गोप्य हो, हुन्छ, कसैको धाकधम्कीका भरमा त्यो देखाउन पर्दैन :
पत्रकार महासंघको मात्र हैन, जुन कुनै पनि मतदान भन्ने बित्तिकै त्यो गोप्य हुन्छ र आफू खुशी इच्छाएको व्यक्तिलाई मत दिन पाइन्छ । जो कसैको धाकधम्कीका भरमा मत देखाए हाल्नु पर्छ भन्ने हुँदैन ।
यसबारेमा प्रजिअ बुद्धबहादुर गुरुङसँग सम्पर्क गर्दा उहाँले ‘शान्ति सुरक्षाको आवश्यक परेमा हामी सहयोग गर्न सक्छौं, निर्वाचनका अन्य प्रक्रियाका बारेमा हामीले बोल्न मिल्दैन’ भन्नु भएको छ ।
मुद्दा लाग्न सक्ने :
यसरी समय तालिका परिवर्तन गरी चुनाव प्रचार गर्न उम्मेवारका लागि खास समय नै नदिई नियोजित तरिकाले निर्वाचन सम्पन्न गरेमा त्यसमा प्रश्न उठाउँदै अदालतमा मुद्दा दायर गर्न सकिने कानुन व्यवसायीहरूले बताएका छन् । कानुन व्यवसायीहरू भन्छन्, ‘संस्थाको विधान, नीति, नियन र निर्देशन(लिखित)लाई नाघेर मनोमानी ढंगले निर्वाचन तालिका फेर बदल गर्दै सूचना जारी गरेर उम्मेदवारलाई चुनाव प्रचारको अवसरबाट बञ्चित गराएर निर्वाचन सम्पन्न गरेको अवस्थामा मुद्दा दिएमा त्यस्तो निर्वाचन अदालतले बदर गर्न सक्छ ।’
फोटा : १) उम्मेदवारी दर्ता गर्दै अनुज अधिकारी ।
२) निर्वाचन तालिका फेरिएको सूचिना जारी ।

प्रकाशित मिति २०८१ मंसिर २७, बिहीबार १८:३६ गते
हजुरको प्रतिक्रिया