काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टी स्थायी कमिटीको (मंसिर २६ देखि पुस २ गतेसम्म बसेको) बैठकले केन्द्रीय कमिटीको तर्फबाट नेताहरूको कार्यविभाजन गरेको हो ।
सो क्रममा गण्डकी प्रदेशको लमजुङ र मनाङ जिल्ला इन्चार्जमा रामबाबु अधिकारीलाई तोकिएको छ । उहाँ सो दलको केन्द्रीय सदस्यका अतिरिक्त लमजङको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।
एकीकृत समाजवादीले प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
‘प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ,’ पार्टी निर्देशनमा खुलाइएको छ ।
गण्डकी प्रदेशमा श्रीनाथ बराल सचिव इञ्चार्ज हुनुहुन्छ भने पोलिटब्युरो सदस्यद्वय दिलकुमारी पन्त र धनराज आचार्य सहइञ्चार्ज तोकिनु भएको छ ।
त्यसैगरी, रत्नकुमारी गुरुङ केन्द्रीय कमिटी सदस्य प्रदेश महिला फाँट इञ्चार्ज तोकिनु भएको छ भने शर्मिला पौडेल क्षेत्री केन्द्रीय कमिटी सदस्य प्रदेशको किसान फाँट इञ्चार्ज चयन हुनुभएको छ ।
पार्टीले कार्यविभाजन अनुसार नेताहरूलाई काम गर्न निर्देशन दिएको छ ।
प्रकाशित मिति २०८१ पुष ६, शनिबार १३:२१ गते