रास्वपा सभापति रविको अदालतमा बयान सकियो, अन्य ४ जनाको बाँकी

रास्वपा सभापति रविको अदालतमा बयान सकियो, अन्य ४ जनाको बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०६:५१

बाँकी रहेका चार जनाको बयान १४ गतेदेखि लिइनेछ । चार जनाको वयान सक्न चार दिन लाग्न सक्ने र त्यसपछि सुरु हुने थुनछेक बहस पनि कम्तिमा एक सातासम्म लम्बिन सक्ने बुझिएको छ । त्यसपछि मात्र अदालतको आदेश हुने स्रोतको भनाइ छ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साध्नका लगि भिराइएका मुद्दाको अदालतमा वयान सकिएको छ । दोस्रो दिन लिइएसँगै रविको वयान पुस १२ गते सकिएको हो ।
जिल्ला अदालत कास्कीले सो बयान लिएको सो अदालतका स्रेस्तेदार राजन खनालले बताउनु भयो । उहाँका अनुसार रविसमेत तीन जना प्रतिवादीको वयान सकिएको छ । उहाँले भन्नुभयो, ‘जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको हो ।’
बयानका क्रममा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उहाँलाई २६ भन्दा बढी प्रश्न गरिऐको थियो । बयानका क्रममा गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको सबै जिम्मेवार जीवी राई रहेको जिकिर समेत बयानका क्रममा गरेको अदालत स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार उहाँले यसअघि आफूले प्रहरीमा दिएको बयान नै सही सत्य भएको जिकिर समेत गर्नु भएको छ । स्रोत भन्छ, ‘उहाँलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो । सबै आरोपमा उहाँले इन्कारी बयान दिनु भएको छ ।’
रास्वपा सभापति रविलाई सहकारीको रकम ठगीमा गितेन्द्र राई (जीबि) जिम्मेवार रहेको र आफ्नो कसुर नरहेको इन्कारी वयान दिनु भएको जानकारीमा आएको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका रविसँगै पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको अदालतले जनाएको छ । अब अन्य ४ जनाको वयान बाँकी छ । सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, सूर्यदर्शनकी पूर्वउपाध्यक्षरहेकी एमालेकी पूर्वसांसद मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान बाँकी रहेको बताइएको छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनीहरूको बयान भोलि १३ गते विदा भएको हुँदा १४ गतेदेखि लिइनेछ । चार जनाको वयान सक्न चार दिन लाग्न सक्ने र त्यसपछि सुरु हुने थुनछेक बहस पनि कम्तिमा एक साता चल्ने बुझिएको छ । त्यसपछि मात्र अदालतको आदेश हुने स्रोतको भनाइ छ ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।

प्रकाशित मिति २०८१ पुष १३, शनिबार ०६:५१ गते
हजुरको प्रतिक्रिया