कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको चौथो जिल्ला अधिवेशनको तयारी

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको चौथो जिल्ला अधिवेशनको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १४ गते आईतबार ०५:०२

‘एक घर एक आजीवन सदस्य’ बनाउने तथा अक्षयकोष बृद्धि गर्ने प्रतिष्ठानको अभियान एवम् संकल्प भएकोले यस पुनित कार्यमा जोडित सम्बन्धित सबैमा आग्र्रह गरिएको छ ।

प्रतिष्ठानको जिल्ला अधिवेशनका साथमा छ पालिकास्तरीय अधिवेशन समेत संयुक्त रुपमा गर्ने निर्णय गरिएको छ ।

लमजुङ– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, जिल्ला शाखा लमजुङ– रुपाकोटको चौथो जिल्ला अधिवेशन तथा पालिकास्तरीय अधिवेशन समेत संयुक्त रुपमा आयोजना गर्ने तयारी थालिएको छ । ती अधिवेशन यही पुस २७ गते सुन्दरबजार नगारपालिका– ९ को धारापानी, भोटेओडारमा सम्पन्न गर्ने निर्णय गरिएको हो ।
प्रतिष्ठानको जिल्ला कार्यसमिति एवम् सल्लाहकार समितिको संयुक्त बैठकबाट सो निर्णय पुस १० गते गरेको हो । प्रतिष्ठानको कार्य क्षेत्र अन्तर्गत लमजुङ जिल्लाका ५ स्थानीय तह र भानु नगरपालिका १ को स्थानीय तहमा कार्यसमिति रहेको हुँदा ती पालिकास्तरीय अधिवेशन समेत एक साथ गरिने निर्णय भएको प्रतिष्ठानका सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार उक्त अधिवेशनको उदघाटन सत्रमा विगतका वर्षहरूझैं सम्मानका कार्यक्रमहरूसमेत रहेकोले आ–आफ्नो क्षेत्रबाट योग्य व्यक्तित्वको जानकारी समयमै अर्थात पुस २० गतेभित्र समितिलाई दिन अनुरोध गर्ने निर्णय भएको छ ।
सम्मानित हुनुहुनेमा कश्यप गोत्रीय अधिकारी वंश परिवारमा विद्यावारीधि हासील गर्ने बन्धुबान्धवाहरू (पुरुष÷महिला) को विवरण । सो सम्मान ग्रहणका लागि स्वयम् अनिवार्य उपस्थित हुनुपर्ने तथा विद्यावारीधिको विषय समेत खुलाएर पठाइदिनु, जेष्ठ सदस्य सम्मानका लागि ८४ पुजा गर्नुहुने तथा ८४ वर्ष उमेर पुग्नुभएका र विगत वर्षहरूमा सम्मान ग्रहणका लागि छुट्नुहुने कश्यप गोत्रीय जेष्ठ बुबा÷आमाहरूको विवरण पठाउनु पर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार उक्त सम्मान ग्रहणका लागि सम्भव भएमा स्वयम् तथा स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने अवस्थामा एकाघरका परिवार सदस्य अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरिएको छ ।
त्यस्तै, शैक्षिक सत्र २०८० को एसईई परीक्षामा यस प्रतिष्ठानको कार्यक्षेत्र भित्र रहनु भएको अधिकारी वंशका सर्वाधिक अंक (जिपिए) ल्याउने एक छोरी र एक छोराको विवरण । (उत्कृष्ठ छात्रको नाम प्राप्त भईसके तर पारिवारीक विवरण उपलव्ध हुन बाँकी भएकोले विवरण सल्लाहकार सदस्य रामशरण अधिकारीले उपलव्ध गराउनुहुन अनुरोध छ । यो सम्मानका लागि पनि छोरा÷छोरी स्वयम् उपस्थित हुनुपर्ने निर्णय भएको छ । त्यसैगरी, जिल्ला स्थित सरकारी कार्यालयमा कार्यालय प्रमुख तथा नगरपालिका वा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कश्यप गोत्रीय अधिकारी तथा यस प्रतिष्ठानको कार्यक्षेत्रका वंश परिवारका अन्यत्र रही उल्लेखित स्तरमा कार्यरत बन्धु÷बान्धवाहरूको विवरण । यो सम्मान ग्रहणका लागि पनि स्वयम् अनिवार्य उपस्थित हुनुपर्ने निर्णयमा भनिएको सचिव गोविन्दप्रसादले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानले वार्षिक रुपमा सञ्चालन गर्दै आएको सम्मान कार्यक्रम एवम् छात्रवृत्ती कार्यक्रमलाई सहयोग पु¥याउनु हुने एवम् प्रतिष्ठानको श्रीवृद्धिका लागि अक्षयकोषको रुपमा कम्तिमा १० हजार रुपैयाँ र सो भन्दा माथिको रकम सहयोग गर्नुहुने अक्षयकोष दाता बन्धुहरूलाई सम्मान–पत्र र दोसल्लाद्वारा सम्मान गरिने हुँदा प्रतिष्ठानको उक्त अभियानमा आफूलाई जोड्नका लागि तमाम कश्यप बन्धुहरूलाई मन फुकाएर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष तुलसीविकास अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार ‘एक घर एक आजीवन सदस्य’ बनाउने प्रतिष्ठानको अभियान एवम् संकल्प भएकोले सम्पूर्ण वन्धुहरूलाई यस कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्दछौँ । प्रतिष्ठानको विधान संसोधन भई आीजवन सदस्यता शुल्क पाँच हजार रुपैयाँ कायम भएको हुँदा विधान बमोजिम आजीवन सदस्य बन्नु÷बनाउनु हुन अनुरोध गर्ने निर्णय गरिएको छ ।
प्रतिष्ठानको आकर्षक कार्यक्रममा अक्षयकोष बृद्धि गर्ने र ‘एक घर एक आजीवन सदस्य’ बनाउने अभियान एवम् संकल्प हो, अक्षयकोषको व्याजबाट वंश भित्रकै विपन्न परिवार पहिचान गरी हाल तीनजना बाबुनानीलाई प्लस टु सम्म पठाउन थालिएको प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार त्यस बाहेकका अन्य काम गर्न वा त्यस्तै, अन्य बाबु नानीहरूलाई थप गर्नका लागि पनि बजेटको खाँचो छ, अतः यस पुनित कार्यमा जोडित सम्बन्धित सबै बन्धुहरूलाई आग्रह गरिएको छ ।
उक्त कार्यक्रममा सम्मानित हुनुहुने व्यक्तित्व उपस्थित हुन असमर्थ हुने स्थिति भएमा अग्रिम जानकारी गराउनुहुन समेत अनुरोध गरिएको छ । साथै, आ–आफ्नो क्षेत्रबाट जिल्ला अधिवेशनमा सहभागी हुने बन्धुहरूको संख्यात्मक विवरण समेत समयमै उपलब्ध गारउनु आग्रह गरिएको प्रतिष्ठानका सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार जिल्ला र पालिकास्तरीय सो अधिवेशन सम्पन्न गर्ने गहन जिम्मेवारी एवम् कर्तव्यलाई आत्मसाथ गरी सहयोग गर्न र कार्यक्रम हुने दिन कार्यक्रम स्थलमा समयमै उपस्थित भएर सहयोग गर्न समेत उक्त वैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति २०८१ पुष १४, आईतवार ०५:०२ गते
हजुरको प्रतिक्रिया