लमजुङ- तमु अर्थात गुरुङ समुदायको उद्गम स्थल लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा तमु ल्हाेसारकाे राैनक सुरु भएको छ । मनाङे चाैताराबाट सुरु भएको झाँकी सहितकाे र्याली बजार परिक्रमा गरि तमु संग्रहालयकाे प्राङ्गणमा पुगेर सभामा परिणत...
लमजुङ- तमु अर्थात गुरुङ समुदायको उद्गम स्थल लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा तमु ल्हाेसारकाे राैनक सुरु भएको छ । मनाङे चाैताराबाट सुरु भएको झाँकी सहितकाे र्याली बजार परिक्रमा गरि तमु संग्रहालयकाे प्राङ्गणमा पुगेर सभामा परिणत भएको छ । तमु ह्याेला छाेंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति लमजुङको आयाेजनामा भएको साे सभाको प्रमुख अतिथि सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ हुनुहुन्छ । सभाको अध्यक्षता आयोजक समितिका जिल्ला अध्यक्ष जिवराज घलेकाे अध्यक्षतामा चलिरहेको छ । साे र्यालीकाे फाेटाे फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..