सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा ल्होछारका दुई महत्वपूर्ण कार्यक्रममा सम्बोधन

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा ल्होछारका दुई महत्वपूर्ण कार्यक्रममा सम्बोधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १६ गते मङ्गलबार ०६:०१

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याएको बताउनु भयो । तर कुनै सहकारी आफ्नै नेतृत्वमा नखोलेको, सहकारीको सदस्य नरहेको, सञ्चालक समेत नभएको व्यक्तिलाई जसरी सरकारले जबरजसत ‘सहकारी ठग’ प्रमाणितको प्रयास गरिरहेको छ, त्यस्ता काम अर्थात ‘सहकारी गठ’ कसरी प्रमाणित हुन सक्छ ? भन्ने प्रष्ट्याउन पनि जरुरी देख्नु भएन । त्यस्तै, लमजुङका समस्या ग्रस्त सहकारीका बारेमा भने उहाँ मौन रहनु भयो ।

समानुपाति, समावेसी, संघीयता, धर्मनिरपेक्षतामा परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

बेसीशहर– सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहजिल्ला लमजुङमा आएर गुरुङ जातिको महान पर्व एवम् नयाँवर्षमा आयोजित ल्होछारका दुई महत्वपूर्ण कार्यक्रममा सम्बोधन गर्नु भएको छ । उहाँले पृस १४ गते बसीशहरको तमु संग्रहालयमा र १५ गते सुन्दरबजारमा आयोजित कार्यक्रममा त्यस्तो सम्बोधन गर्नु भएको हो । धेरै विषय दुवै सम्बोधनका मिल्दाजुल्दा थिए ।
बेसीशहरको सम्बोधन क्रममा उहाँले समानुपाति, समावेसी, संघीयता, धर्मनिरपेक्षताका मूलभूत विषयमा संविधान संशोधन भएपनि परिवर्तन नहुने ठोकुवा गर्नु भएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष भनेकै समानुपाति, समावेसी, संघीयता, धर्मनिरपेक्षता हो, त्यसैले यसको व्यवस्थापनको पक्षमा छलफल गर्न सकिएपनि यी खारेज हुने भन्ने कल्पना बाहिरको हो भन्ने ठोकुुवा गर्नु भयो । उहाँले २०६३÷६४ सालको स्थितिको स्मरण गर्दै त्यो बोलमा दलै पिच्छेका गुरुङका संगठन थिए । तिनलाई एक बनाउने काममा आफूले समेत भूमिका खेलेको बताए । उनले हालको संविधानको सुन्दरपक्ष भनेकै समानुपाति, समावेसी, संघीयता, धर्मनिरपेक्षता हुन् त्यसैले यस्ता मूलभूत खारेज हुन्छ भन्ने हल्लाका पछि नलाग्न र विश्वास नगर्न आग्रह गर्नु भयो । उहाँले आफू मुख्यमन्त्री हुँदा गण्डकीमा गुरुङ भाषालाई सरकारी कामकाजीको भाषा बनाउन प्रयास गर्दा लिपिमै प्रष्टता नभएको हुँदा आफूले नसकेको बताउँदै यस्तो अभियानमा लाग्नेहरूले भाषा र लिपिको विकास गर्ने नयाँ पुस्तालाई सिकाउनेमा विशेष ध्यान दिनु पर्नेमा उहाँको जोड थियो । उहाँले मौलिक संस्कृतिमा भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘तमु भाषाको ल्होछारलाई किन ल्होसार लेखेको विद्वानहरूले यस्तो दोधारे कुरा गरेर हुन्छ ?’ पछिल्लो पुस्ताका कतिले ‘स्यों कै’ भनेको वनभोज हो भन्ने अर्थ लगाउने गरेकोप्रति पनि चिन्ता व्यक्त गनुभयो । उहाँले भन्नुभयो, ‘१५ पुस भनेको अनदीको खट्टे खाने दिन हो, स्यों कैको अर्थ केटाहरूले मासुको प्रवन्ध गर्ने र केटीहरूले भात र रक्सीको व्यवस्था गरी मिलेर खाने दिन हो तर त्यसलाई वनभोज भन्न मिल्दैन ।’ मौलिकतालाई बिर्सन हुँदैन भन्नेमा उहाँको जोड थियो ।
अर्को एक प्रसङ्गमा देशका गोप्य कुरा अब आफ्नै देशमा छाप्ने र त्यो आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्ने तयारी गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नागरिक एपबाट धेरै काम घरमै बसेर गर्न सक्नेतर्फ सरकार लागि रहेको छ, अब छपाईमा मात्र अर्बौं रकम बाहिरिने स्थितिको अन्त्य गरिनेछ ।’
उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले सबैजातजातिको भाषा, संस्कृति, संस्कार राष्ट्रको सम्पत्ती हो भन्नुभयो । उहाँले गुरुङ र मगर भाषालाई सरकारले कामकाजीको भाषा बनाउने तयारी गरिरहेको बताउनु भयो । उहाँले भोलिका दिनमा लिपी र अर्थमा फरक नहोस् भनेर भाषाविज्ञहरूसँग समेत बसेर अन्तिम निर्णय लिनका लागि छलफल अघि बढेको जानकारी दिनुभयो । उहाँले विकासका कार्यक्रमले युवालाई रोक्ने र बाहिर गएकालाई यही फर्केर केही गर्न सक्ने बनाउने वातावरण तयार गर्न सरकार लागि परेको उल्लेख गर्नुभयो ।
तुम ह्युल छोंजधिं गुरुङ राष्टिय परिषदको आयोजनामा भएको सो कार्यक्रममा सो परिषदका जिल्ला अध्यक्ष जीवराज घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान घले, तुम ह्युल छोंजधिं गुरुङ राष्टिय परिषदका केन्द्रीय उपाध्यक्ष मेन घले, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बेसीशहरको विभिन्न टोलका १२ वटा आमा समूहको नृत्य समेत प्रदर्शन गरिएको थियो । ती समूहलाई प्रोत्साहन स्वरुप दुई हजार पाँच सयका दरले पुरस्कृत गरिएको आयोजक संस्थाका सचिव गणेश गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सो सभाको कार्यक्रम अधि झाँकी सहितको र्यालीले बेसीशहर बजार परिक्रम गरेको थियो ।

पुस १५ गते सुन्दरबजारमा :
यसैगरी, पुस १५ गते तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद सुन्दरबजार इकाईद्वारा आयोजना गरिएको संयुक्त ल्होछार कार्यक्रमको उदघाटन गर्दै मन्त्री गुरुङले गुरुङ भाषामा मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले संविधानमा नेपाली भाषाको अतिरिक्त अन्य भाषा पनि सरकारी कामकाजको भाषा हुने उल्लेख गरेको छ, तर संविधानले दिएको अधिकार पनि उपयोग गर्न आफ्नो समुदायले नसकेको स्विकार गर्दै त्यसतर्फ लाग्न अभियानकर्मीहरू छ भन्नु भएको छ ।
दुई बर्ष भित्रमा लमजुङका सबै घरमा फोरजी नेट सुविधा पु¥याउन आफू लागि परेको बताउँदै मन्त्री गुरुङले जिल्लाका सबै वडामा ब्रोडव्याण्ड फाईबर इन्टरनेट सेवा पु¥याउने लक्ष्य रहेको समेत बताउनु भयो । सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको समेत मन्त्री गुरुङले उल्लेख गर्नुभयो । मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध, फिसिङ, बुलिङ जस्ता कुरालाई नियन्त्रण गर्नु सरकारको दायित्व रहेको जानकारी दिनु भयो । अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेहरूलाई नियन्त्रण गर्न, साईबर क्राईमको अन्त्य गर्न बनेको साईबर सेक्युरिटी ऐनको तयारी भएको र अध्यायदेश मार्फत भए पनि सो कानून ल्याउने मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
सरकारका प्रवक्ता हुनुका साथै नेकपा एमालेका उपमहासचिव समेत रहनु भएका उहाँले केही शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर पूरानै व्यवस्था ल्याउन लागिपरेको भन्दै मूलधारका पार्टी जो संघीय गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गरेर यो व्यवस्था ल्याए तिनैलाई यो व्यवस्थाको माया र रक्षा गर्ने दायित्व भएको समेत स्मरण गर्नुभयो ।
समुता तमु समाज, सुन्दरबजार तमु समाज, सृजनशील तमु समाज, संकल्प तमु समाज, नमूना तमु समाज, त्रिशक्ति तमु समाज, प्रगति तमु समाज र मनकामना तमु समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सुन्दरबजारका विभिन्न स्थानबाट तमु संस्कृतिका झाँकी बाजागाजा सहितको ¥यालीले बजार परिक्रमा गरी कृषि क्याम्पस प्राङ्गणमा पुगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न समाज र समुहको सांस्कृतिक कार्यक्रम सोरठी, घाटु, कृष्ण चरित्र, कौरा, ठाडोभाका लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।
फरक प्रसंगमा मन्त्री गुरुङले सहकारीका नामबाट सर्वसाधारणलाई ठग्ने गरेकोले त्यसको नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । सहकारीहरू कुन स्तरका हुन सोही अनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाउने बताउनु भयो । उहाँले पालिकास्तरको सहकारीमा १० लाख प्रदेशस्तरको २५ लाख र केन्द्रको सहकारीमा ५० लाखभन्दा बढी रकम जम्मा गर्न र ऋण लिन नपाउने गरिएको समेत जानकारी दिनुभयो । उहाँले देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गर्नु भयो ।
अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसदबाट पास गरेकोमा हिजो प्रमाणिकरण भएको समेत जानकारी दिनुभयो । सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम फिर्ता गराउने तर्फ सरकार लाग्ने उहाँको कथन थियो ।
तर लमजुङका समस्या ग्रस्त सहकारीका बारेमा भने उहाँ मौन रहनु भयो । त्यस्तै कुनै सहकारी आफ्नै नेतृत्वमा नखोलेको, सहकारीको सदस्य नरहेको, सञ्चालक समेत नभएको व्यक्तिलाई जसरी सरकारले जबरजसत ‘सहकारी ठग’ प्रमाणितको प्रयास गरिरहेको छ, त्यस्ता काम अर्थात ‘सहकारी गठ’ कसरी प्रमाणित हुन सक्छ ? भन्ने प्रष्ट्याउन पनि जरुरी देख्नु भएन ।
कार्यक्रममा क्होलासोँथर गाउँपालिका निवर्तमान उपाध्यक्ष मुनी गुरुङ, तमु ह्युल छोँज धिँका केन्द्रीय उपाध्यक्ष मेनबहादुर घले, तमु छोँज धिँ गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष जीवराज घले, सचिव गणेश गुरुङ, झाँकी संयोजक मोतीप्रसाद गुरुङ, समुता गुम्बा अध्यक्ष वीरसिंह घले, विभिन्न समाजका अध्यक्ष, आमा समुह अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । सावित्री गुरुङले शुभकामना मन्तव्य रचन्द्रकुमारी गुरुङले स्वागत गर्नु भएको थियो ।
सुन्दरबजार तमु समाजका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव खेम गुरुङले गर्नु भएको थियो ।

बेसीशहरमा साँझ अबेर  :
यसैबीच, हिजै सञ्चारमन्त्री गुरुङले तमु छोँज धिँ गुरुङ राष्ट्रिय परिषद बेसीशहर इकाईको आयोजना गरिएको कार्यक्रमलाई हिजो साँझ अबेर आएर सञ्चारमन्त्री गुरुङले सम्बोधन गर्नु भएको सो इकाईका सचिव सुवे. कृष्णबहादुर गुरुङले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार सञ्चारमन्त्री गुरुङ र गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेललाई इकाईले सम्मान गरेको छ । उहाँले भन्नुभयो, ‘हिजो दिनभर गुरुङ राष्ट्रिय कलाकार पवित्रा र पवनको विशेष प्रस्तुति एवम् नृत्य प्रदर्शन गर्नुका साथै ‘स्यों कैं’ समेत गरिएको थियो । कार्यक्रममा मन्त्री पौडेलले सो इकाइमा आवद्ध नयाँ सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष १६, मंगलवार ०६:०१ गते
हजुरको प्रतिक्रिया