त्रिमूर्तिमा लेखनाथ जयन्तीमा विविध कार्यक्रम

त्रिमूर्तिमा लेखनाथ जयन्तीमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १६ गते मङ्गलबार ०६:२२

त्रिमूर्तिको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्नु हुनेमा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा त्रिमूर्तिको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्दै श्रद्धाञ्जली मन्तव्य, कविता वाचन तथा माल्यार्पण जस्ता कार्य गरिएको थियो ।

सञ्चारग्राम(काठमाडौंं)– त्रिमूर्ति निकेतनले १४१औँ लेखनाथ जयन्तीमा विविध कार्यक्रमका साथ मनाउने काम गरेको छ । यहाँ स्थित त्रिमूर्ति स्थलमा सो कार्यक्रम पुस १५ गते गरिएको हो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा त्रिमूर्तिको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्दै श्रद्धाञ्जली मन्तव्य, कविता वाचन तथा माल्यार्पण जस्ता कार्य गरिएको थियो ।
सो अवसरमा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भन्नुभयो ।
यसैगरी, कार्यक्रममा यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।
उहाँका अनुसार सो अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको थियो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ पुष १६, मंगलवार ०६:२२ गते
हजुरको प्रतिक्रिया