१४ बर्षिय किशोरीलाई अपहरण गर्दै लगेका तीन पक्राउ

१४ बर्षिय किशोरीलाई अपहरण गर्दै लगेका तीन पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १७ गते बुधबार ०७:०२

बेपत्ता किशोरीलाई परिवार तथा आफन्तजनले खोज्ने क्रममा नेपाल भारतको सिमा क्षेत्र सुनौली नाकामा फेला पारि फिर्ता ल्याएको जानकारीमा आएको छ । सुनौली नाका नेपालको मध्य क्षेत्रबाट भारतको राजधानी नयाँ दिल्ली जानका लागि सहज नाका भएको बताइन्छ ।

ति किशोरीलाई सईतुला सहित तिनजनाले अपहरण गरि लगेको खुल्न आएको छ ।

बेशिसहर– लमजुङको जिल्ला सदरमुकाम बेशिसहरबाट १४ बर्षिय किशोरीलाई भारततर्फ बिक्री गर्न लग्दै गरेको अवस्थामा तीनजना लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू तिन जनालाई पुष १७ गते जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरको हो ।

पक्राउ पर्नेमा पिडित किशेरीलाई भारतको मोतिहारी जिल्ला, घोडासान थाना बकुलिया– ५मा स्थायी बसोबास भई हाल बेसिशहर नगरपालिका– ७ मा बस्ने ४० बर्षिय सेख सईतुला समेत तीन जना रहेका छन् । अन्य दुइजनाको फोटो सार्वजनिक गरे पनि प्रहरीले नाम गोप्य नै राखेको छ । उनीहरूले ति पिडित १४ बर्षिय किशेरी नाम परिवर्तित सरिता बेशिसहर नगरपालिका– ७ लाई ललाइ फकाइ गर्दै अपहरण गरी लगेको खुल्न आएको प्रहरी भनाइ छ । ति किशोरी गत मसिंर २४ गते देखि हराएकी थिइन् । उनलाई आफन्तजनले खोजी गर्ने क्रममा तीन दिन अगाडी फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक निसान्त श्रीबास्तबले बताउनुभयो । उहाँका अनुसार किटानी दाहेरी परे पछि सईतुला सहित तिन जनालाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।

बेपत्ता किशोरीलाई परिवार तथा आफन्तजनले खोज्ने क्रममा नेपाल भारतको सिमा क्षेत्र सुनौली नाकामा फेला पारि फिर्ता ल्याएको जानकारीमा आएको छ । सुनौली नाका नेपालको मध्य क्षेत्रबाट भारतको राजधानी नयाँ दिल्ली जानका लागि सहज नाका भएको बताइन्छ ।

ति किशोरीलाई बेशिसहर नगरपालिका–७ बस्ने सेख सईतुला समेतका तिन जनाले अपहरण गरी लगेको पुष्ठि हुन आएको प्रहरी भनाइ छ । उनीहरू तीनजनालाई पक्राउ गरी निजहरु उपर अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्धामा श्री सम्मानित जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप भएको छ । उनीहरू विरूद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्मरणीय छ, स्थानीय निर्वाचन ताका पनि एक किशोरीलाई राम्रो सम्पत्ति भएको केटासँग विवाह गरिदिने भन्दै ललाईफकाई गरि बिक्री प्रयाेजनमा काठमाडौ पुर्याइएपछि फर्काइएकाे थियो । साे काण्डमा मुछिएका दिदी भाइलाई एक वर्ष सात दिनको जेल सजाय हुनुका साथै जनही ३५ हजार क्षतिपूर्ति जिल्ला अदालतबाट ताेकिएकाे थियोे ।

प्रकाशित मिति २०८१ पुष १७, बुधबार १९:०२ गते
हजुरको प्रतिक्रिया