अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सभा पुष १९ र २० गते बनेपामा

अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सभा पुष १९ र २० गते बनेपामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १७ गते बुधबार ०९:४१

बेशिसहर– नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीय सभा पुष १९ गते देखि सुरु हुने भएको छ । दुइ दिने उक्त कन्द्रिीय सभाको काभ्रे शाखाले आतिथ्यता गर्ने र बनेपामा हुने भएको छ । उक्त केन्द्रीय सभाको स्वास्थ्य तथा जनसंख्यामन्त्री...

बेशिसहर– नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीय सभा पुष १९ गते देखि सुरु हुने भएको छ । दुइ दिने उक्त कन्द्रिीय सभाको काभ्रे शाखाले आतिथ्यता गर्ने र बनेपामा हुने भएको छ ।
उक्त केन्द्रीय सभाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा हुने भएको केन्द्रीय समितीले जनाएको छ । बनेपा स्थित चण्डेश्वरी मार्ट पार्टी प्यालेसमा सो सभा हुने भएको हो । सो सभामा मुलुकभरका आयोजक संस्थाको ४८ जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने भएका छन् ।
एक जिल्लाबाट ५ जना प्रतिनिधि र २ जना पर्यवेक्षकले केन्द्रीय सभामा भाग लिन पाउने संस्थाको विधानमा उल्लेख छ । सो सभामा भाग लिन संस्थाका शाखा सभापति नवराज पहाडीको नेतृत्वमा लमजुङ शाखाका प्रतिनिधिहरू वनेपा जाने भएका छन् । प्रतिनिधिकोरूपमा शाखाका सभापति पहाडी, उपसभापति शोभा थापा, कोषाध्यक्ष तैमाया गुरुङ तथा सदस्य मिनबहादुर तामाङ र पर्यवेक्षकको रूपमा सल्लाहकार रामबाबु अधिकारी र सचिव विराट न्यौपाने भाग लिन त्यसतर्फ भोली प्रस्थान गर्दै हुनुहुन्छ ।
केन्द्रीय सभामा प्रतिनिधि तथा पर्यवेक्षकहरूलाई टट प्रशिक्षण दिने केन्द्रीय समितिले जनाएको छ । केन्द्रीय सभाले यो बर्ष नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले अर्बुद (क्यान्सर) रोगका बारेमा सचेतनाका कार्यक्रम गर्नुका साथै रोग परीक्षण शिविर समेत गर्ने गरेको छ । लमजुङमा सो संस्थाको शाखा गत वर्ष पुनर्जागृत भएको हो ।
जसको गत मंसिर १४ गते पहिलो जिल्ला सभा सम्पन्न भएको छ भने मंसिर २१ र २२ गते सुन्दरबजारमा क्यान्सर र आँखाको शिविर संयुक्त रुपमा सञ्चालन गरिएको थियो । सो शिविरबाट ६५४ जना लाभान्वित भएका थिए । ति मध्ये २४५ जना महिलाले पाठेघरको परिक्षण गराएका थिए ।

प्रकाशित मिति २०८१ पुष १७, बुधबार २१:४१ गते
हजुरको प्रतिक्रिया