चीनमा भूकम्प, नेपालमा धक्का : ७ म्याग्निच्युड भएको पुष्टि

चीनमा भूकम्प, नेपालमा धक्का : ७ म्याग्निच्युड भएको पुष्टि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २३ गते मङ्गलबार ०७:४२

चीनको नेपाल–चीन सीमानाको तिब्बतको दिंगे कान्टी अर्थात सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने क्षेत्रमा केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो ।

तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

काठमाडौँ– चीनमा भूकम्प गएको छ र त्यसको धक्का नेपालका विभिन्न स्थानमा अनुभूति भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पुस २३ गते बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो । जसको मापन सात म्याग्निच्युड भएको पुष्टि हुन आएको छ ।
चीनको नेपाल–चीन सीमानाको तिप्बतको दिंगे कान्टी अर्थात सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने क्षेत्रमा केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो ।
सो भूकम्पको धक्का काठमाडौं लगायतका नेपालका विभिन्न क्षेत्र लमजुङ, मनाङ, गोरखा लगायतका चीनको सीमावर्ति क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अन्य जिल्लामा पनि धक्का महसुस भएको छ ।
विहान बिहानै शक्तिशाली भूकम्पको धक्का अनुभूति भएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । लामो समयपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस बताइएइको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त हुन बाँकी छ ।
तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
विभिन्न जिल्लाका स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८१ पुष २३, मंगलवार ०७:४२ गते
हजुरको प्रतिक्रिया