कश्यप वंशका पूर्खाको कारण कास्कीका अस्ताम, हेम्जा, नुवा गाउँ आदि नामाकरण भएको हो : केन्द्रीय सदस्य पहाडी

कश्यप वंशका पूर्खाको कारण कास्कीका अस्ताम, हेम्जा, नुवा गाउँ आदि नामाकरण भएको हो : केन्द्रीय सदस्य पहाडी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २७ गते शनिवार ०९:२३

केन्द्रीय प्रतिनिधि नवराज अधिकारी ‘पहाडी’ चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा मुक्तिनाथ अधिकारी, विश्वप्रकश अधिकरी र निलकण्ठ अधिकारी चयन हुनु भएको छ ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला अध्यक्षमा प्रकाशचन्द्र निर्विरोध निर्वाचित

भोटेओडार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपाल, लमजुङ– रुपाकोट शाखाको अध्यक्षमा प्रकाशचन्द्र अधिकारी(भोटेओडार) चयन हुनु भएको छ । सो प्रतिष्ठानको यहाँ सम्पन्न चौथो अधिवेशनले उहाँलाई पुस २७ गते निर्विरोध अध्यक्ष चयन गरेको हो । उक्त अधिवेशन सोही प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार नवराज अधिकारी पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्षमा चयन हुनुभएका प्रकाशचन्द्र अधिकारी यसअघि केन्द्रीय प्रतिनिधि हुनुहुन्थ्यो । समितिको उपाध्यक्षद्वयमा सिर्जना अधिकारी सुन्दरबजार– ९ र प्रितम अधिकारी दोर्दी– २ चयन हुनु भएको छ । सिर्जना सो पदमा दोहोरिनु भएको हो । त्यस्तै, सचिव गोविन्द अधिकारी बेसीशहर– १ चयन हुुनु भएको छ । संस्थापक सचिव गोविन्दले यस पटक ह्याट्रिक गर्नु भएको हो । सहसचिव प्रकाश अधिकरी सुन्दरबजार– १ र कोषाध्यक्षमा कमल अधिकारी सुन्दरबजार– ७ चयन हुनु भएको छ । कोषाध्यक्ष कमलले यसअघिका कार्यकारी सदस्य रहेर  दुई कार्यकाल बिताइ सक्नु भएको छ ।
यसैगरी, समितिको सदस्यहरूमा नारायणप्रसाद अधिकारी बेसीशहर– १, नवराज अधिकारी सुन्दरबजार– ३, सन्तोष अधिकरी सुन्दरबजार– ३, टीकाराम अधिकारी सुन्दरबजार– ९, कमलनाथ अधिकारी दोर्दी– ४, नारायणप्रसाद अधिकारी बेसीशहर– ४, नारायणप्रसद अधिकारी दोर्दी– १ र दीपेन्द्र अधिकारी भानु– ११ चयन हुनु भएको निर्वाचन समितिका संयोजक रमाकान्त अधिकारीले बताउनु भयो । उहाँका अनुसार केही स्थान रिक्त रहेको छ । रिक्त स्थानमा भूगोल र सदस्य संख्याका आधारमा थप सदस्य कार्यसमितिले मनोनित गर्न सक्ने निर्वाचन समितिका सदस्य ऋषिराम अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार लमजुङको जिल्ला समिति १७ सदस्यीय हुन सक्ने विधानको प्रावधान रहेको छ ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय प्रतिनिधि नवराज अधिकारी ‘पहाडी’ चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा मुक्तिनाथ अधिकारी, विश्वप्रसाद अधिकरी र निलकण्ठ अधिकारी चयन हुनु भएको छ ।’
सोही प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । उहाँले आफ्नो उदघटन मन्तव्यमा कश्यप वंशको सन्तति हुनु गर्वको विषय हो र हामीहरूले पनि त्यस्तो गर्वगर्न लायक काम गर्नु पर्छ भन्नुभयो । उहाँले आफ्ना पूर्वजले मन्त्रको शक्तिद्वारा यज्ञमण्डपमा अग्नि प्रज्वलन गर्ने क्षमता राख्नु हुन्थ्यो र त्यस्तो कार्य गरेर देखाएका कारण कास्कीकोटाका राजाले राज पुरोहित बनाएका थिए । आफ्ना पूर्खाद्वारा ती राजाले गरिहेको महायज्ञमा त्यस्तो क्षमता देखाएको इतिहास साक्षी छ पहाडीले भन्नुभयो । उहाँले कास्कीको आजको अस्ताम, हेम्जा, नुवा गाउँ आदि सबै आफ्ना पूर्खाको कारणले नामाकरण भएको हो पहाडीले उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । उहाँले त्यस्तो क्षमता हामीले आर्जन गर्ने कि नगर्ने ? हामीहरूले मम गर्नु पर्ने बेला आएको छ भन्ने उल्लेख गर्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले आरक्षण वर्गका लागि गरिनु पर्छ भन्ने पाठ राज्यलाई सिकाउनका लागि प्रतिष्ठानको यो शाखाले कार्यक्षेत्र भित्र रहने आफ्नो कुलवंशका सबैभन्दा विपन्न परिवार पहिचानका साथ एक परिवारको एकजना गरी तीन जना नानीबाबुलाई प्लसटुसम्म पढ्दाको स्कूलमा लाग्ने सबै खर्च बेहोर्ने गरी छात्रवृत्तीको प्रवन्ध गरिएको उल्लेख गर्नु भयो । पहाडीले यस्ता अनगिन्ति काम गर्न बाँकी र आजै प्राप्त भएको घडेरीमा भवन निर्माणको दायित्व थप भएको छ । त्यसका लागि पनि अक्षयकोष हुन जरुरी छ । अतः त्यसमा आफ्नो क्षमता अनुसार जोडिऔं भन्ने आग्रह गर्नु भएको थियो । उहाँले यो सभामा सम्मानित हुनुहुने सबैप्रति कृतज्ञताका साथ उहाँहलाई बधाई छ भन्नुभयो । 
सो कार्यक्रममा केन्द्रीय पार्षद मुृक्ति अधिकारीले कश्यपको अर्थ हामी सबैलाई आश्रय दिन सक्छौं भन्ने हुन्छ, हामी आफूहरू कश्यप ऋषीको सन्तान भएको र उहाँका १३ पत्नी थिए, तीबाट संसारमा किटपतङ्गदेखि विभिन्न जीवको जन्म भएको हो भन्नुभयो । उहाँले  यदि कसैको गोत्र पहिचान हुन सकेन भने त्यसको गोत्र कश्यप हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको जानकारी दिनु हुँदै यसकारण पनि हामी गर्व गर्न सक्छौं भन्नुभयो ।
उक्त अवसरमा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि प्रकाशचन्द्र अधिकारीले आफू यो प्रतिष्ठानमा स्थापनाकालदेखि जोडिएको बताउँदै त्यसैले पनि यसको उन्नति प्रगति हुनुपर्छ भन्ने सधैं चिन्तनमा रहने गरेको बताउनु भयो । उहाँले आफू र आफ्नो परिवार छोराद्वय सुरेश अधिकरी र दिनेश अधिकारीसहितका परिवारजनको सहमतिमा स्थानीय भोटेओडारकै धारापानीमा ६ आना जग्गा प्रतिष्ठानको शाखा भवन बनाउनका लागि आजके मितिदेखि प्रदान गरेको र यसको लालपूर्जा जतिसक्यो छिटो प्रतिष्ठानका नाउँमा प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।
सो सभामा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार विश्वप्रसाद अधिकारी, केन्द्रीय पार्षद निलकण्ठ अधिकारी, वरिष्ठ अक्षयकोषदाता एवम् रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, सुरेशबाबु अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका लागि जग्गादाता प्रकाशचन्द्रका परिवारजन, ८४ वर्ष पार गर्नु भएका जेष्ठनागरिक ढुण्डीराज अधिकारी सुन्दरबजार– ७, गत वर्षको एसईईमा उत्कृष्ठ अंक ल्याउने एक छात्र निश्चल अधिकारी सुन्दरबजार– ४, (३.८२ जिपिए) र छात्रा ममता अधिकारी बेसीशहर– ३, रानीकुवा(३.६१ जिपिए)लाई सम्मान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानद्वारा स्थापित अक्षयकोषमा १० हजार र सोभन्दा बढी रकम थप गर्नु हुने दाताहरू खेमलाल अधिकारी दोर्दी– १, कमल अधिकारी सुन्दरबजार– ७ लगायतलाई सम्मान गरिएको थियो । त्यस्ता दाता २७ जना पुगेको नवनिर्वाचित सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको शाखामा दुई सय तीनजना आजीवन सदस्य रहेका छन् ।
कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका सयोजक रभाकान्त अधिकारीले नवनिर्वाचित समितिको घोषणा गर्नु हुँर्द बिसर्जन भएको सभा प्रतिष्ठानका शाखा अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष खेमलाल अधिकारीले स्वागत तथा सञ्चालन सचिव गोविन्दप्रसाद अधिकारी र सदस्य कमल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष २७, शनिबार २१:२३ गते
हजुरको प्रतिक्रिया