आशिका तामाङलाई पनि दोषी ठहर गर्ने प्रपञ्च, पाँच दिन थुनामा राख्न म्याद

आशिका तामाङलाई पनि दोषी ठहर गर्ने प्रपञ्च, पाँच दिन थुनामा राख्न म्याद

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ४ गते शुक्रबार ०६:०५

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पूर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले माघ २ गते दिउँसो तामाङलाई पक्राउ गरेको हो ।

दोषी ठहर भएमा आशिकालाई १० हजार रुयैयाँ जरिवाना तथा एक वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

काठमाडौं– सरकारले आफ्ना विरोधीको मुख थु्न्ने सक्दो प्रयास जारी राखेको छ । यसको दोस्रो उदाहरण बन्नु भएको छ– आशिका तामाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको त छर्लङ्ग भइसक्यो । अब सामाजिक अभियन्ता आशिका तामाङलाई पनि दोषी करार गर्न प्रहरी लागि परेको माघ ३ गते खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पूर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले माघ २ गते दिउँसो तामाङलाई पक्राउ गरेको हो । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको जनाएको छ ।
आफूलाई अभियन्ता बताउने आशिका बुधबार स्वयम्भूबाट पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप तामाङ उपर छ ।
तामाङविरुद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई माघ ३ गते पाँच दिनको अनुमति दिएको हो ।
अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुयैयाँ जरिवाना तथा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति २०८१ माघ ४, शुक्रबार ०६:०५ गते
हजुरको प्रतिक्रिया