गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. गुरुङद्वारा आदर्श बाल माविको ६९औं बार्षिकोत्सवमा विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउन निर्देशन

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. गुरुङद्वारा आदर्श बाल माविको ६९औं बार्षिकोत्सवमा विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउन निर्देशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १० गते बिहिबार ०५:४४

प्रधानाध्यापक नवराज केसीले बार्षिक प्रतिवेदन तथा लेखापाल चित्रबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको वार्षिकोत्सव कार्यक्रमको सञ्चालन शिक्षकद्वय रामलाल श्रेष्ठ र सुशीला ढकालले गर्नु भएको थियो ।

उक्त अवसरमा प्रधानाध्यापक नवराज केसीसमेतका १४ जना शिक्षकहरू, अभिभावक र विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।

सुन्दरबजार(लमजुङ)– अन्तरङ्ग न्यूजडटकमलाई ढिला गरी प्राप्त समाचार अनुसार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले युवा, विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउन निर्देशन दिनु भएको छ । आदर्श बाल माविको ६९औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहमा उदघाटन मन्तव्य व्यक्त गर्दै आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा मन्त्री डा. टकराज गुरुङले माघ ६ गते त्यस्तो निर्देशन दिनु भएको हो ।
डा. गुरुङले शैक्षिक क्रियाकलापमा विद्यार्थीहरूलाई देशभक्ति र देशको सेवा गर्नुपर्ने भावना जागृत गराउनुपर्ने भन्दै त्यस्तो दिर्नेशन दिनु भएको हो । उहाँले अहिले युवाहरू विदेश पलायन हुने क्रम बढेको हुँदा त्यसलाई रोक्न यहाँको सम्भावनाहरूको खोजी गर्नुपर्नेमा जोड दिनु भएको थियो । मन्त्री डा गुरुङले अहिले विद्यार्थीहरूमा राजनीति भनेको फोहोरी खेल भन्ने छाप परेको छ, राजनीति देशको शासन सुव्यवस्था सञ्चालन गर्ने नीति भएको हुँदा त्यस्तो भ्रम विद्यार्थीहरूमा हटाउन सकेमा त्यसले विद्यार्थीहरूमा उत्पन्न निराशाको भावना हट्ने उल्लेख गर्नुभयो ।
अर्को एक फरक प्रसंगमा डा. गुरुङले सुन्दरबजार नगरपालिका हुँदै गएको मध्यपहाडी लोकमार्गको काम क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म रोकिएकोप्रति लक्षित गर्दै यसको निकास निकाल्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनु भयो । अन्य विकल्प नभएको अवस्थामा मर्का परेकाहरूलाई कहाँ कस्तो सहयोग गरेर अगाडि बढ्न सकिने हो त्यसतर्फ आफू लाग्ने डा. गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बार्षिकोत्सवकै अवसरमा प्रमुखअतिथि डा. गुरुङले विद्यालयको तर्फबाट उत्कृष्ट शिक्षकहरू, अभिभावक, आजीवन सदस्य र अक्षयकोषदाताहरूलाई सम्मान गरिएको थियो । समानित हुनेहरूमा प्रधानाध्यापक नवराज केसीसमेतका १४ जना शिक्षकहरू हुनुहुन्छ । सहायक प्रअ शशी कँुवर, सहायक प्रअ सुशीला ढकाल, शिक्षक सरोज रेग्मी सम्मानित हुनुभएको हो । यसैगरी, रामलाल श्रेष्ठ, कुशल भट्टराई, कमला सापकोटा, धनबहादुर भुजेल, दिनेश अधिकारी, कृष्णबहादुर थापा, सबिना चिलुवाल, सुरेश परियार, लेख गुरुङ तथा श्रीराम पौडेल हुनुहुन्छ ।
यसैगरी, उत्कृष्ट अभिभावकमा प्रकाश डौलिया र शान्तीदेवी जोशी सम्मानित हुनु भएको छ । त्यस्तै, उत्कृष्ट विद्यार्थीहरू गृष्मा दवाडी, सुशान्त अधिकारी, अपेक्षा गौली र आशिका मिश्रलाई सम्मान गरिएको थियो ।
सो अवसरका शुभकामना व्यक्त गर्दै शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले विद्यालयका कार्यक्रमहरू बिना तडकभडकमा साधारण तौर तरिकाबाट सम्पन्न गरी अभिभावकको सहभागितालाई उत्साहित गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले विद्यालय १२ कक्षासम्म सञ्चालन भएका विद्यालयमा शिक्षाको माथिल्लो कक्षा नहुने हुँदा त्यसलाई गुणस्तरीय बनाउनुको विकल्प छैन भन्दै यसरी व्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय रहेको वडाका अध्यक्ष दिनेशबाबु कोइराला, सोही नगरपालिका– ७ का अध्यक्ष जयराम रेग्मी, नेपाली काँग्रेसका अर्जुन परियार, एमालेका द्वारिकाप्रसाद मिश्र, माओबादी केन्द्रका मुरारी भूजेल, रास्वपाका नगर सभापति श्याम केसी, शान्ति माविका प्रधानाध्यापक उत्तम बसेल, शिक्षक संघका अध्यक्ष सूर्यबहादुर केसी, शिक्षक संगठनका हरिकृष्ण कोइराला, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष परमेश्वर अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको लागि शुभेच्छा व्यक्त गर्नु भएको थियो ।
सो माविका प्रधानाध्यापक नवराज केसीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी, लेखापाल चित्रबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आयव्यय समेत सुनाउनु भएको थियो ।
उक्त बार्षिकोत्सव कार्यक्रमको सञ्चालन सोही माविका शिक्षकद्वय रामलाल श्रेष्ठ र सुशीला ढकालले गर्नु भएको शिक्षक दीपक पौडेलले बताउनु भयो ।
गायक प्रशान्त तामाङले गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा सो माविका विद्यार्थीहरूले नृत्य प्रदर्शन गरेका थिए ।
– फोटो सौजन्य : शिक्षक मनिषा गौली ।

प्रकाशित मिति २०८१ माघ १०, बिहीबार १७:४४ गते
हजुरको प्रतिक्रिया