काँग्रेसका नेता एवम् वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

काँग्रेसका नेता एवम् वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ११ गते शुक्रबार ०८:५२

नेता त्रिपाठीले सहकारी ठगी प्रकरणमा वरिष्ठ अधिवक्ताको नाउँमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएको स्थिति छ । उतिबेला नेता त्रिपाठी यतिबेला सुप्रिम सहकारीको थुनछेक बहसका क्रममा बुटवलमा रहेको उहाँ निकट स्रोतले जनाएको छ ।

सो मुद्दाको पहिलो पेसी माघ १३ गतेका लागि तोकिएको छ ।

काठमाडौं– नेपाली काँग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा त्रिपाठीविरूद्ध अवहेलनाको मुद्दा माघ १० गते दायर भएको हो ।
उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले त्रिपाठीका विरुद्धमा निवेदन दिनु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सो मुद्दाको पहिलो पेसी माघ १३ गतेका लागि तोकिएको छ ।
सो निवेदनमा काँग्रेस नेता त्रिपाठीले काठमाडौं जिल्ला अदालनका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको दावी गरिएको छ ।
त्रिपाठीले अन्तर्वार्तामा न्यायाधीशमाथि कार्यक्षमतामाथि प्रश्न उठाएर टिप्पणी गरेको जिकिर गरिएको छ । राईले अदालतको अवहेलना गरेको भन्दै नेता त्रिपाठीका विरूद्ध अवहेलनाको निवेदन दिनु भएको हो ।
नेता त्रिपाठीले सहकारी ठगी प्रकरणमा वरिष्ठ अधिवक्ताको नाउँमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएको स्थिति छ ।
स्मरणीय छ, नेता त्रिपाठी यतिबेला सुप्रिम सहकारीको थुनछेक बहसका क्रममा बुटवलमा रहेको उहाँ निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार २०:५२ गते
हजुरको प्रतिक्रिया