काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन– २०८१ उम्मेदवारको भावी नेतृत्वका लागि आज मतदान हुने भएको छ । केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो । अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी कायम भएको छ । सो पदमा छ जनाले उम्मेदवारी दिएकोमा एक दाबेदार विश्वमणि थापाले उम्मेदवारी माघ १२ गते फिर्ता लिएपछि पाँच जना कायम रहेको हो ।
कुल ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएकामध्ये अध्यक्षका लागि ५ जनाले, ९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका भने एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुने अखिल क्रान्तिकारीको विधानमा व्यवस्था छ ।
निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्षका लागि उपदेश यादव, योगेन्द्र बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईको उम्मेदवारी कायमै छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ पदका लागि आज निर्वाचन हुने कार्यक्रम छ ।
नेता पिच्छे विद्यार्थी प्यानल, अध्यक्ष प्रचण्ड पक्षलाई प्यानल बनाउन कठीन ः
यसैबीच, नेता पिच्छे अध्यक्ष महासचिवका उम्मेदवार भएता पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई प्यानल बनाउनै किनै कठीन भएको बताइएको छ । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकालाई पछि हटाएर प्रचण्डले इच्छाएका विजयप्रकाश शर्मा सापकोटाको नेतृत्वमा प्यानल बनाउन प्रयास गरिएको थियो । आफ्नो नाम फिर्ता लिएको हल्ला चलाइए पनि अध्यक्षका दाबेदार सुदीन पौडेलले आफ्नो उम्मेदवारी कायमै रहेको बताउनु भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिनेहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट सापकोटाले उम्मेदवारी दिएका छन् । पौडेल उपमहासचिव वर्षमान पुन पक्षका हुन् भने राई अर्का उपामहासचिव जनार्दन शर्मा नजिक छन् । उपदेशकुमार यादव, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अध्यक्षका अर्का उम्मेदवार योगेन्द्रबहादुर बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक मानिन्छन् ।
पम्फा भूसालनिकट विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएर हेडक्वार्टरनिकट भनिएका उपमहासचिव शक्ति बस्नेतको समर्थन रहेका विजयप्रकाश सापकोटालाई समर्थन गर्ने भएको बताइन्छ ।
उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा लालबहादुर पाण्डे, अटल आचार्य, जीवन खड्का, ममता अधिकारी, समिप खरेल, तुलसीराम न्यौपाने, टंकप्रसाद उपाध्यया, सुबिन चासले, पार्वती नेगी, चित्र सुनार, बबिराज थापा, सन्दीप पुन, ज्ञानु खड्का, खेमबहादुर सिंह, मदन ढकाल, राजन पोखरेल, मुना थापा मगर, अभिमन्यू यादव र मनीषा आचार्य, कृष्णबहादुर सुनार, जनकबहादुर बटाला, आशिष वास्ताकोटी, राजीववरण न्यौपाने, पदम नेपाली, सुरजकुमार भण्डारी, मुना काप्री, बुद्रोस लिम्बू, उचित दास, सन्जीवकुमार चौधरी र रमेश आचार्यलगायत छन् ।
यसैगरी, अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी कायम भएको छ । सो पदमा दुई जनाले लिए फिर्ता लिएका छन् । महासचिवमा ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, संजयकुमार महतो र सञ्जिव फुँयाल रहनु भएको छ । महासचिवमा उम्मेदवारी दिनु भएका रोशन खड्काले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको गोविन्द बानियाले उम्मेदवारी फिर्ता लिनु भएको बताइएको छ ।
एक नेताका अनुसार पार्टी अध्यक्षको अनुकूलतामा टिम तयार बनाउन सबै चलखेल गरिएको छ, निर्धारित समयमा अन्तिम नामावली समेत प्रकाशन नगरी रोकिएको छ ।
माओवादी केन्द्रको विद्यार्थी संगठनको नेतृत्व लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा पक्षबीच चर्को प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति हुन नसकेपछि प्रतिस्पर्धा तीव्र रुपमा चर्केको हो ।
सबै उम्मेदवारी अनलाइन माध्यमबाट दिइएको थियो । गत पुस १४ गते भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । सोही अनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदैछ ।
क्रान्तिकारीको ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका मतदान हुने भएको हो ।
ऐले बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ १२, शनिबार ०७:३९ गते