अखिल क्रान्तिकारीको मतगणना अनिश्चित

अखिल क्रान्तिकारीको मतगणना अनिश्चित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १३ गते आईतबार ०७:३३

विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट बताइन्छ । अध्यक्ष पदका प्रतिस्पर्धीहरूले अघोषित रुपमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रचण्डलाई आफ्नो प्यानल बनाउन धौ धौ भएको प्रचार गरिएपनि उहाँ निकटका उम्मेदवारले जित्ने सिनारियो देखिएको छ ।

काठमाडौं– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत निर्वाचनको मतगणना स्थगित गरिएको छ । उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशतर्फको मतगणना अनिश्चिकालका लागि स्थगित गरिएको छ । हिजो भएको मतदानको मतगणना भइरहँदा मधेसको गणना विवाद भएको थियो । आज माघ १३ गते विहानदेखि रोकिएको मतदान सुरु हुन सकेको छैन ।
अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । मतपत्रमा प्रयोग भएको आधिकारिक रंगबाहेक अन्यलाई मान्यता दिने कि नदिने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
हालसम्मको गणनाअनुसार अध्यक्ष पदका निम्ति विजयप्रकाश सापकोटा र हेमन्त राई नै प्रमुख प्रतिस्पर्धी देखिएका छन् । सातवटा प्रदेशको मतगणनामा भइसकेको छ । हालसम्मको घोषित मत परिणामअनुसार विजय सापकोटा, हेमन्त राईभन्दा २३ मतले अगाडि हु्ुनुहुन्छ । सापकोटाले कुल ४५३ मत पाउँदा राईले कुल ४३० मत आएको छ । अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ ।
मधेस प्रदेशको १५९ मत खसेको तर गणनाको क्रममा पाँच मत कम भेटिएपछि विवाद भएको थियो । संस्थापन पक्षले पुनः मतदानको माग गरेको छ तर अर्को पक्षले मतदान सम्भव नहुने अडान लिदै आएको छ ।
कुन प्रदेशमा कसको पल्ला भारी ?
अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ ।
अहिलेसम्म प्राप्त मतपरिणामअनुसार कोशी प्रदेशमा हेमन्त राई पहिलो बनेर ११६ मत, विजय सापकोटाले ४९ मत मात्रै पाएको स्थिति छ । त्यस्तै, उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत मात्रै पाएको देखिन्छ ।
मधेस प्रदेशमा भने उपदेश यादव पहिलो स्थानका साथ ३० मत, सापकोटा र राईले बराबर २०÷२० मत ल्याएका छन् ।
त्यस्तै, वाग्मती प्रदेशमा पहिलो बन्ने विजयले ८७ मत पाउँदा दोस्रो स्थानमा आएका उपेदशको ५१ मत आएको छ । सो प्रदेशमा हेमन्तको ४८ र सुदिनको १७ मत मात्रै आएको छ ।
गण्डकी प्रदेशमा भने सुदिन पौडेलले पहिलो बन्दै ६१ मत ल्याउँदा विजय सापकोटाले ६० मत पाउनु भयो । सो प्रदेशमा हेमन्तले ३९ र उपदेशले १५ मत मात्रै ल्याएको स्थिति छ ।
लुम्बिनी प्रदेशमा विजयले ८५ मत पाउँदा दोस्रो स्थानमा आएका राईले ६६ मत मात्रै पाउनु भयो । सुदन पौडेल र उपदेश यादव क्रमशः २२ र १० मत ल्याएर तेस्रो र चौथो स्थान छ ।
कर्णाली प्रदेशमा पनि हेमन्त राईको राम्रो नतिजाका साथ ८२ मत आएको छ । दोस्रो हुने विजय सापकोटाले ८० मत तथा सुदिन पौडेल र उपदेश यादवले क्रमशः ८ र ५ मत आएको छ ।
सुदूरपश्चिममा पनि विजय सापकोटा पहिलो बनेर ७२ मत, हेमन्त राईले ५९ मतका साथ दोस्रा तथा उपदेश यादव र सुदिन पौडेल क्रमशः २२ र १६ मतका साथ तेस्रा र चौथो स्थान प्राप्त भएको छ ।
विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ । मधेश प्रदेशमा १९५ मत खसेको छ ।
अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेललाई चौथो स्थान प्राप्त छ ।
विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरूले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा हिजो भएको मतदानको मतगणना कार्य पनि सोही स्थानमा भइरहेको छ ।

प्रकाशित मिति २०८१ माघ १३, आईतवार १९:३३ गते
हजुरको प्रतिक्रिया