ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ट्याक्टर चालक फरार

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १६ गते बुधबार ०५:१६

लमजुङ अस्पताल बेसीशहरमा उनको परिवारजनको उपस्थितिमा मृतकका पोष्टमार्टमको शव बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सवारको क्रममा अनियन्त्रित भई सडकमा पल्टन गई दुर्घटनामा परेको थियो ।

नौथर(लमजुङ)– यस क्षेत्रमा ट्याक्टर दुर्घटनामा एक जना मानिसको मृत्यु भएको छ । माघ १५ गते भएको सो दुर्घटनामा परेको ट्याक्टरका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
लमजुङको दोर्दी गाउँपालिका– ५ पाचोक बेसीबाट कैंचीडाँडातर्फ दाउरा लिन जादै गरेको ग १ त ५२७६ नं को ट्याक्टर दुर्घटनामा परेको हो । सो ट्याक्टर सवारको क्रममा अनियन्त्रित भई सडकमा पल्टन गई ट्याक्टरमा सवार जिल्ला तनहुँ भानु नगरपालिका– ९ बस्ने वर्ष २७ को किरण गुरुङको मृत्यु प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाले बताउनु भएको छ । उहाँका अनुसार आफू र जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक राजकिशोर साह तेलीको नेतृत्वमा एक प्रहरी टोली घट्ना स्थलमा गई घट्नास्थलको निरीक्षण लगायतका सम्पुर्ण कार्य अर्थात मुचुल्का आदि गरिएको थियो । सो कार्य सम्पन्न गरी लास पोष्टमार्टमको लागि लमजुङ अस्पताल बेसीशहर पठाइएको प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाले जानकारी दिनुभयो ।
ट्याक्टर चालक जिल्ला लमजुङको सोही गाउँपालिका– ३ बस्ने करिब बर्षीय ३० लालबहादुर तामाङ भन्ने बुझिएको फरार रहेको, खोजी.कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार मृतकका परिवारको उपस्थितिपछि पोष्टमार्टम गरी शव परिवारलाई बुझाउने तयारी छ ।

प्रकाशित मिति २०८१ माघ १६, बुधबार ०५:१६ गते
हजुरको प्रतिक्रिया