ठाडोभाका तीन दिने मेला सुरु : लोपोन्मुख पात बजाउने, बाघचाल प्रतियोगिताको समेत तयारी

ठाडोभाका तीन दिने मेला सुरु : लोपोन्मुख पात बजाउने, बाघचाल प्रतियोगिताको समेत तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १७ गते बिहिबार ०९:११

हिलेबेसी(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको अयोजनामा तीन दिने ठाडो भाका मेला यहाँ सुरु भएको छ । दोर्दी गाउँपालिका– ८ को हिलेबेसी स्थित हिलेबेसी युवा क्लबको सभाहलमा सुरू भएको छ । उक्त प्रतिष्ठान गण्डकी प्रदेश सरकारका...

हिलेबेसी(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको अयोजनामा तीन दिने ठाडो भाका मेला यहाँ सुरु भएको छ । दोर्दी गाउँपालिका– ८ को हिलेबेसी स्थित हिलेबेसी युवा क्लबको सभाहलमा सुरू भएको छ । उक्त प्रतिष्ठान गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले उक्त मेलाको उदघाटन गर्नुभएको हो ।
मन्त्री पौडेलले आफ्नो सम्बोधन क्रमममा जसरी देउ बहादुर दुरा र पञ्चसुब्बा गुरुङले ठाडोभाका गायन कला भेडिखर्के साइलालाई हस्तान्तरण गर्नुभएको थियो त्यसरी नै धम्पु दुरा लगायत गायकले आजका नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । कुनै पनि काम सफल बनाउन इच्छाशक्ति चाहिन्छ इच्छाशक्ति बलियो भए जस्तोसुकै कठिन काम पनि पूरा गर्न सकिने समेत मन्त्री पौडेलले उल्लेख गर्नुभयो । अहिलेको ठाडोभाका प्रतिष्ठानको इच्छाशक्ति भएको मैले पाएको छु, ठाडोभाकाको प्रतियोगिता मात्र होइन, प्रशिक्षण लगायतका गतिविधिसँग पनि परिचित छु । विभिन्न महानुभावले अक्षयकोष समेतको पुरस्कार स्थापना गरेर यो अभियानलाई सघाउने व्यक्तित्वहरूको सराहना गर्नुभयो । उहाँहरूले त्यो रकम अन्यत्र पनि खर्च गर्न सक्नु हुन्थ्यो तर यहि प्रतिष्ठानमा लगानी गर्नुले उहाँहरूको लोकसंस्कृति साहित्यप्रति लगाव रहेको प्रष्ट हुन्छ उहाँले भन्नुभयो ।
उहाँले ८१ बर्षको सम्मान गर्दै उहाँको मु्खबाट गित सुन्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले सहित्य र संस्कृतिको आवाज ठुलो हुन्छ । किनभने यसले कानमात्र हैन मुटु समेत छुन्छ भन्नुभयो । यस्तो सम्पदाको हामीले संरक्षण गर्नुपर्छ भन्नुभयो । किनकि हामीलाई भुटानी वा चिनियासँग भिन्न बनाइ नेपाली भनेर चिनाउने लोकसंस्कृति हो भन्नुभयो ।
सो अवसरमा ठाडोभाका– टिकाकुमारी ढुङ्गाना स्मृति पुरस्कारबाट सम्मानित व्याक्तित्व त्रिविको नेपाली केन्द्रिय विभागका प्रमुख प्राडा कृष्णप्रसाद न्यौपानेले आफ्नो सङ्क्षिप्त मन्तव्यमा अहिले ६४÷६५ वर्षदेखि ८०÷८१ वर्षसम्मका बृद्धहरु पिएचडी गर्न आउनु भएको छ यसको मतलब युवा देशमा नभएको बताउनु भयो । केवल पैसाका लागि रीति रिवाज र संस्कृति विर्सिदै गएकोमा प्राडा न्यौपानेले चिन्ता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा ठाडोभाका – ह.ने. सन्तबहादुर गुरूङ स्मृति पुरस्कारबाट सम्मानित टसबहादुर गुरूङलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २२,२२२ रूपैँया, सम्मान पत्र र दोसल्ला रहेको छ ।
उक्त कार्यक्रममा जिल्ला पञ्चायतका पूर्व सभापति गज बहादुर गुरुङ नेपाली काङ्ग्रेस गण्डकी प्रदेश विभागका प्रमुख, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विमल श्रेष्ठ रास्वपा जिल्ला सदस्य होम बहादुर राउत, चिती साहित्य समाजका पूर्व अध्यक्ष स्थिर घिमिरे, ह.ने. सन्तबहादुर गुरूङ स्मृति पुरस्कारका संरक्षक निर्मला गुरूङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त तीन दिने ठाडो भाका मेलामा ठाडो भाका प्रतियोगिताका लागि १५ टिमले भाग लिएका छन् ।

उक्त अवसरमा आयोजक संस्था ठाडोभाका लोककला प्रतिष्ठान नेपालले गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीलाई सम्मान गरेको छ । प्रतिष्ठानको सल्लाहकार भएर मन्त्री हुनुभएकोमा उहाँलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, अध्यक्ष नवराज पहाडी वरिष्ठ उपाध्यक्ष युवराज धिमिरे, उपाध्यक्ष सितादेवी दुरा लगायतले टिका खदा दोसल्ला सहित सम्मान पत्रद्वारा संयुक्तरूपमा सम्मान गर्नुभएको हो ।
उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको थियो भने वरिष्ठ उपाध्यक्षले स्वागत कविता, ठाडोभाकाका संरक्षक बुद्धिमान दुरा, उपाध्यक्ष सितादेवी दुरा लगायतको टिमले ठाडोभाका गाएर स्वागत गरेका थिए । यसैगरी, जलदेवी आमा समुह पुरानकोटले स्वागत नृत्य प्रस्तुत गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव अकल विरही गुरूङ र कार्यकारी सदस्य देवराज गुरूङले गर्नुभएको थियो ।
यसैबिच बाघचल र पात बजाउने प्रतियोगिताको नाम दर्ता गर्ने समय भोली १८ गते बिहान ९ः३० बजे सम्मका लागि तय गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ १७, बिहीबार २१:११ गते
हजुरको प्रतिक्रिया