गण्डकीका वन तथा वातावरण मन्त्री पौडेललाई पितृशोक

गण्डकीका वन तथा वातावरण मन्त्री पौडेललाई पितृशोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २२ गते मङ्गलबार ०९:२७

जिल्लाका झण्डै दर्जन संघसंस्थाका सस्थापक समेत रहनु भएका स्वर्गीय पौडेल सामाजिक व्यक्तित्व जस्तै नातिनातिनाका पनि धनी हुनुहुन्छ ।

स्वर्गीय पौडेलको पार्थिव शरिरमा सुपुत्रद्वय भेषबहादुर र डा. राजेश पौडेलले दागबत्ती दिनु भएको थियो ।

बेसीशहर– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ । उहाँका पुजनीय पिता एवम् समाजिक व्यक्तित्वका धनी तिलकबहादुर पौडेलको माघ २२ गतेका दिन निधन भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।
बेसीशहर नगरपालिका– ७ को त्रिवेणी चोक निवासी तिलकबहादुर पौडेल ९८ वर्षका हुनुहुन्थ्यो । यहाँ स्थित लमजुङ अस्पतालको आइसियुमा उपचाररत उहाँलाई दिउँसो करिब ४ बजेको समयमा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । उहाँको अहिले साँझनै सो वडा स्थित मर्स्याङदी नदी किनारमा रहेको आर्य समुदायको मरन घाटमा अन्तिम संस्कार गरिदैछ ।
पूर्वप्रधानपञ्च समेत रहनु भएका स्वर्गीय पौडेल लमजुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष हुनुका साथै यहाँ स्थित जन विकास माविको संस्थापक, मर्स्याङ्दी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, रेडक्रस सोसाइटी जस्ता विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध हुनुहुन्थ्यो । उहाँ २०७६ सालमा घरमै भर्याङबाट चिप्लिएर लड्नु भएपछि केही अशक्त हुनु भएको थियो । विशेष अवस्था बाहेक उहाँको उपचार घरमै चलिरहेको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार समेत रहनु भएका स्वर्गीय पौडेलका जेष्ठ सुपुत्र भेषबहादुर पौडेल गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री हुनुहुन्छ भने कान्छो छोरा डा. राजेश पौडेल भैरहवा स्थित अस्पतालमा चिकित्सक हुनुहुन्छ । स्वर्गीय पौडेलका तीन छोरी मैया राधिका सहित छ जना छोरी हुनुहुन्छ ।
त्यस्तै, जिल्लाका झण्डै दर्जन संघसंस्थाका सस्थापक समेत रहनु भएका स्वर्गीय पौडेल सामाजिक व्यक्तित्व जस्तै नातिनातिनाका पनि धनी हुनुहुन्छ ।
स्वर्गीय पौडेलको पार्थिव शरिरमा सुपुत्रद्वय भेषबहादुर र डा. राजेश पौडेलले दागबत्ती दिनु भएको थियो ।
तिलकबहादुर पौडेलको संक्षिप्त चिनारी :
(जन्म १९८४–११–२१ गते)२०८१–१०–२२ गते निधन)
पिता : कुलबहादुर पौडेल, माता : आफली पौडेल ।
श्रीमती : धना पौडेल, फूलमाया पौडेल (स्व. कृष्णा पौडेल),
१) जेठो छोरा : भेषबहादुर पौडेल÷/बुहारी अञ्जु पौडेल, नाति : आर्यान र अमोग पौडेल
२) कान्छो छोरा : डा. राजेश पौडेल/बुहारी स्वेता पौडेल, नाति :  शाश्वत पौडेल,
३) छोरी : मैया/ज्वाइँ खड्गबहादुर अधिकारी नाति : सुरेन्द्र अधिकारी, निर्मला अधिकारी (नातिनी बुहारी) पलातिनीहरू : आस्था अधिकारी र ममता अधिकारी, पलाति : अनिश अधिकारी । नाति : दिपेन्द्र अधिकारी, नातिनी बुहारी : शारदा अधिकारी ।
पलातिनीहरू : जोनिशा अधिकारी र बिनिशा अधिकारी ।
४) छोरी : राधिका थापा, ज्वाई : हरिबाबु थापा । नाति : .सुवर्ण जङ थापा, नातिनी बुहारी : युवराग्गी थापा । पलातिनी ः: सिया थापा ।
नाति : योगेशजङ थापा, नातिनी बुहारी : सोनम थापा ।
पलातिनी : सिभिया थापा, युभिका थापा ।
५) छोरी : राजु सापकोटा, ज्वाई : ज्ञानेन्द्र सापकोटा ।
नातिनी : संज्ञा सापकोटा थापा र सुलक्ष्यना सापकोटा । नाति : सुज्ञान सापकोटा
६) छोरी : शोभा बस्नेत ज्वाइँ : बिनोद बस्नेत ।
नातिनीहरू : प्रातिशा बस्नेत र वेदाश्री बस्नेत ।
७) छोरी : भावना पौडेल ।
८) छोरी : साधना थापा, ज्वाइँ : रबि शम्शेर थापा ।
नातिनीहरू : सार्वी थापा र रिवा थापा ।
सामाजिक आवद्धता :
संस्थापक अध्यक्ष : लमजुङ उद्योग वाणिज्य संघ
संस्थापक अध्यक्ष : मर्स्याङ्दी बहुमुखी क्याम्पस
संस्थापक अध्यक्ष : जनविकास मावि बेसीशहर
संस्थापक सचिव : जनविकास चण्डिस्थान प्रा वि
संस्थापक सचिव : गंगामिलन मावि चण्डीस्थान
संस्थापक सचिव : लमजुङ मावि गाउँशहर
संस्थापक सचिव : लक्ष्मी बालमन्दिर
संस्थापक अध्यक्ष : रेडक्रस लमजुङ
संस्थापक अध्यक्ष : लमजुङ वचत तथा ऋण सहकारी संस्था ।
अध्यक्ष : लक्ष्मीनारायण मन्दिर । नेपाली काङ्ग्रेस क्रियाशील सदस्य ।
तत्कालीन बेसीशहर गाउँ पञ्चायतको तीन कार्यकाल प्रधानपञ्च, कार्यकाल क्षेत्रीय अध्यक्ष (ईलाका लमजुङ क्षेत्र न. ०१), जिल्ला पञ्चायत सदस्य हुँदै (कार्यवाहक जिल्ला पञ्चायत सभापति एवम् विश्वहिन्दु महासंघ लमजुङको पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।
साथै स्वर्गीय पौ्रडेल बेसीशहरमा सदरमुकाम भित्र्याउने प्रमुख अभियन्तामध्ये एक हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८१ माघ २२, मंगलवार २१:२७ गते
हजुरको प्रतिक्रिया