सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता धर्म केसीलाई मातृ शोकमा पर्नु भएको छ । उहाँकी ममतामयी आमा ८१ वर्षीय भगवती केसीको आज माघ २५ गते विहान २ः४५ बजे काठमाडौंको वनस्थली स्थित निवासमा निधन भएको हो ।
लमजुङ सुन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटी निवासी आमा भगवती स्वासप्रश्वासबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचार डाक्टरको सरसल्लाह अनुसार काठमाडौं, वनस्थली स्थित घरमा नै चलिरहेको थियो । पछिल्ला ४– ५ वर्षदेखि उक्त समस्याले पीडित हुन थाल्नु भएकी उहाँ पछिल्लो एक वर्षदेखि बढी नै पीडामा हुनुहुन्थ्यो । उहाँको आज विहान करिब २ः४५ बजे उहाँको निधन भएको उहाँका ज्वाई एवम् राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सहसचिव बाबुराम अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार उहाँको शव लमजुङ ल्याइँदै छ । उहाँले भन्नुभयो, ‘दिउँसो करिब १२ बजे पाउँदी ल्याइपुर्याउने सम्भावना रहेको छ, त्यसपछि त्यहीको मर्स्याङदी नदी किनारमा रहेको घाटमा अन्तिम संस्कार गरिनेछ ।’
रास्वपाका नेता धर्म केसी स्व. भगवती केसीका कान्छो छोरा हुनुहुन्छ । उहाँका चार छोरामध्ये जेठा ओमबहादुर र साइला रामचन्द्र भारतीय सेनामा क्रमशः निवृत्त र कार्यरत हुनुहुन्छ भने माहिलो छोरा लमजुङ क्याम्पस, सुन्दरबजारमा नोकरी गर्नु हुन्छ । त्यस्तै, छोरीहरू सुशीला अधिकारी हुनुहुन्छ ।
त्यस्तै, स्वर्गीय भगवती केसी नातीनातिनाको पनि उत्तिकै धनी हुनुहुन्छ । उहाँका नातिनातिना ७/७ जना र पलाति÷पलातिनी २/२ जना छन् ।
प्रकाशित मिति २०८१ माघ २५, शुक्रबार १०:०२ गते