रास्वपाका नेता केसीकी आमा भगवतीको अश्रुपूर्ण विदाई : फोटो फिचर सहित

रास्वपाका नेता केसीकी आमा भगवतीको अश्रुपूर्ण विदाई : फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २५ गते शुक्रबार ०६:५९

भगवतीका श्रीमान् गणेशबहादुर केसीले भन्नुभयो, ‘उनी भाग्यमानी रहिछन् ।’ अन्तिम विदाईका क्रममा आफ्नी श्रीमतीलाई सिंदूर, टिका, पोते, चुराले सजाउँदै ऐना, काइयो आदि समेत उहाँले समर्पण गर्नु भएको थियो ।

आमाको ‘मेरो आफ्नै गाउँठाउँको मरनघाटमा अन्तिम संस्कार गरियोस्’ भन्ने चाहना अनुसार अन्तिम संस्कारका लागि पाउँदीमा ल्याइएको उहाँका कान्छा सुपुत्र एवम् रास्वपाका नेता धर्म केसीले बताउनु भयो ।

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता धर्म केसीकी ममतामयी आमा भगवतीको भावपूर्ण विदाई गरिएको छ । सुन्दरबजार नगरपालिका– ७ को पाउँदी दोभान स्थित मर्स्याङदी नदी किनारमा रहेको मरनघाटमा उहाँको माघ २५ गते अश्रु एवम् भवपूर्ण विदाई गरिएको हो ।
स्व. भगवतीको उहाँका श्रीमान् प्रेमबहादुर केसी, छोराहरू जेठा ओमबहादुर, माहिला राजकुमार, साइला रामचन्द्र र कान्छा धर्म केसी तथा बुहारीहरू क्रमशः भगवती र यशोदा, कृष्ण, सीता तथा प्रतिभा र छोरी सुशीला साथै उहाँका नातेदार, इष्टमित्र तथा रास्वपाका समर्थक एवम् शुभचिन्तकहरूले स्वर्गीय भगवतीको पार्थिव शरीरमा अश्रुपूर्ण रुपमा फूल, माला अवीर आदिले अन्तिम विदाई गरेका थिए ।

आफ्ना रसाएका आँखा रुमालले पुच्छै स्व. भगवतीका श्रीमान् प्रेमबहादुर केसीले भन्नुभयो, ‘उनी भाग्यमानी रहिछन् ।’ उहाँले अन्तिम विदाईका क्रममा आफ्नी श्रीमतीलाई सिंदूर, टिका, पोते, चुराले सजाउँदै ऐना, काइयो आदि समेत समर्पण गर्नु भएको थियो ।
स्व. आमा भगवतीको आजै विहान काठमाडौंको वनस्थली निवासमा निधन भएको थियो । ‘आमाको आफ्नै गाउँठाउँको मरनघाटमा अन्तिम संस्कार गरियोस्’ भन्ने चाहना अनुसार अन्तिम संस्कारका लागि पाउँदीमा ल्याइएको उहाँका कान्छा सुपुत्र एवम् रास्वपाका नेता धर्म केसीले बताउनु भयो ।
लमजुङको सुन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटी निवासी आमा भगवती स्वासप्रश्वासबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचार डाक्टरको सरसल्लाह अनुसार काठमाडौं, वनस्थली स्थित घरमा नै चलिरहेको थियो । पछिल्ला ४– ५ वर्षदेखि उक्त समस्याले पीडित हुन थाल्नु भएकी उहाँ पछिल्लो एक वर्षदेखि बढी नै पीडामा हुनुहुन्थ्यो । उहाँको आज विहान करिब २ः४५ बजे उहाँको निधन भएको उहाँका ज्वाई एवम् राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनु भएको हो ।
स्व. भगवती केसीको अन्तिम विदाईका लागि रास्वपाका जिल्ला अध्यक्ष अशोक सापकोटा, उपाध्यक्ष प्रकाश, थापा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, जिल्ला सहसचिव बाबुराम अधिकारी, जिल्ला सदस्यद्वय होमबहादुर राउत र मीना खड्का, बेसीहशर नगर सभापति कृष्ण राउत, सुन्दरबजार नगर सभापति श्याम केसी
स्वर्गीय भगवती केसी नातीनातिनाको पनि उत्तिकै धनी हुनुहुन्छ । उहाँका नातिहरू – ६ जना, नातिनीहरू – ५ जना पनातिनीहरू – ४ जना छन् । फोटो फिचर सहित ।

प्रकाशित मिति २०८१ माघ २५, शुक्रबार १८:५९ गते
हजुरको प्रतिक्रिया