गण्डकी प्रदेशका वन मन्त्री एवम् ठाडोभाका लोककला प्रतिष्ठानका सल्लाहकार पौडेल परिवारलाई ठाडोभाका सहितका विभिन्न संघसंस्थाद्वारा समवेदना व्यक्त

गण्डकी प्रदेशका वन मन्त्री एवम् ठाडोभाका लोककला प्रतिष्ठानका सल्लाहकार पौडेल परिवारलाई ठाडोभाका सहितका विभिन्न संघसंस्थाद्वारा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २६ गते शनिवार ०५:५०

विश्वहिन्दू महासंघ जिल्ला शाखा लमजुङको टोलीले पनि शोकपत्र हस्तान्तरण गरेको थियो । महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीले श्रद्धाञ्जलीपत्र पढेर हस्तान्तरण गर्नु भएको थियो ।

पत्रकार महासंघ र प्रेस युनियनबाट पनि आजै शोकपत्र हस्तान्तरण :

बेसीशहर(लमजुङ)– पितृशोकमा पर्नु भएका गण्डकी प्रदेशका वन तथा वतावारण मन्त्री भेषबहादुर पौडेल, डा. राजेश पौडेलसहितका शोकसन्तप्त परिवारजनलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङसहितका विभिन्न संघसंस्थाद्वारा समवेदना व्यक्त गरिएको छ । बेसीशहर नगरपालिका– ७ को त्रिवेणी टोल स्थित उहाँको निवासमा पुगेर विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूले उहाँ शोकमा पर्नु भएको पाँचौं दिन माघ २५ गते शोक व्यक्त गरेका हुन् ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका सल्लाहकार समेत रहनु भएका वन मन्त्री पौडेलसहितका परिवारजनमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको नेतृत्वमा गएको एक टोलीले शोकपत्र हस्तान्तरण गर्दै समवेदना व्यक्त गर्नु भएको थियो । टोलीले वरिष्ठ समाज एवम् शिक्षासेवी स्व. बाबा तिलकबहादुर पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । शोकपत्र प्रतिष्ठानका अध्यक्ष पहाडीले वाचन गरेर सुनाउनुहुँदै सल्लाहकार पौडेलकी ममतामयी आमा फूलमाया पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष शोभा थापा, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्यहरू रमाराज खनिया, कृष्ण केसी(खत्रीठाँटी), सुधा ढकाल, निवर्तमान सल्लाहकार शालिग्राम अधिकारी, निवर्तमान कार्यकारी सदस्य सोमराज बराल, वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ, आजीवन सदस्य हरिबाबु थापा लगायतको सहभागिता रहेको थियो ।
पत्रकार महासंघ र प्रेस युनियनबाट पनि आजै शोकपत्र हस्तान्तरण :
यसैबीच, पत्रकार महासंघ जिल्ला शाखा लमजुङ तथा प्रेस युनियन, लमजुङबाट पनि वनमन्त्री पौडेल परिवारमा शोकपत्र हस्तान्तरण गरिएको थियो ।
लमजुङ शाखाकोतर्फबाट शोक व्यक्त गर्न जिल्ला अध्यक्ष सन्देश पौडेलको नेतृत्वमा पत्रकारहरूको एक जम्बो टोली पौडेल निवास पुगेको थियो । महासंघका उपाध्यक्ष बसन्ता भट्टले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै श्रद्धाञ्जली पत्र पढेर सुनाउनु भएको थियो । सो पत्र महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेलले स्व. पौडेलकी छोरी राधिका थापालाई हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी, प्रेस युनियतको श्रद्धाञ्जली पत्र शाखाध्यक्ष सन्तोष पौडेलले राधिकालाई हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी, विश्वहिन्दू महासंघ जिल्ला शाखा लमजुङको टोलीले पनि शोकपत्र हस्तान्तरण गरेको थियो । महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीले श्रद्धाञ्जलीपत्र पढेर हस्तान्तरण गर्नु भएको थियो ।
सो टिममा केन्द्रीय सदस्य एवम् जिल्ला समितिको वरिष्ठ उपाध्यक्ष रमाराज खनिया, उपाध्यक्ष सोमराज बराल, कोषाध्यक्ष रामकृष्ण पौडेल, कार्यकारी सदस्य जीवन दनाई, आजीवन सदस्य गोपालबहादुर श्रेष्ठलगायत हुनुहुन्थ्यो ।
सो अवसरमा आदर्श बाल गृहकातर्फबाट पनि आजै समवेदना पत्र हस्तान्तरण गरिएको थियो । बाल गृह सञ्चालक समितिका अध्यक्ष सानुमाया गुरुङ, उपाध्यक्ष हरिप्रसाद अधिकारी, सचिव हुमा गुरुङ, सदस्य मीना गुरुङ लगायतको टोली समवेदना पत्र हस्तान्तरण गर्न पुगेको थियो । बाल गृह सञ्चालक समितिका अध्यक्ष सानुमाया गुरुङले समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।
सो क्षणमा, प्रदेश वन तथा वतावरण मन्त्रालयलागयतका अन्य संस्थाहरूबाट पनि समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।

 

प्रकाशित मिति २०८१ माघ २६, शनिबार १७:५० गते
हजुरको प्रतिक्रिया