काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका– ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जना विद्यार्थीको मत्यु भएको छ । कात्तिकेस्थित साँखु– नगरकोट सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुलले पिकनिकका लागि रिजर्भमा लगेको बस दुर्घटनामा माघ ३० गते परेको हो ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको सो बस ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पनि उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शंखरापुर अस्पतालमा उपचार्थ रहेकाहरू
१)आदित्य सुनार बर्ष १२
२) धिरज साउद बर्ष १४
३) सन्देश गिरि बर्ष १३
यसैगरी, पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरू ः
१) फिलिप लामा बर्ष १०
२) प्रजोल थापा बर्ष १०
३) भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५) सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७) प्रकाश बम बर्ष १६
८) साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२) गंगा ज्वति बर्ष ४२
१३) रन्जित थापा बर्ष १३
१४) सुहाना गुभाजु बर्ष १३
१५) श्रिसान्त पौडेल बर्ष १५
१६) कल्पना रेज्मि बर्ष ३२
१७) बिकल्प श्रेष्ठ बर्ष १०
१८) नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०) निशान्त पौडेल बर्ष १४
२१) सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३) (२ जनाको नाम खुल्न बाँकी छ )
यसैगरी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले सो बस चलाएका थिए ।
प्रकाशित मिति २०८१ माघ ३०, बुधबार २०:२० गते