स्कुल बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो

स्कुल बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ३० गते बुधबार ०९:५४

चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि गएर फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

दुई विद्यार्थी र एक शिक्षक भएको खुलासा

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका– ५ को कात्तिकेमा भएको स्कुल बस दुर्घटनामा तीन जना विद्यार्थीको मत्यु भएको छ । कात्तिकेस्थित साँखु– नगरकोट सडक खण्डमा स्कुल बस दुर्घटनामा मृत्यु भएका तीनको पहिचान खुलेको छ ।
शंकरापुर नगरपालिका– ५ स्थित कात्तिकेमा बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका– ७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका– १४ वर्षीया शुशाङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ७ का २४ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तामाङ स्कुलका शिक्षक हुन् ।
चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन् ।
घाइतेमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भएको छ भने अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको बताइएको छ ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले सो बस चलाएका थिए ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि गएर फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति २०८१ माघ ३०, बुधबार २१:५४ गते
हजुरको प्रतिक्रिया