पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर आगलागी, अर्थमन्त्री र मेयर घाइते

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर आगलागी, अर्थमन्त्री र मेयर घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ३ गते शनिवार ०५:५६

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा घटना भएको हो ।

थप उपचारका लागि  काठमाडौं  रिफर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु

पोखरा– ‘पोखरा भ्रमण वर्ष’को यहाँ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएको छ । देखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तयारी थियो । सोही क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकस्मात बेलुन पड्किएर फागुन ३ गते आगलागी भएको थियो ।
हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको हो । बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलको गर्धन र हातमा जलन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री पौडेलले एआई जडित पानसमा बत्ती बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो ।
गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ । पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाडौ पठाइएको हो ।
पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा घटना भएको हो । सोबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताउनु भयो । उहाँले भन्नुभयो, ‘घटना कसरी भयो भन्ने अनुसन्धान हुँदैछ ।’
यसैबीच, अर्थमन्त्रीको सचिवालयले पौडेलको हात र अनुहारमा चोट लागेको जानाएको छ । सचिवलयका अनुसारउहाँलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । ‘मन्त्रीज्यूको चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लगिएको हो ।’ प्रेस सल्लाहकार भुवन केसीले उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ३, शनिबार १७:५६ गते
हजुरको प्रतिक्रिया