समयमा नहुने भो काँग्रेसको १५औं महाधिवेशन, २०८२ साल भित्र असम्भव : प्रवक्ता

समयमा नहुने भो काँग्रेसको १५औं महाधिवेशन, २०८२ साल भित्र असम्भव : प्रवक्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ४ गते आईतबार १२:२२

संविधानअनुसार पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ, तर विशेष परिस्थितिमा अर्को छ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । यदि यी प्रावधानहरूको उपयोग गरियो भने कांग्रेसको १५औं महाधिवेशन आउँदो स्थानीय निर्वाचनकै आसपास पर्ने देखिन्छ ।

चारचार वर्षमा महाधिवेशन गर्ने पार्टी विधानको व्यवस्था छ । २०७८ मंसिर२४ गते कांग्रेसले १४औं महाधिवेशन गरेको थियो ।

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएको दुई साता नवित्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन २०८२ सालमा सम्भव नभएको बताउनु भएको छ, भलै २०८२ साल आउन अझै करिब दुई महिना बाँकी रहेको किन नहोस् ।
नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्ने फागुन ३ गते बताउनु भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने माघ २२ गते बताउनु भएको थियो । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्था अनुसार नै हुने बताउनु भएको थियो ।
तर प्रवक्ता महतले विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन । तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’
उहाँले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी हुने गरेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने धारणा प्रवक्ता महतले व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्ति निरुत्साहित गर्नुपर्छ, हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’
व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको उहाँको भनाइ थियो ।
पार्टीभित्र एकले अर्कोलाई स्वीकार गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति देखिएको उहाँको कथन थियो ।
काँग्रेसको १४ औं महाधिवेशन पनि पटक पटक सार्ने काम भएको थियो ।
नेताहरू सार्वजनिक मञ्चहरूमा खुलेरै बोल्न थालेका छन् । यदि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नो क्यालेन्डरअनुसार अगाडि बढेको थियो भने यस समय महाधिवेशनको तयारी गरिसक्नुपर्ने थियो । विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नु पर्छ ।
२०७८ मंसिरमा १४औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले चार वर्षभित्र अर्थात् २०८२ मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने हुन्छ । तर विशेष परिस्थितिमा छ– छ महिना गरी एक वर्षसम्म थप गर्न विधानले सुविधा दिएको छ । तर विशेष परिस्थिति कस्तो अवस्थालाई मान्ने भन्ने परिभाषा भने विधानमा भेदिदैन ।
संविधानअनुसार पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ, तर विशेष परिस्थितिमा अर्को छ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । यदि यी प्रावधानहरूको उपयोग गरियो भने कांग्रेसको १५औं महाधिवेशन आउँदो स्थानीय निर्वाचनकै आसपास पर्ने देखिन्छ ।
चारचार वर्षमा महाधिवेशन गर्ने पार्टी विधानको व्यवस्था छ । २०७८ मंसिर२४ गते कांग्रेसले १४औं महाधिवेशन गरेको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन ४, आईतवार १२:२२ गते
हजुरको प्रतिक्रिया