भारतको होस्टेलमा मृत भेटिएकी नेपाली छात्राको बारे संसद्मा बोल्न समय नदिएपछि रास्वपा सांसद् सुमनाद्वारा बैठक बहिस्कार

भारतको होस्टेलमा मृत भेटिएकी नेपाली छात्राको बारे संसद्मा बोल्न समय नदिएपछि रास्वपा सांसद् सुमनाद्वारा बैठक बहिस्कार

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ५ गते सोमबार ०७:१०

केआईआईटी विश्वविद्यालयमा रहेका पाँचसय नेपाली विद्यार्थीलाई रेल स्टेसनमा छाडिएको हो । रेलवे स्टेशनमा पुगेका एक नेपाली छात्रले भने, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’

२० वर्षीया उनी बी–टेक तृतीय वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टेलमा मृत फेला परेको हो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद् सुमना श्रेष्ठले आफूलाई भारतमा निधन भएकी नेपाली विद्यार्थीको बारेमा बोल्न खोज्दा संसद्मा समय नपाएकोप्रति रोस व्यक्त गर्दै संसद बैठक बैठक बहिस्कार गर्नु भएको छ । पटकपटक बोल्न खोज्दा पनि समय नपाएपछि उहाँले आपत्ति व्यक्त गर्दै संसद् बैठक बहिष्कार गरेर फागुन ५ गते बाहिरिनु भएको हो ।
निवर्तमान शिक्षामन्त्री समेत रहनु भएकी उहाँले भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र त्यहाँबाट निकालिएका नेपाली विद्यार्थीको बारेमा सदमा बोल्न खोज्दा समय नपाएपछि संसद् बैठक बहिष्कार गरेर निस्किएपछि आक्रोसपूर्ण शैलीमा आपत्ति व्यक्त गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा भन्नु भएको छ, ‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नु भएन सभामुखले बरू प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्त्वपूर्ण ठान्नुभयो ।’
सांसद् श्रेष्ठले नेपाली विद्यार्थीहरूलाई अप्ठ्यारो अवस्थामा संयमित हुन पनि आग्रह गर्नु भएको छ ।
२० वर्षीया उनी बी–टेक तृतीय वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टेलमा मृत फेला :
उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयकै होस्टेलमा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले आवाज उठाएपछि उनीहरूलाई विश्वविद्यालयबाट निस्कासन गरी रेलवे स्टेशनमा लगेर छाड्ने काम भएको छ ।
केआइआइटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल कलेजको होस्टेलमा मृत फेला परेकी हुन् ।
कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरे पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले भने उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । २० वर्षीया उनी बी–टेक तृतीय वर्षमा अध्ययनरत थिइन् ।
छात्राको शव प्रहरीले नियन्त्रणमा लिएको र मृतकका आमाबुबालाई यसबारे सूचित गरिएको जनाइएको छ ।
भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ । ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
‘नेपाली विद्यार्थीहरूलाई कलेज छाड्न आदेश दिइएको छ,’ कलेजको विज्ञप्तिमा छ ।
केआईआईटी विश्वविद्यालयमा रहेका पाँचसय नेपाली विद्यार्थीलाई रेल स्टेसनमा छाडिएको हो । रेलवे स्टेशनमा पुगेका एक नेपाली छात्रले भने, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’
भारतीय मिडिया एएनआईसँग कुराकानी गर्दै नेपाल विद्यार्थी अनिलप्रसाद यादवले भनेका छन्, ‘हामीलाई आज होस्टेलबाट धकेलेर निकालियो । हिजो नेपालकी एक छात्रा मृत फेला परेकी थिइन् । यसबारे थप जानकारी लिन हामी अन्तर्राष्ट्रिय कार्यालय गयौँ तर केही पनि भनिएन । हामी त्यहाँ रातभर धर्नामा बस्यौँ । त्यहाँबाट हामीलाई होस्टेल फिर्ता पठाइयो । अन्ततः हामीलाई एक घण्टाभित्र सामान प्याक गरेर जान भनियो । हामीसँग केही छैन । हामीलाई थाहा छैन हामी कसरी जाने । हामीले खाना पनि खाएका छैनौँ ।’
भारतीय राजदूतावासअगाडि प्रदर्शन :
यसैबीच, भारतको उडिसामा विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, मानवता विरोधी गतिविधि बन्द गर, गोर्खेले अन्याय सहन जान्दैन, नो मोर साइलेन्स, अविलम्ब कूटनीतिक संवाद सुरु गर’लगायतका नारा लगाएका थिए । एमाले निकटको विद्यार्थी संगठन (अनेरास्ववियु)ले साँझ भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन ५, सोमबार १९:१० गते
हजुरको प्रतिक्रिया