प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव तयारी पुरा. दिउँसो १ बजे उदघाटन

प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव तयारी पुरा. दिउँसो १ बजे उदघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ६ गते मङ्गलबार ०९:५६

नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिउँसो १ बजे सहजी खेल मैदानमा उदघाटन गर्नु हुने तयारी छ ।

१३ दिवसीय सो महोत्सव केही बेरपछि कराँते र र्याली सुरु हने

बेसीशहर– प्रथम लमजुङ खेलकुद तथा सांस्कृति महोत्सवको १३ दिवसीय कार्यक्रम आज फागुन ६ गतेदेखि अबको केही बेरमा सुरु हुने भएको छ । त्यसको तयारी ९५ प्रतिशत पुरा भएको आयोजकको भनाइ छ । घोषित तालिका अनुसार महोत्सवको फागुन १८ गते समापन गर्ने कार्यक्रम छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु हुन लागेको उक्त महोत्सव सम्पन्न गर्नका लागि एक सय एक जनाको मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, ३३ वटा विभिन्न उपसमिति गठन गरिएको आयोजकको भनाइ छ ।
बेसीशहरको सहजीमा हुने सो महोत्सवका लागि दुई सय स्टल निर्माण गरिएकोमा सबै स्टाल विक्री भइसकेको, ४४ वटामा सामग्री समेत सजाइसकेको र अन्यको आउने क्रम जारी रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक राज घलेले बताउनु भयो । उहाँका अनुसार अबको केही बेरमा सहजी खेल मैदानमा कराते खेल सुरु हुँदैछ ।
दिउसो ११ बजे सेरा चोताराबाट र्याली सुरु हुने र त्यसले बेसीशहर बजारको मुलक्षेत्र नारायण स्थान, भीमसेन स्थान, त्रिवेणी टोल, हाइस्कुल चोक, मनाङ्गे चौतारा हुँदै सहजीमा पुगेर सभामा परिणयत हुने कार्यक्रम रहेको सूचना तथा सञ्चार व्यवस्था उपसमितिका संयोजक एवम् पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष आश गुरुङले बताउनु भएको छ ।
महोत्सव सफल बनाउन गठित उपसमिति र तिनका संयोजकहरू क्रमशः खानेपानी व्यवस्थापन विनोद तामाङ, विद्युत व्यवस्थापन सुदिप पन्त, फोहरमैला व्यवस्थापन ईश्वर दर्लामी, खेल व्यवस्थापन र स्वयम्सेवक परिचालन तथा बजार सरसफाई तथा सजावटमा दिवाकर बराल (वासु) हुनुहुन्छ ।
यसैगरी, कलाकार व्यवस्थापन अनुज अधिकारी, अतिथि सत्कार पार्वती वाग्ले, झांँकी ¥याली व्यवस्थापन र परम्परागत स्थानीय खाना महोत्सव आदिवासी जनजाति महासंघ, पार्किङ व्यवस्थापन आदर्श युवा क्लव, मञ्च व्यवस्थापन प्रल्हाद बोहरा हुनुहुन्छ । यसैगरी, स्टल व्यवस्थापनमा बुधराम गुरुङ, टिकट व्यवस्थापन विष्णु खड्का, प्रचारप्रसार विक्रम घले, सचिवालय÷मिडिया व्यवस्थापन आश गुरुङ, आर्थिक व्यवस्थापन योगबहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापन खेम गुरुङ रहनु भएको छ भने स्वास्थ्यमा गणेश गुरुङ रहनु भएको छ ।
त्यस्तै, कृषिजन्य प्रदर्शनी कृषि ज्ञान केन्द्र, घरेलु तथा हस्तकला प्रदर्शनी उद्योग तथा पर्यटन कार्यालय, वनपैदावार तथा जडिबुटी प्रदर्शनी डिभिजन वन कार्यालय, वातावरण संरक्षण सूचना तथा विविध प्रदर्शनी एक्याप रहेको जानकारीमा आएको छ ।
आज र भोलि हुने कराते प्रतियोगितामा विभिन्न स्कूलका विद्यार्थीहरूले भाग लिएका छन् ।
महोत्सवका हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले भरपुर मनोरञ्जन गराइने भएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ६, मंगलवार ०९:५६ गते
हजुरको प्रतिक्रिया