प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिका महोत्सव सुरु, फोटो फिचर :

प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिका महोत्सव सुरु, फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ६ गते मङ्गलबार ०७:२४

पहिलो दिन आज कराते खेलका स्कूलस्तरीय चार खेल सम्पन्न भएका छन् भने विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।

पहिलो दिन करातेका स्कूलस्तरीय चार देल सम्पन्न

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ स्थित सहजी खेलकुद मैदानमा प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिका महोत्सव सुरु भएको छ । सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उदघाटन गर्दै लमजुङ संस्कृतिका क्षेत्रमा धनी जिल्ला भएको फागुन ६ गते बताउनु भयो ।
उहाँले भिन्न चरित्रको यो महोत्सवले खेलकुदको जग बसाउन र लमजुङको लोकसंस्कृति संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो । उहाँले ठाडोभाका, कृष्ण चरित्र नितान्त लमजुङबाट उत्पत्ती भएर पछि अन्य जिल्लामा गएको हुँदा यस्ता सम्पदाको संरक्षण गर्न आवश्यक छ भन्नुभयो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको सो महोत्सवमा उदघाटन अघि र्याली गरिएको थियो ।
सेराबजारबाट सुरु भएको र्याली बेसीशहरको मुख्य बजार क्षेत्र नारायण स्थान, भीमसेन स्थान, त्रिवेणी टोल, बैंक चोक, हाइस्कूल चोक, मनाङ्गे चौतारा हुँदै सहजी खेल मैदानमा पुगेको थियो ।
महोत्सवको उत्दाघाट कार्यक्रमका अवसरमा संविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य टिका बस्याल, यशोदा रिमाल, जिससका प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार अटल, राष्ट्रिय स्वतन्त्र पार्र्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ लगायतको सहभागिता थियो ।
पहिलो दिन आज कराते खेलका स्कूलस्तरीय चार खेल सम्पन्न भएका छन् भने विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रस्तुत छ सो र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८१ फाल्गुन ६, मंगलवार १९:२४ गते
हजुरको प्रतिक्रिया