नेपाल– असम लोक सांस्कृति तथा लोक साहित्यिक पर्यटन मितेरी पदयात्राका सहभागीलाई स्वागतको विविध तयारी

नेपाल– असम लोक सांस्कृति तथा लोक साहित्यिक पर्यटन मितेरी पदयात्राका सहभागीलाई स्वागतको विविध तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ६ गते मङ्गलबार ११:२६

पदयात्रामा आउने असमको टोलीलाई सो क्रममा संस्थागत रुपमा विभिन्न स्थानमा नेपाली सस्कृति झल्कने उपहार प्रदान गर्ने तयारी समेत रहेको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जानकारी दिनु भएको छ ।

असमका पाहुना टोलीलाई स्वागत गर्न विभिन्न समितिसमेत गठन गरी तयारी थालिएको हो ।

तान्द्राङ टक्सार(लमजुङ)– नेपाल– असम लोक सांस्कृति तथा लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारतको असम प्रान्तबाट नेपाल आउने टोलीका लागि फागुन १३ गतेका लागि यहाँ गर्ने कवि गोष्ठी एवम् पात बजाउने कार्यक्रमको तयारीका लागि विभिन्न समितिसमेत गठन गरेर तयारी थालिएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– २ को यहाँ स्थित पालपादेवी मन्दिरको महिलालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि गठन भई क्रियाशील रहेको पालपादेवी मन्दिर व्यवस्थापन समितिले त्यस्तो कार्य गरेको हो । सो समितिका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकबाट असमका पाहुनाको स्थागतका लागि विभिन्न समिति समेत गठन गरी स्वागत सत्कारको तयारी गर्ने निर्णय गरिएको जानकारीमा आएको छ ।
सो दिको कार्यक्रममा कुनै प्रकारको कमी नहोस् भन्ने उद्देश्यले स्वागत समिति, सांस्कृतिक समिति, अर्थ संकलन समितिका साथै खाना व्यवस्थापन समिति गठन गरिएको छ । स्वागत समितिको संयोजकमा मनमाया गुरुङ संयोजक चयन हुनुभएको छ । उहाँको समिति चार सदस्यीय रहेको छ जसमा बुद्धिसरा गुरुङ, पञ्चमाया गुरुङ र उमा दुरा रहनु भएको छ ।
त्यस्तै, स्थानीय बालविकास माविका शिक्षक जगतबहादुर गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ । छ सदस्यीय सो समितिको सदस्यहरूमा मनु गिरी शिक्षक मंगला मावि, मनमाया गुरुङ रातमाटा, बुद्धिसरा गुरुङ मथरा, बिचमाया गुरुङ सेरा मि टोल, कृष्णबहादुर दुरा, दुरा सेवा समाज र मनु गिरी कमेरे रहनु भएको छ । सांस्कृति कार्यक्रम सो दिन साँझको खाना पछि गर्ने तय भएको छ ।
त्यस्तै, अर्थ संकलन समितिको संयोजकमा जालपादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आफै रहनु भएको छ । सो समितिमा दलबहादुर गुरुङ र अमृत श्रेष्ठ सदस्य हुनुहुन्छ ।
यसैगरी खानपान व्यवस्थापन समितिको संयोजकमा गीताबहादुर गुरुङ संयोजक चयन हुनुभएको छ । सो समिति पाँच सदस्यीय रहेको छ । सो समितिको सदस्यहरूमा रामबहादुर गुरुङ(क), गोविन्दलाल गुरुङ, रामबहादुर गुरुङ(ख), ध्वजबहादुर गुरुङ चयन हुनु भएको छ ।
यसैगरी, सूचना तथा प्रचार समितिमा कृष्ण गिरी संयोजक चयन हुनुभएको छ । सो समितिमा पाण्डु गिरी र सुनिता गुरुङ सदस्य रहनु भएको छ ।
यसैगरी, जालपादेवी मन्दिरको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान र भावि योजना समेत तय गर्नका लागि सोही वडाका अध्यक्ष पदमबहादुर थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा दामोदर खनाल प्रअ बालविकास मावि, पुरुषोत्तम खनाल पूर्वप्रअ बालविकास मावि, शिवमाया गिरी अध्यक्ष कमेरे आमा समूह र चक्रबहादुर गुरुङ तमु समाजको प्रतिनिधि रहनु भएको छ ।
सो बैठकले उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय वडा कार्यालय, विद्यालय, बाबा समूह, आमा समूह, वन समिति तथा सरोकारवाला अन्य संस्था, समूह तथा व्यक्तित्वलाई आह्वान गर्ने समेत निर्णय गरिएको छ ।
जालपादेवीकोृ मन्दिर सानो भए पनि महिला र शक्ति ठूलो छ स्थानीय बालविकास माविका शिक्षक शिवराज खनालले बताउनु भयो । उहाँका अनुसार मन्दिरको महिमाका बारेमा कार्यक्रममै थप जानकारी दिने तयारी छ ।
गण्डकी प्रदेशका मन्त्री पौडेलको प्रमुख आतिथ्यता :
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा प्रदेश सांसद टिका बस्यालको समेत सहभागिता रहने भएको छ । सो खबरले तान्द्राङ टक्सारवासीहरू थप उत्साहित हुनु भएको स्वागत समितिका संयोजक मनमाया गुरुङले बताउनु भएको छ ।
यसैबीच, पदयात्रामा आउने टोलीलाई सो क्रममा संस्थागत रुपमा नेपाली सस्कृति झल्कने उपहार प्रदान गर्ने तयारी रहेको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जानकारी दिनु भएको छ ।
बगुवामा पनि व्यस्थापन तयारी :
यसैबीच, राइनास नगरपालिका– ९ को बगुवा गाउँमा सोही पाहुना टोलीको स्वागत सत्कारका लागि त्यहाँको तमु आमा समूह तयारीमा जुटेको छ । आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालको कार्यकारी सदस्य देवराज गुरुङको गाउँसमेत रहेको बगुवामा फागुन ११ गते साँझका लागि सांस्कृतिक कार्यक्रम सहितको तयारी गरिएको छ । उहाँका अनुसार हाम्रो गाउँको पनि सम्झना रहने केही न केही वस्तु दिएर पाहुना टोलीलाई विदाई गर्ने तयारी रहेको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ११ को तुर्लुङकोटमा पनि फागुन १२ गते साँझका लागि दु्रा संस्कृति प्रस्तुति गर्ने तयारी भइरहेको छ । तुर्लुङकोट प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराको जन्म गाउँ हो ।
दोर्दी गाउँपालिकाद्वारा ‘दारको ठेकी’ उपहार तयार :
यसैबीच, नेपाली संस्कृति सुरक्षा परिषद असमले आफ्नो नेतृत्वमा असम प्रान्तको राजधानी गुहाटीमा नेपाली मन्दिरसँगै नेपाली सांस्कृतिक संग्रहालय निर्माण गरिरहेको छ । करिब १५ रोपनी क्षेत्रफलको परिसरमा बनिरहेको सो संग्राहलायमा संग्रह योग्य नेपाली संस्कृति झल्कने ‘दारको ठेकी’ दोर्दी गाउँपालिकाको तर्फबाट संस्थागत रुपमा उपहार स्वरुप सो टोलीलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले फागुन १२ गते धर्मनाथ धाममा हुने साहित्यिक गोष्ठीको समापनमा सो उपहार पाहुना टोलीलाई हस्तान्तरण गर्ने तय भएको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।
उहाँका अनुसार नेपाल– असम लोक सांस्कृति तथा लोक साहित्यिक पर्यटन मितेरी पदयात्राको टोलीलाई फागुन ११ गते विहान गोरखा जिल्लाको गोरखा बजारमा स्थानीय साहित्यकार तथा कलाकर्मीहरूले स्वागत गर्नु हुने तयारी रहेको छ ।
स्मरणीय छ, सो टोलीलाई गोरखाका प्रमुख जिल्ला अधिकारीले समेत स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ६, मंगलवार २३:२६ गते
हजुरको प्रतिक्रिया