बेसीशहर– लमजुङको एक सहकारी काण्डमा एक ५८ वर्षीया अनपढ महिला ७८ दिनदेखि प्रहरी कष्टडीमा छन् । तर उनका विरुद्ध लगाईको प्रमाण भने अझै प्रहरीले फेला पार्न सकेको छैन । उनी हुन्, मर्स्याङदी गाउँपालिका– ९ की ५८ वर्षीय मधुमाया बगाले । आज फागुन ७ गते उनी प्रहरी कष्टडीमा बसेको ८० दिन भएको छ ।
उनका विरुद्धमा जिल्ला यहाँ केन्द्रीय कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सोही गाउँपालिका– ८ स्थित ङादी सेवा केन्द्रबाट ११ करोड बढी रकम अपचलनको आरोप लागेको छ । सो सहकारीको सञ्चालक समितिले उनका विरुद्धमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो । तर यतिका ७८ दिनसम्म हिरासतमा राख्दा पनि आफ्नी आमाका विरुद्ध लगाइएको आरोप प्रमाणित गर्ने प्रमाण फेलापार्र्न नसकेको आफूलाई बताएको मधुमायाकी छोरी कृष्ण बगालेले बताइन् । उनका अनुसार कहिले दिनदिनै, कहिले एक दिन विराएर आफू आमालाई भेट्न प्रहरी कार्यालयमा धाउने गरेकी छु । फागुन ५ गते पनि प्रहरीले आजसम्म प्रमाण फेला गर्न सकेको छैन तर ९० दिन बस्नु पर्छ भनेका छन् तर कारण भने खोलेनन् कृष्णको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘मेरो आमाले आफ्नो नामको पनि दुई अक्षर मधु पनि मुस्किलले लेख्नु हुन्छ अन्य पढाई छैन, अनपढ हो, त्यो सहकारीमा सदस्य पनि हुनुहुन्न, न त सेयर छ, किन फसाउने काम भएको हो बुझ्न सकेको छैन ।’
मधुमाया वगालेका विरुद्धमा अनुसन्धानकै दायरमा रहेको जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रमुख कृष्णचद्र पाण्डेले बताउनु भयो । उहाँका अनुसार त्यो मुद्दा ऐलेसम्म अनुसन्धान भित्रै रहेको हुँदा मुद्दा दर्ता नहुँदासम्म के कसो भन्ने बारेमा नबोलौं होला । उहाँले भन्नुभयो, ‘सकेसम्म यो हप्तामै नभए अर्को हप्तामा हामी मुद्दा बुझाउँछौं, त्यसपछि सबै थाहा पाइहाल्नु हुन्छ ।’
फागुन ४ गते मात्र छ दिनका लागि १२औं पटक म्याद थप गरिएको मधुमायाका पक्षका वकिल विजयप्रकाश अधिकारीले बताउनु भयो । उहाँका अनुसार यो अनौठो छ, संगठित अपराधनका नाउँमा चार जनाको नाम छ, २ जनालाई फरार भन्छ प्रहरी तर उनीहरू गाउँघरतिरै डुलिरहेका छन् भन्ने सुन्नमा आएको छ । उहाँले भन्नुभयो, ‘हिजो पनि १० दिनको म्याद मागिएको थियो, अब त अति भो, मानवअधिकारको समेत प्रश्न उठ्छ भनेपछि अदालतबाट छ दिनको मात्र म्याद थप भएको छ, यो अवधिमा मुदा दर्ता हुन्छ होला ।’ मुद्दामा तुक भने देखिदैन अधिवक्ता अधिकारीले उल्लेख नर्गु भयो ।
प्रहरीले मधुमायान बगालेका साथमा जनकल्याण साकोसको ङादी सेवा केन्द्रका प्रमुख विरेन्द्र गुरुङलाई पनि पक्राउ गरेर हिरासतमा राख्दै आएको छ । तर अन्य दुईलाई भने फरार भन्दै पक्रन जाँगर चलाएको छैन ।
ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार आठसय ४५ रुपैया किर्ते कागजात तयार गरी ठगी :
जनकल्याण साकोसको लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय छ । जिल्लाका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सो सहकारीको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार आठसय ४५ रुपैया किर्ते कागजात तयार गरी ठगी गरिएको सार्वजनिक भएको हो । मुख्य अभियुक्त भनिएको मधुमाया उक्त सहकारीको सेयर सदस्य समेत नरहेको सो सहकारीका सञ्चालकहरू स्विकार गरेका छन् । मर्स्याङदी गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी मधुमाया बगालेले किर्ते कागज गरी ठगेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै त्यस्तो खुलासा भएको हो ।
बगालेविरुद्ध सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर किर्ते कागजबाट कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार आठसय ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ । सो प्रकरणमा उनीहरूले भुलभुलेमा रहेको हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी बगालेले त्यस्तो कार्य २०७२ सालदेखि नै सुरु गरेको दावी गरिएको छ ।
२०७२ सालदेखि सुरु भएको यो धन्दामा उनी र कर्मचारीको मात्र संलग्नता छ भन्नेमा विश्वस्थ हुने आधार भने नदेखिएको सहकारीका जानकारहरू बताउँछन् ।
यसबारेमा जनकल्याण्का सकोसमा सम्पर्क गर्दा प्रहरीले अनुसन्धान गरेको कुरा सरकारी वकिलकोमा नजाँदासम्म थाहा नहुने रहेछ सो सहकारीको सञ्चालक समितिका अध्यक्ष ताराराज घलेले बताउनु भयो । उहाँका अनुसार ९० दिनसम्म पर्खनुको विकल्प हामीसँग रहेन ।
सो सहकारीले कार्यालयले रकम हिनामिनाको खुलासा भएपछि यस सम्बन्धमा आवश्यक छानवीन गरिदिन सहकारी रजिष्ट्रारको कार्यालय, पोखरालाई पत्राचार गरेको थियो । रजिष्ट्रारको कार्यालयले त्यसबारेमा छानवीनका लागि बित्तीय विश्लेशक निर्मल गौतम सहितको टोली खटाएको थियो । वित्तीय विश्लेषक गौतमको टोलीले उक्त सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानवीन गरी प्रतिवेदन तयार गरी राजिष्टार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि प्रहरीले बगाले र सेवा केन्द्र प्रमुख गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर त्यसबारेमा थप बुझ्नका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवको फोन उठेन ।
मर्स्याङदी गाउँपालिका– ९ बाट वडा सदस्यमा एमालेबाट निर्वाचित मधुमाया बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य हुनुको साथै एमालेको सो वडाको अध्यक्ष समेत हुन् । उक्त काण्डमा पक्राउ गरेपछि उनलाई एमालेले निलम्बन गरेको छ । तर त्यस्तै जिल्ला सदरमुकाममा रहेको कालिका सहकारीको ठगी काण्डमा अदालतबाट सात लाख रुपैयाँ धरौटीमा रिहा भएर तोरखमा रहेका एमालेका जिल्ला सदस्य एवम् सञ्चार विभागका प्रमुख तथा बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार कृष्ण केसीलाई भने निलम्बन गरिएको छैन । यस घटनाले पनि एमाले पार्टीले आफ्नी आमा र कृष्ण केसीप्रति काखा र पाखाको व्यवहार गरी अन्याय गरेको मधुमायाकी छोरी कृष्णाले बताएकी छन् ।
एकल पार्टीगत बर्चश्व भएका सहकारी प्रायः डुब्ने निश्चित :
लमजुङ जिल्लामा समस्या सिर्जना भएका सहकारीहरूमा एकल पार्टीगत बर्चश्व रहेका सहकारीहरू प्रायः ठगी धन्दा मौलाएर डुबेका देखिन आएको छ । त्यस्तो स्थिति खुल्न आएका हाल जिल्ला अदालतमा सहकारी ठगीमा सञ्चालकहरूका विरुद्ध बयान चलिरहेको कालिका सहकारीमा एमालेको बाहुल्यता रहेको छ । अर्को काँग्रेसको बाहुल्यता रहेको बेसीशहरमै मुख्य कार्यायल रहेको सुनौलो भविष्य साकोसमा पनि अपचालन भएको बारेमा गण्डकी प्रदेशको सहकारी राजिष्टार कार्यालय अनुन्धान गरेर फर्किएको छ । सो अनुसन्धनको प्रतिवेदन सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो सहकारी संस्था हाल बन्द जस्तै अवस्थामा छ । त्यो सहकारीमा पनि करिब १० करोड रकम अपचलन भएको बुझिन आएको छ ।
प्रकाशित मिति २०८१ फाल्गुन ७, बुधबार १७:१४ गते