लमजुङ दोस्रो भेटरान कप– २०८१ फुटसल सेमी फाइनलमा

लमजुङ दोस्रो भेटरान कप– २०८१ फुटसल सेमी फाइनलमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ८ गते बिहिबार ०६:२७

सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५५५ नगद, खसी, ट्रफि, मेडल, त्यस्तै दोस्रो हुने टिमलाई ३३ हजार ३३३ नगद, भाले, ट्रफि, मेडलका साथमा प्रमाणपत्रको प्रवन्ध गरिएको आयोजक क्लबका खेल संयोजक इन्द्र रानाले बताउनु भयो ।

सो प्रतियोगितामा बागलुङ, मकवानपुुर, चितवन र लमजुङ गरी १४ वटा टिमले भाग लिएको आयोजक क्लबले जानकारी दिएको छ ।

बेसीशहर– लमजुङमा दोस्रो भेट्रान कप सेमी फाइनल चरणमा प्रवेश गरेको छ । लमजुङ भेटरान फुटसलद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा दुई टिम सेमी फाइनलमा फागुन ८ गते प्रवेश गरेका छन् ।
आयोजक लमजुङ भेटरान (सेतो) र लमजुङ दरबार क्लब सेमी फाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनलको पहिलो खेल लमजुङ दरबार क्लब र राइनास फुटबल क्लबका बीच भएको थियो । सो खेलमा ७– २ को फराकिलो गोल अन्तरले लमजुङ दरबार क्लब सेमी फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगिताको दोस्रो खेल लमजुङ दरबार भेटरान र आयोजक टिमको लमजुङ भेटरान (सेतो) बीचमा भएको खेलमा ५– १ गोल अन्तरले लमजुङ दरबार भेटरान विजयी भइ सेमी फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगितामा बागलुङ, मकवानपुुर, चितवन र लमजुङ गरी १४ वटा टिमले भाग लिएको आयोजक क्लबका सचिव भक्तबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार बाँकी खेल र फाइनल भोलि खेलाई समापन गरिने छ । उनले भने, ‘प्रतियोगितामा ३५ वर्ष उमेर नाघेका खेलाडीलाई नागरिकता सहित आफ्ना खेलाडीको नाम दर्ता गर्न अनुरोध गरिएको र सोही अनुसार खेल अघि बढेको छ ।’
सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५५५ नगद, खसी, ट्रफि, मेडल, त्यस्तै दोस्रो हुने टिमलाई ३३ हजार ३३३ नगद, भाले, ट्रफि, मेडलका साथमा प्रमाणपत्रको प्रवन्ध गरिएको आयोजक क्लबका खेल संयोजक इन्द्र रानाले बताउनु भयो । उहाँका अनुसार उत्कृष्ठ खेलाडीलाई एक हजार १११ नगद, र मायाको चिनो त्यस्तै, सर्वाधिक गोलकर्ता खेलाडीलाई एक हजार १११ नगद र मायाको चिनो प्रदान गरिने छ । यसैगरी, उत्कृष्ठ खेलाडीलाई एक हजार १११ नगद र मायाको चिनो प्रदान गरिने छ ।
हिजो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले उदघाटन गरेको सो प्रतियोगिताको पहिलो चरणको खेलमा राइनास– ११ भेटरान र बाघेता भेटरानका बीच भएकोमा ५– १ गोल अन्तरले राइनास– ११ भेटरान अघि बढेको थियो । दोस्रो खेल मध्यनेपाल नगरपालिका– ६, रानीपानी भोर्लेटार फुटबल क्लब र मकैडाँडा भेटरानका बीच भएको खेलमा १३– १ को फराकिलो गोल अन्तरले रानीपानी भोर्लेटार विजयी भएको थियो ।
त्यस्तै, कमला डाँडा भेटरान हेटौडा र लमजुङ मर्स्याङदी भेटरानका बीच हुनु पर्ने खेलामा हेटौडा अनुपस्थित भएपछि लमजुङ मर्स्याङदी भेटरान स्वतः विजयी घोषित भएको थियो । यसैगरी, मर्स्याङदी गाउँपालिका– २ घनपोखरा भेटरान र दोर्दी गाउँपालिका– ४ नौथर सेरा भेटरान बीच भएको खेलमा ५– २ गोल अन्तरले घनपोखरा भेटरान विजयी भएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ८, बिहीबार १८:२७ गते
हजुरको प्रतिक्रिया