बेसीशहर– तीन तले छतबाट खसेर पाँच वर्षका बालकको निधन भएको छ । बेसीशहर नगरपालिका– ८ को क्याम्पस रोडमा तीन तले घरको छतबाट खसेका हमदान मियाको उपचारको क्रममा फागुन ८ गते निधन भएको हो ।
अपराह्न करिब चारबजेतिर भएको सो घट्ना भएको थियो । छतबाट कयाम्पस रोडको पिच सडकमा खसेका उनी अचेत भएका थिए । घाइते भएका उनको अचेत अवस्थामा लमजुङ अस्पतालमा प्राथमिक उपचार पछि चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । सो अस्पतालमा पुर्याएको करिब एक घण्टामा चिकित्सकले ती बालकलाई मृत घोषणा गरेको उनको परिवार स्रोतले बताएको छ ।
स्थानीय यूइरा आमाविमा नर्सरीमा पढ्दै गरेका थिए । उनी त्यो परिवारका एकमात्र सन्तान थिए । उनका बाबा र हजुरबा दुवै जना वैदेशिक रोजगारीको क्रममा दुवईमा रहेको बताइएको छ ।
मृतक बालकको साथमा उनीसँग आफ्नी आमा र हजुरआमा मात्र रहेका थिए ।
फोटोमा मृतकका हजुरआमा, आमा र आफन्तजनहरू ।
प्रकाशित मिति २०८१ फाल्गुन ९, शुक्रबार १०:२० गते