नेपाल – असम(भारत) लाेक संस्कृति एवम् लाेक साहित्यिक पर्यटन मितेरी पदयात्राकाे संयुक्त कवि गाेष्ठी

नेपाल – असम(भारत) लाेक संस्कृति एवम् लाेक साहित्यिक पर्यटन मितेरी पदयात्राकाे संयुक्त कवि गाेष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण १३ गते मङ्गलबार ०८:०६

दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीद्वारा पाहुना टाेलीलाई दारकाे ठेकी उपहार असमकाे प्रान्तीय सरकारद्वारा आफ्नो संस्थालाई ५ हेक्टर जमिन उपलव्ध गराएको र त्यसमा २२ कराेडकाे लागतमा संग्रहालय, पुस्तकालय, पाहुना घर लगायत निर्माण हुँदै गरेको र सन् २०२५ भित्रै त्यसको उद्घाटन गर्ने लक्ष रहेको नेपाली संस्कृति सुरक्षा परिषद, असमका महासचिव वीरेन्द्र राणाबाट जानकारी

पाउँदी(लमजुङ)-यहाँ स्थित ठाडोभाका लाेककला प्रतिष्ठान नेपालकाे निमन्त्रणामा नेपाल आएको नेपाली संस्कृति सुरक्षा परिषदकाे सहभगितामा निर्माणाधीन धर्मनाथ धाम, सर्वाेदय सेवाश्रममा संयुक्त कवि गाेष्ठी पदयात्राकाे दाेस्राे दिन फागुन १२ गते सम्पन्न भयो । राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले उद्घाटन गर्नु भएको साे कार्यक्रममा दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र पदयात्रामा सहकार्य गर्ने असमकाे संस्थाका अध्यक्ष एलवि प्रधानकाे विशेष अतिथि हुनुहुन्थ्यो । दुई दर्जन बढी कविता वाचन गरिएको साे गाेष्ठीमा केही एकल गीत पनि गुञ्जिएका थिए । साे अवसरमा मितेरी पदयात्रालाई सार्क राष्ट्रस्तरीय वनाउने संकल्प गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको संरक्षक एवं ठाडोभाका महानायकको अध्यक्षतामा भएको कार्यक्रममा ठाडोभाकाद्वारा स्वागत गरिएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष नवराज पहाडीले गर्नुभएको थियो । उक्त कार्यक्रमकाे फाेटाे फिचर :

प्रकाशित मिति २०८१ फाल्गुन १३, मंगलवार ०८:०६ गते
हजुरको प्रतिक्रिया