लमजुङ– पूर्वउपप्रधान, रक्षा एवम् गृहमन्त्री डा. भीम रावलले ‘नेपालमा कम्युनिष्ट पार्टी छन् र ?’ भन्ने प्रश्न पत्रकारहरूसँग गर्नु भएको छ । आफ्नो पक्षमा जनमत सिर्जना गर्न देश दौडाहामा हिड्नु भएका उहाँले जिल्ला सदरमुकाम बेसीशहरमा अयोजित पत्रकार सम्मेलनको प्रश्नोत्तरका क्रममा उल्टै पत्रकारहरूलाई त्यस्तो प्रश्न फागुन १७ गते गर्नु भएको हो ।
आफ्नो अभियान कुनै राजनीतिक दल वा नेताप्रति लक्षित नभएको उहाँको भनाइ भयो । ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक कार्यक्रममार्फत आफ्नो पक्षमा जनमत तयार गर्न उहाँ देश दौडामा आफू लागेको बताउनु भयो । सो क्रममा पत्रकारले राखेका प्रश्नको जवाफ दिदै उहाँले ‘एमाले जिन्दावाद !’ भन्ने हलोमा भोट हाल्ने, ‘माओवाद जिन्दावाद !’ भन्ने रुखमा भोट हाल्ने कार्यले नेपालमा साम्यवाद आउला ? भन्दै ‘नेपालमा कम्युनिष्ट पार्टी छन् र ?’ भन्नु भएको हो । उहाँलाई यो पंक्तिकारले राखेको लामो समय वामआन्दोलनमा बिताउनु भयो, एले गैर कम्युनिष्ट पार्टी खोल्ने कुरा गर्नु हुन्छ यसले नेपालको बामपन्थी आन्दोलनलाई टेवा पुग्छ ? भन्ने प्रश्नमा त्यस्तो जवाफ दिनु भएको हो । उहाँले देशमा ‘देश भक्ति र सुशासन’ चाहने शक्तिका बीचमा एकताको खाँचो रहेको औंल्याउनु भयो । त्यसकै लागि राष्ट्यि माहोल तयार गर्नका लागि आफू देश दौडाहामा रहेको समेत उहाँले उल्लेख गर्नु भयो । नेपालमा कम्युनिष्ट पार्टी नै छैनन् उहाँको ठोकुवा थियो ।
तपाई ‘देश भक्ति’को कुरा गर्दै हुनुहुन्छ ? पूर्वराजाले पनि त्यस्तै कुरा गरेका छन्, तपाई यो अभियान राजालाई पुनःस्थापनामा सघाउने त हैन ?’ भन्ने अर्को जिज्ञासामा उहाँले ठेस जवाफ दिनु भएन । पत्रकारले त्यो प्रश्न दोहोर्याए । उहाँले राजा आएको खण्डमा ऐलेकै सरकारमा रहेका अनुहारनै सत्तामा हुने छन् किनकि, त्यो वातावरण उनीहरूले तयार गरिरहेका छन् भन्नुभयो । ‘राजा आउँछन् कि आउँदैनन् ?’ भन्ने पुरक प्रश्नमा समेत उहाँको ठोस जवाफ आएन ।
ऐले सरकारले ल्याएका अध्यादेशका बारेमा कानुन बनाएर पनि काम गर्न सकिने उहाँको जिकिर थियो । यो सरकार चलाउने नालायकीपनको परिणाम हो । विधेयकमा सरकारको अनुहार छर्लङ्ग देखिन्छ । एकीकृत समाजवादी लगायतका दललाई फुटाएर विधेयक पास गर्ने ध्याउन्नमा सरकार छ जो लोकतान्त्रिक तौर तारिका मान्न सकिन्न उहाँले भन्नुभयो । उहाँले २०५१ सालमा बदनाम भएको बैंकक तथा होटल काण्डबाट शिक्षा लिनु पर्नेमा फेरि दोहो¥याउने काम हुँदैछ, यो दुःखद पक्ष हो, दुई तिहाई नजिकको सरकारले गर्ने काम यस्तै हो ? उहाँको थप प्रश्न थियो ।
एमसिसिको सम्झौता रद्दको एकतर्फ घोषणाको परिणाम के हुन्छ ? किन सरकारमा बसेका दलका नेताहरू मौन ब्रतमा छन् ? हिजो आफूले एमसिसिको विरोध गर्दा अन्ध राष्ट्रवाद र खोक्रो राष्ट्रवाद भन्नेहरू आज कुन दुलोमा छन् ? उहाँको जिज्ञासा थियो ।
उहाँलाई आठौं महाधिवेशनमा उपाध्यक्षमा हारेर पनि केन्द्रीय सदस्यमा जीत्नु भएको थियो तर त्यो पदमा लामो समय शपथ नगरी बसेर गृहमन्त्रीको अफर आउन साथ रातारात शपथ लिनु भो, यसमा स्वार्थको गन्ध देखिन्छ नि ? भन्ने पत्रकारको थप प्रश्नमा त्यो समयको आवश्यकता थियो । त्यसमा मेरो स्वार्थको कुनै क्लेश छैन, त्यो बेलाका घट्नाक्रमले पुष्टि गरेको छ, तिथि मितिबाट पनि त्यो प्रष्ट हुन्छ उहाँले उल्लेख गर्नुभयो । त्यो बेलाको निर्वाचन गर्नु पर्ने आवश्यकताले एमाले– काँग्रेसको संयुक्त सरकार बनेको हो, ऐले त्यस्तो परिस्थिति छैन, त्यो नजिर देखाएर ऐलेको स्वार्थन्धता छोप्न सकिन्न नेता रावलको कथन छ ।
पूर्वउपप्रधान, रक्षा एवम् गृहमन्त्री समेत रहनु भएका डा. रावलले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । अमेरिकाले समेत देशमा भ्रष्टाचार हुन्छ भन्ने ठोकुवा ग¥यो । यसले अन्तराष्ट्यिस्तरमा देशको साख झनै गिरेको उल्लेख गर्दै देशको प्रधानमन्त्री, मन्त्रीहरू विदेशका कर्मचारी सरह भएर सम्झौतामा दस्तखत गर्दछन् यसले देश डुब्छ कि उभो लाग्छ ? उहाँको थप तर्क थियो । यसैले देश भक्त र सुशासन चाहनेहरू एक ठाउँमा उभिनु पर्छ उहाँले उल्लेख गर्नुभयो ।
नेताहरू निःस्वार्थ नहुँदा देशमा समस्याको चाड लागेको बताउँदै काँग्रेस र एमालेका शीर्ष दुई नेताले मात्र पनि राष्ट्हितका लागि सोचेर कदम चाल्न थाल्ने हो भने देशको स्थितिमा धेरै सुधार हुन सक्छ रावलको निचोड छ ।
अर्को एक प्रश्नमा आफू यतिबेला एमालेमा नरहेको र तत्काल सो दलमा फर्कने सम्भावना नभएको समेत जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन १८, आईतवार ०४:२९ गते