लमजुङ– लमजुङमा आयोजना गरिएको नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक मितेरी पदयात्रा लमजुङ घोषणापत्र जारी गर्दै समापन भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजना तथा नपाली संस्कृति सुरक्षा परिषद, असम भारतको सहकार्यमा भएको पदयात्रा कार्यक्रम घोषणापत्रको एक एक प्रति दुवै पक्षले लेनदेन गरी पदयात्राको समपन फागुन १५ गते गरिएको हो ।
अब पदयात्रालाई सार्क राष्ट्रस्तको बनाउने संकल्प गर्दै समापन गरिएको हो । पदयात्रामा नपाली संस्कृति सुरक्षा परिषद, असमका अध्यक्ष एलवी प्रधानको नेतृत्वमा १३ सदस्यीय टोली नेपालको लमजुङ आएको हो । गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारबाट सुरु भएको पदयात्रा राइनास नगरपालिका– ९ को बगुवा गाउँ, वडानं– ८ को निर्माणाधिन धर्मनाथ धाम, लमजुङको ऐतिहासिक थलो दुराडाँडाको हलोक्रान्ति स्थल, खजे पार्क, सिन्दूरे ढुंगा, मकै स्वाँरा, ठाडोभाकाका सर्जन देउबहादर दुराको जन्मस्थल रहेको बर्धन गाउँ पुगेको थियो । यसैगरी, मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सारमा पुगेर विशेष कार्यक्रम गर्दै टोलीले जालपादेवी मन्दिर, महेन्द्रेश्वर पञ्च मन्दिरको अवलोकन गरेको थियो । त्यस्तै सोही नगरपालिका– ४ मा रहेको भानु– घाँसी संवाद पार्क, त्योसँगै तनहुँ खण्डमा रहेको घाँसी कुवाको समेत अवलोक गर्र्दै महाशिवरात्रीका दिन करापुटार मेलामा पुगेको थियो । भोलिपल्ट सो टोली पोखरा पुगेर घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा नेपालको तर्फबाट प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले र असमका तर्फबाट परिषदका महासचिव वीरेन्द्र राणाले दस्तखत गर्नु भएको छ भने रोहबरमा परिषदका अध्यक्ष एलवि प्रधान र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले दस्तखत गर्नु भएको छ । प्रधान र धम्पुले जारी घोषणापत्रको एक एक प्रति लिने दिने काम गर्नु भएको हो ।
सो घोषणाको पूर्ण विवरण :
१) ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ र नपाली संस्कृति सुरक्षा परिषद, असम भारतको यही फागुन ११ गतेदेखि १४ गते (फेब्रुअरी २३ देखि २६) सम्म गोरखादेखि लमजुङसम्म गरिएको चार दिवसीय लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्राका क्रममा विभिन्न स्थानको अवलोक तथा कार्यक्रममा सहभागिता भएपछि दुबै राष्ट्रका आयोजक र सहकार्य गर्ने संस्थाका पदाधिकारीहरुको सहमतिमा यो कार्यक्रमलाई सार्क राष्ट्रस्तरको बनाउन यो घोषणापत्र जारी गरिएको छ ।
२) प्रत्येक वर्ष चक्रीय रुपमा विभिन्न राष्ट्रमा लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा कार्यक्रमको आयोजना गरी उद्देश्य अनुरुप नेपाली भाषा, संस्कृति, कला, साहित्यको संरक्षण र प्रवद्र्धनमा क्रियाशील रहने ।
३) लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्राको कार्यक्रम गर्दा सम्बन्धित देशले कार्यक्रमको व्यवस्थापनका सम्पूर्ण खर्च आयोजक देश र संस्थाले गर्नेछ ।
४) हरेक वर्ष सम्पन्न भएका कार्यक्रमलाई लिपिवद्ध गरी लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा स्मारिका प्रकाशन गर्न प्रत्येक देशबाट १÷१ जना प्रतिनिधि सम्पादक मण्डलमा रही प्रकाशन गर्ने ।
५) लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्राको कार्यक्रमलाई स्थायित्व दिन छुट्टै कोषको व्यवस्था गर्ने ।
६) लोक संस्कृति एवम् लोक साहित्यको प्रवद्र्धन गर्न भौगोलिक सीमा जहाँ जेजस्तो भएता पनि एकात्म्क भावनालाई सुदृढ पार्दै लक्ष्य प्राीप्तमा लाग्ने ।
७) घोषणापत्रमा लेखिएका कुनै वाक्य वा शब्दले कुनै पनि राष्ट्रको स्वाधिनतामा आँच पुग्ने ठहर भएमा प्रत्येक राष्ट्रका संयोजकको सहमतिबाट त्यसलाई परिमार्जन गरी आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै लग्ने ।
८) सम्पन्न लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्राका अजसरमा आषोजित औपचारिक तथा अनौपचारिक कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गनर्् हुने स्थानीय तह, संस्थाहरू तथा व्यक्तित्वलाई हार्दिक बधाईका साथ कृतज्ञता ज्ञापन गर्ने ।
९) यो घोषणापत्र दुई राष्ट्रका संयोजकले हस्ताक्षर गरकै मितिबाट लागू हुनेछ ।
प्रकाशित मिति २०८१ फाल्गुन १८, आईतवार ०५:०६ गते