सो घरमा होटल व्यवसाय गर्नु हुने होटलका प्रो. सोम श्रेष्ठले भन्नुभयो, ‘मैले निभाउन प्रयास गरे, बोराले सिलिण्डर छोप्ने लगायतका प्रयास गर्दा पनि आगो ननिभेपछि बाध्य भएर हारगुहार गर्न थाले ।’
घरमा दिउँसोमा आगलागी भएका कारणले मानवीय क्षति हुनबाट फागुन २२ गते जोगिएको छ ।
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरको एक घरमा ग्यास लिक भएर आगलागी हुँदा धनमालको नोक्सान भएको छ । बेसीशहर नगरपालिका– ८ को सेरा उकालोमा रहेको समाजसेवी देवीदास बरालको घरमा दिउँसोमा आगलागी भएका कारणले मानवीय क्षति हुनबाट फागुन २२ गते जोगिएको छ । सो आगलागीबाट एक लाख रुपैयाँ बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ ।
सो घरको भुइँतलामा होटल व्यवसाय गर्नु हुने चितेली पाहुना भाञ्छा घर एण्ड लजका प्रो. सोम श्रेष्ठले चुल्होमा ग्यास जोड्नासाथ आगो सल्केको बताउनु भयो । उहाँका अनुसार होटल सञ्चालन गर्ने हुँदा अरु पनि चार वटा ग्यास सिलिण्डर थिए । तर ती भाञ्साबाट अलिक टाढा थिए, त्यसैले आगोले छिट्टै भेट्न सकेन । उहाँले भन्नुभयो, ‘मैले निभाउन प्रयास गरे, बोराले सिलिण्डर छोप्ने लगायतका प्रयास गर्दा पनि आगो ननिभेपछि बाध्य भएर हारगुहार गर्न थाले ।’
प्लाष्टिकका कुर्ची, टेलब धेरै भाँच्चिएका छन्, मेरो आफ्नै प्रयासले ठूलो नोक्सान हुन पाएन, दमकल पनि छिटो आइदिएन प्रो. श्रेष्ठले बताउनु भयो । आगलागीबाट सो घरमा राखिएको विद्युतको मिटर बक्स समेत जलेको छ । त्यो घर वरपरका घरमा रहेका विद्युतका मिटर बक्स आफ गर्न लगाइएको कारणले पनि थप क्षति हुनबाट बचेको प्रत्यक्षदर्शीले बताए ।
श्रेष्ठले सो स्थानमा होटल चलाउन थाल्नु भएको दुई महिनामात्र भएको उहाँको भनाइ छ । सो आगलागीबाट एक लाख रुपैयाँ बराबरको नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरमा दिउँसोमा आगलागी भएका कारणले मानवीय क्षति हुनबाट जोगिएको हो । प्रस्तुत छ, त्यसको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..