गौरवी नारीको शुभ जन्म दिनको पावन अवसरमा उहाँलाई मोजा उपहार

गौरवी नारीको शुभ जन्म दिनको पावन अवसरमा उहाँलाई मोजा उपहार

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २२ गते बिहिबार ०२:०२

मेरी आमाको शेषपछि मैले पनि २०६८ सालपछि हरेक वर्षको फागुन १९ गते भद्र दिदीको शुभजन्मोत्सवको कार्यक्रम स्थलमा गएर उहाँले लगाएको मोजा मेरै हातले फुकाएर मैले पनि भद्रकुमारी घलेका खुट्टामा नयाँ मोजा लगाइदिने गर्न थालेको हुँ नरेन्द्र प्रसाइले उल्लेख गर्नु भयो ।

नेपाल राष्ट्रकी गौरवी नारी सुश्री भद्रकुमारी घलेको ९५ ओैँ जन्मदिनका दिनमा त्यस्तो कार्य गरिएको हो ।

काठमाडौं– नेपाली भाषा साहित्यका क्षेत्रमा अनुपम भूमिका निभाउँदै आएको नइ प्रकाशनले गौरवी नारीको पावन जन्मदिनमा उहाँलाई मोजा सहिराएर (उपहार दिएर) मनाएको छ । नइ प्रकाशनका संस्थापक नइ दम्पत्तीले पूर्वमन्त्री समेत रहनु भएकी नेपाल राष्ट्रकी गौरवी नारी सुश्री भद्रकुमारी घलेको ९५ ओैँ जन्मदिनका दिन फागुन १९ गते त्यस्तो कार्य गरी उहाँको जन्म दिन मनाउने काम गर्नु भएको हो ।
नइगृहमा पाहुनापासा आइरहेको मेरी आमा भागीरथा प्रसाईलाई धेरै मन पथ्र्यो । घरमा कोही आए भने मेरी आमाले श्लोक गाएर पाहुनाको स्वागत गर्ने गर्नु हुन्थ्यो नइ प्रकाशनका सदस्य सचिव समेत रहनु भएका साहित्यकार नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार हाम्रा घरमा आउनेमध्ये भद्रकुमारी घलेको पनि मेरी आमाले लिइरहने नाउँ हो । उहाँले भन्नुभयो, ‘घले दिदी प्रायः हरमहिना मेरी आमालाई भेट्न आउने गर्नु हुन्थ्यो, उहाँ आउँदो कहिल्यै रित्तो हात आउनु भएन । आमाका लागि कहिले खास्टो, कहिले गम्छा र कहिले मोजा उपहार लिएर उहाँ आउने गर्नु हुन्थ्यो ।’
त्यतिमात्र हैन मेरी आमाले लगाइरहेको मोजा फुकाएर उहाँले मेरी आमाका गोडामा आफ्नै हातले मोजा लगाइदिने गर्नु भएको मेरै आँखाले कति पटक देखेको छ, मन्त्री भइसकेकी नारीले त्यति सारो आदर गरेको बेहोरा मेरी आमाका लागि झनै खुसीको घटना हुन्थ्यो नरेन्द्र प्रसाइले सुनाउनु भयो ।
अनि मेरी आमाको शेषपछि मैले पनि २०६८ सालपछि हरेक वर्षको फागुन १९ गते भद्र दिदीको शुभजन्मोत्सवको कार्यक्रम स्थलमा गएर उहाँले लगाएको मोजा मेरै हातले फुकाएर मैले पनि भद्रकुमारी घलेका खुट्टामा नयाँ मोजा लगाइदिने गर्न थालेको हुँ नरेन्द्र प्रसाइले उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सदम्पत्ती (नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई)ले यो वर्ष पनि नेपाल राष्ट्रकी गौरवी नारी सुश्री भद्रकुमारी घलेको ९५ ओैँ जन्मदिनको मङ्गलमय शुभकामना चढाएका छौँ ।’

प्रकाशित मिति २०८१ फाल्गुन २२, बिहीबार १४:०२ गते
हजुरको प्रतिक्रिया